चुनावको मुखैमा योगेश भट्टराईले आफ्नै खुट्टामा आफै हाने बञ्चरो, तत्काल पार्टीबाटै निकाल्नुपर्छ भन्दै एमालेकै नेताकार्यकर्ताहरु बने आ,क्रोशित !

२०७९ भाद्र ३० गते, बिहीबार

वि,वादित नागरिकता विधेयक संसदका दुवै सदनबाट दोस्रोपटक पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको छ ।

९ दिनअघि आएको उक्त विधेयकका सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले निर्णय लिइसकेकी छैनन् ।

राष्ट्रपतिले हिजो आफूकहाँ आएका ५ वटा विधेयक प्रमाणीकरण गर्दा नागरिकता विधेयक भने थाती राखिन् । यसले सत्तारुढ दलहरूभित्र संशय पनि सुरू भएको छ । अब ५ दिन बाँकी रहदा सबैको ध्यान शीतलनिवासतर्फ मोडिएको छ । विभिन्न तह र तप्काबाट विभिन्न खाले प्रतिक्रिया आइरहेका छन् ।

यसैबीच नेकपा एमालेका सचिव योगेश भट्टराईले संघीय संसदबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता ऐन संशोधन विधेयकले अधिकांश नागरिकता सम्बन्धी समस्या समाधान गर्ने बताएका छन् ।

नागरिकता ऐन संशोधन विधेयकले सबै समस्या समाधान गर्न नसक्ने भनी कतिपयले टिप्पणी गरिहेका बेला एमाले सचिव भट्टराईले भने राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण भएर लागू भएपछि ९८ प्रतिशत समस्या समाधान हुने ठोकुवा गरेका हुन् ।

भट्टराईको यो अभिव्यक्तीले नागरिकता विधेयकको विपक्षमा उभिएको एमालेकै नेताकार्यकर्ताहरु आक्रोशित बनेका छन् । योगेशलाई आउने चुनाव नजिकिरहेका बेला यस्तो अभिव्यक्ती दिएर आफ्नै खुट्टामा आफैले बञ्चरो हान्न खोजेको समेत एमालेका नेताकार्यकर्ताहरु बताउन थालेका छन् ।

केहीले त पार्टीको लाइन विपरित गएर राष्ट्रघाती भनिएको यो विधेयकका पक्षमा बोलेको भन्दै गम्भीर आपत्ती प्रकट गर्दै योगेशलाई पार्टीबाटै निकाल्नुपर्ने माग समेत राखेका छन् ।

‘नागरिकताको समस्या यो विधेयक (प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको विधेयक) आइसकेपछि (प्रमाणीकरण भएर लागू भएपछि) लगभग हल हुन्छ, धेरै बाँकी हुँदैन अब ।

मलाई लाग्छ ९८ प्रतिशत स,मस्या समाधान हुन्छ । अब एक डेढ प्रतिशत बाँकी होला’, सचिव भट्टराईले भने । बुधबार सिंहदरबारमा भएको ‘सांसदसँग बालबालिका’ विषयक कार्यक्रममा एमाले सचिव भट्टराईले यस्तो बताएका हुन् ।

सचिव भट्टराईले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता ऐन संशोधन विधेयकले गरेका मुख्य व्यवस्थाहरुको पनि व्‍याख्‍या गरे । सचिव भट्टराईका अनुसार पहिले जन्मसिद्धको नागरिकता भएका सन्तानले वंशजको नागरिकता पाउने विषय सुनिश्चित भएको छ ।

आमा भएको बाबुको पहिचान नभएकोले नागरिकता पाउने, नेपालमा जन्मिएको तर, बाबु र आमा नभेटिएकोले पनि नागरिकता पाउने विषय विधेयकले सुनिश्चित गरेको सचिव भट्टराईले सुनाए ।

‘जो संस्थागत बस्नुभएको छ त्यो संस्थाले सिफारिस गर्दा पनि नागरिकता पाइन्छ । यसकारण यो नागरिकता विधेयक आएपछि नेपालमा रहेको नागरिकताका समस्याहरु लगभग हल हुन्छ।

भट्टराईले भने, यसकारण अब नागरिकतामा मूलत समस्या छैन। सिडिओ कार्यालयले नबुझेर दुःख दिएछ भने बेग्लै कुरा हो ।’

202 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal