चुनावको मुखैमा योगेश भट्टराईले आफ्नै खुट्टामा आफै हाने बञ्चरो, तत्काल पार्टीबाटै निकाल्नुपर्छ भन्दै एमालेकै नेताकार्यकर्ताहरु बने आ,क्रोशित !

२०७९ भाद्र ३० गते, बिहीबार

वि,वादित नागरिकता विधेयक संसदका दुवै सदनबाट दोस्रोपटक पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको छ ।

९ दिनअघि आएको उक्त विधेयकका सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले निर्णय लिइसकेकी छैनन् ।

राष्ट्रपतिले हिजो आफूकहाँ आएका ५ वटा विधेयक प्रमाणीकरण गर्दा नागरिकता विधेयक भने थाती राखिन् । यसले सत्तारुढ दलहरूभित्र संशय पनि सुरू भएको छ । अब ५ दिन बाँकी रहदा सबैको ध्यान शीतलनिवासतर्फ मोडिएको छ । विभिन्न तह र तप्काबाट विभिन्न खाले प्रतिक्रिया आइरहेका छन् ।

यसैबीच नेकपा एमालेका सचिव योगेश भट्टराईले संघीय संसदबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता ऐन संशोधन विधेयकले अधिकांश नागरिकता सम्बन्धी समस्या समाधान गर्ने बताएका छन् ।

नागरिकता ऐन संशोधन विधेयकले सबै समस्या समाधान गर्न नसक्ने भनी कतिपयले टिप्पणी गरिहेका बेला एमाले सचिव भट्टराईले भने राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण भएर लागू भएपछि ९८ प्रतिशत समस्या समाधान हुने ठोकुवा गरेका हुन् ।

भट्टराईको यो अभिव्यक्तीले नागरिकता विधेयकको विपक्षमा उभिएको एमालेकै नेताकार्यकर्ताहरु आक्रोशित बनेका छन् । योगेशलाई आउने चुनाव नजिकिरहेका बेला यस्तो अभिव्यक्ती दिएर आफ्नै खुट्टामा आफैले बञ्चरो हान्न खोजेको समेत एमालेका नेताकार्यकर्ताहरु बताउन थालेका छन् ।

केहीले त पार्टीको लाइन विपरित गएर राष्ट्रघाती भनिएको यो विधेयकका पक्षमा बोलेको भन्दै गम्भीर आपत्ती प्रकट गर्दै योगेशलाई पार्टीबाटै निकाल्नुपर्ने माग समेत राखेका छन् ।

‘नागरिकताको समस्या यो विधेयक (प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको विधेयक) आइसकेपछि (प्रमाणीकरण भएर लागू भएपछि) लगभग हल हुन्छ, धेरै बाँकी हुँदैन अब ।

मलाई लाग्छ ९८ प्रतिशत स,मस्या समाधान हुन्छ । अब एक डेढ प्रतिशत बाँकी होला’, सचिव भट्टराईले भने । बुधबार सिंहदरबारमा भएको ‘सांसदसँग बालबालिका’ विषयक कार्यक्रममा एमाले सचिव भट्टराईले यस्तो बताएका हुन् ।

सचिव भट्टराईले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता ऐन संशोधन विधेयकले गरेका मुख्य व्यवस्थाहरुको पनि व्‍याख्‍या गरे । सचिव भट्टराईका अनुसार पहिले जन्मसिद्धको नागरिकता भएका सन्तानले वंशजको नागरिकता पाउने विषय सुनिश्चित भएको छ ।

आमा भएको बाबुको पहिचान नभएकोले नागरिकता पाउने, नेपालमा जन्मिएको तर, बाबु र आमा नभेटिएकोले पनि नागरिकता पाउने विषय विधेयकले सुनिश्चित गरेको सचिव भट्टराईले सुनाए ।

‘जो संस्थागत बस्नुभएको छ त्यो संस्थाले सिफारिस गर्दा पनि नागरिकता पाइन्छ । यसकारण यो नागरिकता विधेयक आएपछि नेपालमा रहेको नागरिकताका समस्याहरु लगभग हल हुन्छ।

भट्टराईले भने, यसकारण अब नागरिकतामा मूलत समस्या छैन। सिडिओ कार्यालयले नबुझेर दुःख दिएछ भने बेग्लै कुरा हो ।’

99 Views

ताजा

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने

२०८२ बैशाख १५ गते, सोमबार

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने

२०८२ बैशाख १५ गते, सोमबार

सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल

२०८२ बैशाख १५ गते, सोमबार

झडपमा परी ६३ जना शिक्षकहरू घाइते

२०८२ बैशाख १४ गते, आईतवार

ओली नेतृत्वको सरकार अहिले ढल्न हुँदैन, हामीलाई अझै गिरेको हेर्नुछः मनिष झा

२०८२ बैशाख १४ गते, आईतवार

सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

२०८२ बैशाख १४ गते, आईतवार

अभिनेत्री अरुणिमा लम्सालद्वारा श्रीमान श्रेष्ठविरुद्ध सम्बन्धविच्छेद र सम्पत्ति बाँडफाँडको मुद्दा दायर

२०८२ बैशाख १४ गते, आईतवार

गगन थापाप्रति दया लागेको प्रधानमन्त्री ओलीको टिप्पणी, ‘विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म’को आरोप प्रमाणित गर्न चूनौति

२०८२ बैशाख १४ गते, आईतवार

सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया

२०८२ बैशाख १२ गते, शुक्रबार

सरकार परिवर्तनको न्यूज हेरेर हामी आँफै छक्क पर्यौंः आरजु राणा

२०८२ बैशाख १२ गते, शुक्रबार

वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल

२०८२ बैशाख १२ गते, शुक्रबार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal