बालेनपछि सुनिता डंगोलको श्वेतपत्र : १०० दिनमा १५ काम, १० योजना सुरुवात

२०७९ भाद्र २३ गते, बिहीबार

काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गरेकी छन् ।

मेयर बालेन्द्र साह (बालेन)ले श्वेतपत्र जारी गरेको केही दिनपछि बुधबार डंगोलले सार्वजनिक गरेको श्वेतपत्रमा एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजनाको उल्लेख गरिएको छ ।

पुराना २४४ वटा विवादमा न्यायिक सुनुवाइ भएकोे र ५१ वटा विवादको किनारा लगाएको उनले सार्वजनिक गरेको श्वेतपत्रमा उल्लेख छ । वडास्तरीय महिला सेल गठन, आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयारलाई पनि उनले उल्लेख गरेकी छन् ।

सय दिनमा सय बढी कार्यक्रममा महानगरवासी सँगसँगै रहेको र महानगरवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको उल्लेख गर्दै उनले त्यसले काठमाडौँवासी सँगसँगै रहेर महानगरका समस्याकाबारेमा साक्षात्कार हुने अवसर प्राप्तभएको बताएकी छन् ।

फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल सुरु गरेको कुरालाई पनि श्वेतपत्रमा उल्लेख गरेकी उनले भनेकी छन् , ‘महानगर प्रमुखसहित मेरो प्रत्यक्ष उपस्थितिमा नुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बञ्चरे डाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेशन’लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको बस्तुस्थिति बुझ्ने लगायतका काम भएका छन् ।

पटक–पटकको प्रयासपछि सिसडोल र बञ्चरेडाँडामा अल्पकालिनफोहोर व्यवस्थापन गर्ने कार्य भएको छ । दीर्घकालिन फोहोर व्यवस्थापनका लागि छिमेकी नगर ठिमीलगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उहाँहरुका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालिन फाहोर व्यवस्थापनका लागि आवश्यक कार्यहरु अघि बढाएका छौँ ।

श्वेतपत्रको पूर्णपाठ

पदभार ग्रहणका १ सय दिन र मेरो श्वेतपत्र

–सुनिता डंगोल,
उपप्रमुख, काठमाडौंमहानगरपालिका

नेपालको सबैभन्दा ठूलो र पूरानो महानगर काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा निर्वाचित भएर कार्यभार सम्हालेको १ सयदिन पूरा भएको छ ।

सर्वप्रथम
, लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगैको स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भएपछिका यी १ सय दिनमा काठमाडौँ महानगरवासीबाट प्राप्त साथ, सहयोग, समर्थन र सकारात्मक सुझावलाई अन्तरात्मादेखि नै स्वीकार गर्न चाहन्छु र सबैलाई हार्दिक धन्यवाद पनि दिन चाहन्छु ।

मैले गरेको, मेरा कारणले भएको र म भएकाले मात्रै भएको हो भन्ने आत्मकेन्द्रित चिन्तनबाट प्रेरित भई आत्मपरक हुने कुरामा म पटक्कै विश्वास गर्दिनँ । काठमाडौँ महानगरपालिकाको विकास र समृद्धि हामी सबैको साझा सपना हो ।

यहाँको विकास र समृद्धिमा राजनीतिक लेप लगाएर एक–अर्काप्रति दोषारोपण गर्ने कुरा किमार्थ उचितहोइन र हुँदैन पनि । त्यसैले यहाँको विकास र समृद्धिमा सबैको हातेमालो आवश्यक हुन्छ ।

हामीले १ सय दिनमा के गर्‍याैँ भनेर फेहरिस्त सार्वजनिक गर्नु भन्दापनिहामीले जिम्मेवारी सम्हालेपछि काठमाडौँ महानगरवासीले के–कति फरक अनुभूति गरे त्यो महत्वपूर्ण हो ।

म नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बनेर उपप्रमुख पदमा निर्वाचित भएको कुरा विदितै छ । हो, म कुनै एक पार्टीको उम्मेदवार थिएँ ।

तर, निर्वाचित भएपछि म काठमाडौँ महानगरवासी सबैको साझा जनप्रतिनिधिको हैसियतमा काम गरिरहेको छु र निरन्तर गरिरहने प्रण गर्दछु ।
धेरैले विश्वास र भरोसा गरेको युवा नेतृत्वहरु अहिले काठमाडौँ महानगरमा छन् ।

त्यसैले हामीले गल्ती गर्ने र दोष अरुमाथि नै थुपारेर उम्किने छुट पटक्कै छैन । म समावेशी लोकतन्त्रमा विश्वास गर्ने भएकाले आत्मगतभन्दा पनि सहकार्य, सहमति र सह अस्तित्वको भावनलाई आत्मबोध गर्दै अघि बढ्नुपर्छ भन्ने ठान्दछु ।

