भ्वाइसको प्लेटफर्मबाट अंकुराएको थियो किरण गजमेर र सञ्जु मोक्तानको प्रेम !

२०७९ भाद्र २१ गते, मंगलवार

भ्वाइसको प्लेटफर्मबाट अंकुराएको थियो किरण गजमेर र सञ्जु मोक्तानको प्रेम !

द भ्वाइस अफ नेपाल सिजन-३ का विजेता किरण र भ्वाइसकै सञ्जु मोक्तान अहिले प्रेममा रहेका छन् । यो जोडीको प्रेम भ्वाइसको प्लेटफर्मबाट अंकुराएको बताइन्छ ।

यो जोडी प्रेममा परेपछि प्रतिस्पर्धा गर्ने प्लेटफर्म नभइ कहिलेकाहीं मायालु फेला पर्ने प्लेटफर्म बनिदिएको भन्दै फ्यानले बधाइ दिइरहेका छन् ।

द भ्वाइस अफ नेपालको सेटमा भेट भएका उनीहरु विस्तारै नजिकिए र अहिले प्रेममा छन् । केही समयदेखि उनीहरु रिलेसनसिपमा रहेको बताइएको छ । उनीहरुले इन्स्टाग्रामदेखि टिकटकसम्म आफ्नो प्रेम सार्वजनिक रुपमै स्वीकारेका छन् ।

घुमघाम गरेकोदेखि डेटिङसम्मका रोमान्टिक तस्वीर उनीहरुले सामाजिक संजालमा सेयर गरिरहन् । यो जोडीले चाडै नै बिहे गर्न लागेको बताइएको छ ।

याे पनि – भनिन्छ, प्रेममा जातपात,उँच, नीच,धर्म,वर्ण उमेर, रङ्ग,केही हुँदैन । प्रेमीहरुले एक अर्कालाई पाउन जे पनि गर्न तयार हुन्छन् ।

कतिपय प्रेमी सामाजिक कुरीतिहरुका कारण छुटेका पनि छन्, तर सर्लाहीका एक अन्तरजातिय जंगीलाल यादव र राधा कुमारी चमारको जोडीले यस्ता भनाइलाई सार्थक बनाएर समाजको लागि एउटा उदाहरणीय काम गरेका छन् ।

उनीहरुको प्रेम र अन्तरजातिय जोडीलाई समाज र परिवारले नस्वीकारे पछि यी जोडीले मलंगवा नगरपालिका स्थित जिल्ला अदालत सर्लाहीमा गएर कानूनी रुपमा अन्तरजातिय विवाह गरेका छन् ।

सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिका वडा न–१ बस्ने २२ वर्षीय जंगीलाल यादब र यसै जिल्लाको ब्रह्मपुरी गाउँपालिका वडा न–१ बस्ने २३ वर्षीया राधा कुमारी चमारले २०७९ साल भाद्र १३ गते अदालतमा गएर आफ्नो विवाह दर्ता गराएका हुन्।उनीहरुबीच प्रेम सम्बन्ध विगत एक वर्षदेखि चल्दै आएको थियो।

प्रेम सम्बन्धलाई विवाहको बन्धनमा बाँध्ने सोच बनाएका यी जोडीलाई केटा पक्षको परिवारले स्वीकार्न नमानेपछि दुबैजनाले मलंगवा स्थित नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीको कार्यालयमा दिएको निवेदनको आधारमा संस्थाको पहलमा कानून बमोजिम अदालतमा विवाह गराएको अध्यक्ष राजेश पासवानले जानकारी दिए।

जंगीलाल र राधाको जोडीले समाजमा बिद्ममान रहेको जातिय विभेद र छुवाछुतलाई अन्त्य गर्न उदाहरणीय काम गरेको मानव अधिकारकर्मी सुन्दर श्याम यादवले बताए ।

215 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal