प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप तीन वर्षको जेल सजाय

२०७९ भाद्र १९ गते, आईतवार

म्यानमारको सैन्य अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप तीन वर्षको जेल सजाय सुनाएको छ ।

उहाँलाई चुनावमा धाँधली गरेको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ ।

सुकीलाई अहिलेसम्म ११ वटा मुद्दामा २० वर्षको जेल सजाय तोकिएको छ । अझ थप केही आ,रोपमा उहाँमाथि सुनुवाइ हुन बाँकी छ । तर, नेतृ सुकीले यी सबै आ,रोपहरू अस्वीकार गर्दै आउनुभएको छ ।

सैन्य अदालतको फैसलालाई लिएर अधिकारवादी सङ्घ संस्था र समूहले राजनीतिक रूपमा प्रतिशोध साध्न प्रेरित भएको भन्दै निन्दा गरेका छन् । 

तेस्तै- नेता कार्यकर्ताको बाक्लै जमघट हुने नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आश्रममा यतिबेला सन्नाटा छाएको छ । 

सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित नेता गिरिले शान्तरुपमा बस्न र थकाइ मेटाउन गाउँ नजिकै खुट्टी खोला किनारमा आश्रम बनाउनुभएको थियो । उहाँको नि,धनसँगै आश्रममा सन्नाटा छाएको  छ ।

बाह्र बिघा क्षेत्रफलमा रूख बिरुवाका बीच बनेको आश्रममा समाजवादी चिन्तक प्रदीप गिरि आउने बित्तिकै कार्यकर्तादेखि बौद्धिक व्यक्तित्व भेला भइहाल्थे । 

वनस्पतिले दिने शीतलता, चराचुरुङ्गीको चिरबिर अनि शान्त परिवेशमा टहल्न आउने पनि प्रशस्तै हुन्थे । यही आश्रममा अहिले सन्नाटा छाएको छ । आश्रममा २०५२ सालदेखि काम गर्दै आउनुभएका ५५ वर्षीया जितनी राम, ५० वर्षीय ग,म्भीरमान लामाको अनुहार मलिन छ । 

आफ्नो प्यारो अभिभावकले सदाका लागि छाडेर गएपछि आश्रममा बस्दै आएका उहाँहरु शोकमा डुबेका छन् ।

‘आ,श्रमको अभिभावक नै सदाका लागि छाडेर गएपछि हाम्रो बिजोग भएको छ, हामी अभिभावकविहीन भएका छौँ’, आश्रमको रेखदेख गर्दै आउनुभएका रामकृष्ण चौधरीले भन्नुभयो, ‘पहिला मान्छेको भिडभाड बाक्लै हुन्थ्यो, तर प्रदीप दाइ बिरामी भएर उपचार गराउन दिल्ली गएदेखि आश्रममा प्रायः मान्छे आउनै छाडेका थिए । अब त झन उहाँ सदाका लागि यो संसारबाट बिदा भएपछि किन आउँछन् र मान्छे यहाँ ।’

218 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal