डेढ महिने दूधे छोरीलाई घरमै छा,डेर नारायणीमा हा,म्फालिन ऋचा
झापाबाट सुत्केरी बस्न माइतीगाउँ चितवन खैरेहनी गएकी थिइन्, ऋचा उप्रेती । उपन्यासकार मिलन संग्रौलासँग प्रेमविवाहको तीन वर्षपछि १७ असारमा उनले छोरी जन्माइन् ।
श,ल्यक्रियाको घाउ निको भएपछि पति मिलनले २३ साउनमा ऋचालाई माइतीघर लगेर छाडेका थिए । तर, ७ भदौको अपत्यारिलो घ,टनाले उनले ऋचालाई सकुशल घर फर्काउन भने पाएनन् ।
त्यो दिन बिहान साढे ११ बजेतिर छोरीलाई दूध खुवाएर ऋचा घरबाट निस्केकी थिइन् । नयाँ कपडा लगाएर निस्किँदा उनले टिकटक बनाउन नजिकै हजुरबुवा–आमाकहाँ जान लागेको भनेकी थिइन् । तर, हजुरबुवा–आमाकहाँ नगएर उनी १८ किलोमिटर पश्चिम नारायणी नदीको पुलमा पुगिन् । त्यो दिन नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाको बन्द थियो ।
सायद त्यसैले नारायणघाट पुग्न उनलाई झण्डै तीन घण्टा लाग्यो । दिउँसोको साढे २ बजेतिर केही म्यासेजहरू लेखेर मोबाइल पुलमै छाडेर उनी नारायणीमा हा,म्फालिन् ।
‘अघिल्लो रात मसँग आधा घण्टा भिडियोकल भएको थियो । छोरीसँग उनी हाँसीखुसी थिइन्’, ऋचाका पति मिलनले भने, बिहान पनि घरमा कुरा गरेकी थिइन् । बुबाआमालाई छोरी देखाएकी थिइन् । दिउँसो त्यस्तो निर्णय लिँदैछिन् भन्ने कल्पनासमेत भएन ।’
चितवन प्रहरीले उद्दार टोली खटाएर नारायणीको बर्खे भेलमा ह,राएकी ऋचाको खोजी गर्यो । तर, उनी भेटिइनन् । जति प्रयास गर्दासमेत फेला नपरेपछि परिवारले मन बुझायो । आइतबार १३ औँ दिनको सांस्कृतिक विधि पुर्यायो । ‘मनको पी,डा कसैलाई नभनेरै दूधे नानी छाडेर उनी गइन् । नियतिको खेल सहनुको विकल्प भएन’ मिलनले दुःख पोखे ।
ऋचाले किन लिइन् यस्तो निर्णय ?
ऋचा र मिलनले प्रेम सम्बन्धलाई २०७६ फागुनमा विवाहमा परिणत गरेका थिए । उनीहरूबीच सम्बन्ध प्रेमिल थियो । पेसाले इन्जिनियर मिलन उपन्यासकारका रूपमा पनि परिचित छन् । उनका च्याट गर्ल र पर्पला उपन्यास प्रकाशित छन् ।
ऋचा कान्तिपुर सीटी कलेज (केसीसी) बाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गर्दै थिइन् । ‘ऋचा चारवटै सेमेस्टर राम्रो ग्रेडसहित पास भएकी थिइन् ।
थेसिस सुरु गर्दै थिइन् । एक्कासि यस्तो दुःखद् खबर आयो’ केसीसीका पत्रकारिता विभागका प्रमुख राजीव तिमिल्सिनाले भने ।एकाएक यस्तो घ,टना कसरी भयो ? पति मिलन भन्छन्, हामीले थाहै नपाई उनलाई पोष्टपार्टम डिप्रेशन भएछ । बुबाआमा र मैले चिन्ता गर्लान् भनेर पी,डा मनमै लिएर केही नभनेरै गइन् ।’
माइतीघर खैरेहनी गएपछि ऋचामा निद्रा नलाग्ने स,मस्या भयो । छोरीको स्याहार र दूध चुसाउन छिनछिनमा उठ्ने गर्दागर्दै उनको आँखाबाट निद्रा हरायो । भित्रभित्रै निराशाले गाँजेको थियो सायद ।
तर, उनले कहिल्यै अनुहारमा दुःख, पीडा र निराशा नदेखाएको पति मिलन सुनाउँछन् । मानसिक रो,ग विशेषज्ञ डा बासुदेव रिजाल पोष्टपार्टम डि,प्रेशनका कतिपय बि,रामीमा अरुलाई पीडा नदेखाइ बाहिरबाट हेर्दा हाँसीखुसी लक्षण पनि हुने बताउँछन् ।
‘यसलाई हामी स्माइली डि,प्रेशन भन्छौँ । बि,रामीको यस्तो व्यवहारले धेरैलाई झुक्याउँछ’, डा रिजाल भन्छन्, ‘मनमा दुःख, पीडा र निराशा राखेर बाहिर सबै ठीकठाक छ भनेजसरी हिँड्दा कसैले अनुमानसम्म गर्दैनन् ।
’ऋचा उपचारका लागि चिकित्सककहाँ पनि पुगेकी थिइन् । चिकित्सकले अस्पताल भर्ना हुन सल्लाह दिएका पनि थिए । तर, उनी ‘नानीलाई लिएर अस्पताल बस्न गाह्रो हुन्छ, नियमित औषधि खान्छु’ भनेर घर फर्केकी थिइन् ।
आफूमा बढ्दै गएको बेचैनी, निराशा र अनिद्राबारे उनले बहिनीलाई बताएकी थिइन् । तर, बुबाआमा र आफूले थाहा पाए चिन्ता गर्छन् भनेर कसैलाई नभन्नु भनेकी थिइन् ।
त्यसैले पोष्टपार्टम डि,प्रेशनको अन्तिम तहमा पुग्दासमेत मिलन र बुबाआमाले थाहपत्तो पाएनन् । ‘निद्रा नलागेको भन्थिन् । त्यसलाई हामीले सामान्य रूपमा लियौँ । त्यो नै गल्ती भयो’ उनले भने ।
ताजा
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का
२०८३ जेष्ठ १७ गते, आईतवार
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का
२०८३ जेष्ठ १७ गते, आईतवार
काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन
२०८३ जेष्ठ १७ गते, आईतवार
ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक
२०८३ जेष्ठ १७ गते, आईतवार
चाँगुनारायण नगरपालिका अब ‘योगनगर’
२०८३ जेष्ठ १७ गते, आईतवार
स्रष्टा नेपालको यात्रा भिमानमा ‘उज्यालो औंसी’ माथि चर्चा
२०८३ जेष्ठ १७ गते, आईतवार
नेपालको बलियो बजेटको लक्ष्य नै धनी र गरिबबीच अन्तर साँघरो बनाउने भन्ने थियो, त्यो लक्ष्य कहाँ पुग्यो ?
२०८३ जेष्ठ १७ गते, आईतवार
बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज
२०८३ जेष्ठ १५ गते, शुक्रबार
बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर
२०८३ जेष्ठ १५ गते, शुक्रबार
बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा
२०८३ जेष्ठ १५ गते, शुक्रबार
चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव
२०८३ जेष्ठ १५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