हामीले यो १ सय दिनमा ‘बिहानीले दिनको संकेत गर्छ’ भने झैँ केही सकारात्मक कामको थालनी गरी काठमाडौँ महानगरवासीमा आशाको बत्ती बाल्ने प्रयास भने गरेका छौँ । केही सकारात्मक योजनालाई हामीले अघि बढाएका छौँ ।

यो म एक्लैबाट सम्भव भएको भने अवश्य होइन । काठमाडौँ महानगरपालिकाका प्रमुखज्यु, वडाका अध्यक्ष तथा सदस्यहरु, काठमाडौँ महानगरपालिकाका कर्मचारी मित्रहरु र महानगरवासीको एकमुष्ठ साथ, सहयोग, समर्थन र केही नयाँ गरौँ, केही नयाँ देखाऔँ भन्ने नेतृत्वको हुटहुटीको एकमुष्ठ प्रतिफलहो भन्ने मैले ठानेकी छु ।

हामी केही सकारात्मक थालनीको संकेत दिने दिशातर्फ उन्मुख भएका छौँ तर, यो पूर्ण भने होइन । हामीले गर्नुपर्ने धेरै काम छन् । हामीसँग चुनौतीका पहाड छन् । ती पहाडलाई फुटाउँदै गन्तव्यमा पुग्नुपर्नेछ । त्यसैले अहिले नै हामी हतार गर्ने र थोर–बहुत गरेका कामको पुलिन्दालाई फुकाएर त्यसमा लेपन गरी विज्ञापन गरिहाल्नुपर्छ भन्नेमा पनि छैनौँ ।

हामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएका योजनालाई प्राथमिकतामा राखेर अघि बढिरहेका छौँ । त्यसैले हामीले १ सय दिनमा गरेका सकारात्मक कामको थालनी र अघि बढाइएका योजनाकाबारेमा सामान्यचर्चा गर्नू अघि आर्थिक वर्ष ०७९÷८० को नीति तथा कार्यक्रम र बजेटको सामान्य चर्चा गर्न चाहन्छु ।

काठमाडौँ महानगरपालिकाकातर्फबाट प्रमुखज्यूले ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ भन्ने नाराका साथ विभिन्न महत्वपूर्ण नीति तथाकार्यक्रमहरु २०७९÷०३÷०५ गते पेश गर्नुभएको थियो । त्यस्तै मिति २०७९/०३/१० गते म आफैँले आर्थिक वर्ष ०७९/८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको अनुमानित बजेट प्रस्तुत गरेकीथिएँ ।

बजेट, नीति तथा कार्यक्रममा पनि काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने उद्देश्यलाई समावेश गरिएको छ ।

बजेट, नीति तथा कार्यक्रमकाबारेमा स्मरण गराउँदै गर्दा काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने मेरो चुनावी एजेण्डाप्रति म सजग र सचेत रहेको कुरा यहाँ स्मरण गराउन चाहन्छु ।

मैले चुनावी दौरानमा काठमाडौंको विकास गर्ने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन तीन प्रकारका योजना अघि सार्दै आफ्नो घोषणपत्र सार्वजनिक गरेकी थिएँ ।

जहाँ ‘स्वच्छ, जीवन्त, सांस्कृतिक नगर, व्यवस्थित काठमाडौं महानगर’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै अघि बढ्ने प्रण गरेको कुरा यहाँ पनि व्यक्त गर्न चाहन्छु । मैले मेरो ८ खम्बे विकास मोडलमा स्वच्छ वातावरण, यातायात व्यवस्थापन, पूर्वाधार विकास, सांस्कृतिकनगर, सामाजिक विकास, डिजिटल काठमाडौं लगायतका विषय समेटेकी थिएँ ।

नीति तथा कार्यक्रम र बजेटमा लगभग यी सबै विषयहरुलाई समावेश गरेका छौँ जुन कार्यान्वयनको चरणमा रहेको छ । त्यसैले नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेका कुरालाई पूर्णतादिने मेरो पहिलो प्रयास रहने छ । यसकालागि सबैको सकारात्मक सहयोगको अपेक्षा पनि गरेकी छु ।

188 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक

२०८३ जेष्ठ १७ गते, आईतवार

चाँगुनारायण नगरपालिका अब ‘योगनगर’

२०८३ जेष्ठ १७ गते, आईतवार

स्रष्टा नेपालको यात्रा भिमानमा ‘उज्यालो औंसी’ माथि चर्चा

२०८३ जेष्ठ १७ गते, आईतवार

नेपालको बलियो बजेटको लक्ष्य नै धनी र गरिबबीच अन्तर साँघरो बनाउने भन्ने थियो, त्यो लक्ष्य कहाँ पुग्यो ?

२०८३ जेष्ठ १७ गते, आईतवार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal