बालेनले जडिबुटी क्षेत्रका अवैध टहरा भत्काएपछि भक्तपुर जाने बाटो सरर हेर्नुहोस।
काठमाडौं महानगरपालिकाले जडीबुटीस्थित सडकबीचका घर-टहरा भत्काएपछि ६ लेन सडक निर्माणको बाटो खुलेको छ । महानगरले भत्काएका संरचना हटाइदिएपछि सडक विभागले ६ लेन सडक निर्माणको काम सुरु गरेको छ । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोलीले सोमबार साँझ सडकको बीचमा भएको कच्ची घर र टहरा भत्काएको थियो ।
सडक विभागका प्रमुख अर्जुनजंङ थापाले विभागको समन्वयमा महानगरले घर टहरा भत्काएपछि आफूहरुलाई ६ लेन सडक निर्माणको बाटो खुलेको बताए । सो क्षेत्रमा सडक विस्तारको काम सुरु भइसकेको उनले बताए ।
“सडकबीचमा रहेको घरको मुआब्जा पहिले नै दिइसकेपछि पनि घरधनीले भत्काउन दिएकी थिइनन् । इँटाको घरसँग टाँसेर वरिपरि टहरा निर्माण गरिएको थियो । मुआब्जा लिन बोलाउँदा त्यो क्षेत्रका गुण्डाहरुले थर्काउँथे । गुण्डाहरुले अवैध टहरा निर्माण गरेर भाडा उठाउँदै आएका थिए । अहिले महानगरले सबै हटाएर सहजीकरण गरिदिएको छ । भत्काएकै पछिल्लो दिनदेखि सडक विस्तार सुरु गरिसक्यौँ,” प्रमुख थापाले भने ।
कोटेश्वर-जडिबुटी क्षेत्र काठमाडौंको कलंकीपछिको अत्यधिक सवारी चाप र जाम हुने क्षेत्र हो । यो क्षेत्रको जाम घटाउन अनेकौँ प्रयासहरु हुँदै आए पनि अहिलेसम्म सवारी चाप कम हुन सकेको छैन । विभागका अनुसार २०६१ सालमा जापानिज कम्पनी जाइकाको सहयोगमा माइतीघर-सूर्यविनायक सडक विस्तार अन्तर्गत ६ लेन सडक विस्तार सुरु गरिएको थियो ।
कच्ची घरधनी माइली खत्रीलेमुआब्जा नपाएको भन्दै सर्वोच्च अदालनमा मुद्दा दायर गरेकी थिइन् । २०७१ फागुन १९ गते सर्वोच्च अदालतले जग्गाको मुआब्जा पाइसकेको र घर जग्गा सरकारको स्वामित्वमा रहेको फैसला गरेको थियो ।न्यायाधीश गोपाल पराजुली र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले मुआब्जा तथा उचित क्षतिपूर्ति दिइसकेको अवस्थामा सडक बिस्तारको काम रोक्न नमिल्ने फैसला सुनाएको थियो । घर भएको ठाउँको २.४ मिटर जग्गा मात्रै घरधनीको दाबीमा रहेको विभागका प्रमुख थापाले जानकारी दिए ।
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





