नारायणगढ–बुटवल सडक विस्तार : म्याद थपिएपछिको काम दशैँ लगतै

२०७९ भाद्र २५ गते, शनिबार

चार लेनमा विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडककाे काम आउँदाे दशैँ लगत्तै फेरि सुरु हुने भएको छ । आयोजनाको पहिलो ठेक्का सम्झौता अवधि सकिएपछि पुनः एक वर्ष म्याद थप गरिएको छ ।

तर म्याद थप भए पनि असोजपछि मात्रै निर्माण कम्पनीले काम गर्ने मनशाय बनाएको नारायणगढ–बुटवल सडक विस्तार आयोजना प्रमुख रमेशकुमार दिष्टीले बताउनुभयो । 

निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले अहिले आयोजनामा कामदार परिचालन गरेको छैन । आयोजना प्रमुख दिष्टीले भन्नुभयो, अहिले सामान्य राजमार्गमा भएका खाल्डाखुल्डी पुर्ने काम गरेको छ।

विस्तार आयोजनाको काम भने दशैँपछि पुनः सुरु गर्ने निर्माण कम्पनीको मनशाय देखिन्छ।’ यो बीचमा म्याद थपको प्रक्रियामा रहेको र अझै बर्खा पनि नसकिएकाले अब दशैँपछि काम सुरु हुने उहाँको भनाइ छ । 

४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी विसं २०७५ माघ २४ गते सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम थालिएको थियो । तर यस अवधिमा झन्डै १८ प्रतिशतमात्रै काम भएपछि  पुनः एक वर्षका लागि म्याद गरिएको हो ।

म्याद थप भएपछि कामले तीव्रता लिने आयोजना प्रमुख दिष्टीले बताउनुभयो । ‘यसअघि रुख काट्नुपर्ने प्रक्रिया, बिजुलीका पोल सार्ने विषयलगायतका कारण अलमल थियो, अब हाम्रो तर्फबाट सुल्झाउनुपर्ने विषय सबै सकिएको छ’ उहाँले भन्नुभयो, यस कारण अब निर्माण कम्पनीले तीव्ररूपमा काम गर्छ भन्ने विश्वास छ ।’ 

सडक विस्तारकाे काममा ढिलाइ भएपछि अहिले चाइना स्टेटको मुख्य कार्यालयबाट अध्ययनका लागि टोली आएको आयाेजना प्रमुख दिष्टीले बताउनुभयो ।

उहाँले भन्नुभयो, मुख्य कार्यालयबाट टोली अध्ययनका लागि आएको छ, काममा ढिलाइ हुनुमा के कारण  रहेछ भन्ने विश्लेषण गर्ने र कामलाई कसरी तीव्र गतिमा लैजाने भन्ने उनीहरूको लक्ष्य रहेको छ ।’

आयोजना प्रमुख दिष्टीका अनुसार पूर्वी खण्डमा पुल निर्माणको कामसमेत यसै वर्ष सकिने छ । पूर्वी खण्डमा १२ वटा ठूलो पुल निर्माण गर्नुपर्नेमा १० वटामा काम भइरहेको छ । १० वटा पुलको विभिन्न चरणमा काम चलिरहेको छ ।

बाँकी दुई वटा पुलको कामसमेत सुरु गरी यसै वर्ष सबै पुल निर्माण सम्पन्न हुने उहाँले बताउनुभयो । साविकका ठूलो पुल रहेको ठाउँमा एउटा नयाँ पुल थपिनेछन् । साविकका पुल यथावत् सञ्चालनमा रहनेछन् । 

साना पुलहरू २२ वटा निर्माण गर्नुपर्नेमा १५ वटाको काम सकिएर गाडीसमेत चल्न थालेकाे आयोजना प्रमुख दिष्टीले बताउनुभयो । साना पुलहरूमध्ये कुनै ठाउँमा एउटा र कुनै ठाउँमा दुइटै सञ्चालनमा रहेको उहाँले बताउनुभयो । 

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्व –पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डको एक सय १४ किलोमिटर सडक निर्माणको काम गरिरहेको छ । दुई लेनमा रहेको यस सडक खण्ड बजार क्षेत्रमा सर्भिस लेनसहित ६, दाउन्ने खण्डमा तीन र अन्य क्षेत्रमा चार लेनको हुनेछ । 

गैँडाकोटदेखि दाउन्नेसम्म पहिलो खण्ड ६५ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्म ४९ किलोमिटर गरी दुई खण्डमा विभाजन गरेर निर्माणको काम चलिरहेको छ ।

झन्डै १७ अर्ब रुपैयाँ लागत लाग्ने यो योजना लामो समयसम्म पनि निर्माण सम्पन्न नहुँदा यस खण्डमा यात्रा गर्ने यात्रु र चालकले सास्ती खेप्दै आएका छन् । खाल्डाखुल्डीले राजमार्ग जीर्ण बनेको छ । घाम लाग्दा धुलो र पानी पर्दा हिलोले यस खण्डको यात्रा सकसपूर्ण हुने गरेको छ । 

194 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal