शरीरमा पानी कम हुँदा देखापर्न सक्छ्न यस्ता लक्षणहरु हेर्नुहाेस्

२०७९ भाद्र १९ गते, आईतवार

भनिन्छ, पानी जीवनको आधार हो । धर्मशास्त्रदेखि विज्ञानसम्मले जीवनको उत्पत्ती पानीबाट नै सुरु भएको भन्ने तर्क पेश गरेका छन् । अझ हाम्रो शरीरको रासायनिक विश्लेषण गरेर हेर्ने हो भने यसको लगभग ७० प्रतिशत हिस्सा पानीले नै ओगटेको छ ।

पानी हाम्रो शरीरको हरेक कोष–कोषमा विद्यमान छ भने कोषको बाहिरपट्टी पनि एक्ट्रासेलुलार फूलईड (कोष बाहिरको तरल)को रुपमा पानी नै छ । हड्डी जस्तो क,ठोर अंगमा २२ प्रतिशत, दाँतमा १० प्रतिशत, छालामा ७२ प्रतिशत, मस्तिष्कमा ७५ प्रतिशत मांसपेशीमा ७६ प्रतिशत, रगतमा ८३ प्रतिशत पानी छ भने सम्पूर्ण शरीरमा ७० प्रतिशत पानी छ ।

शरीरमा हुने महत्वपूर्ण जैव रसायनिक क्रियाहरुमा हिस्सा लिने, प्रत्यक्ष एवम् परोक्षरुपले संलग्न रहन यो यौगिकले मूख्यतः शरीरमा हुने अनेकौं जैव रसायनिक क्रियाहरुको लागि जलीय माध्यम उपलब्ध गराउँने गर्दछ भने विभिन्न रासायनिक क्रियाहरुमा आफैं पनि हिस्सा लिएर संलग्न रहने, विभिन्न तत्वहरुको परिवहन गराउने, शरीरको रक्तचाप र तापक्रम नियन्त्रण गर्नेदेखि पाचन एवम् उपपाचन पश्चात् उत्पादित विजातीय द्रव्यहरुको निष्काशनमा पनि पानीले महत्वपूर्ण भूमिका खेल्दछ ।

यसरी जीवनको महत्वपूर्ण घटकको रुपमा रहेको यस यौगिकको शारीरमा क्षय पनि निरन्तर रुपमा भइरहने हुँदा यसको पूर्ती गर्नका लागि हामीले निरन्तर रुपमा (जलपान) पानी पिई रहनुपर्ने हुन्छ । नियमित अन्तरालमा जलपान नगर्दा थाहै नपाइकन जल–अल्पताको शिकार भई अनेकौँ स्वास्थ्य समस्याहरु देखा पर्न सक्छन् र आफ्नै लापरबाहीको कारण गम्भीर बिरामीको चङ्गूलमा फसी व्याक्ति रोगी बन्न सक्दछ ।

तसर्थ हामी सबै वयस्क व्यक्तिले दैनिक ४÷५ लिटर पानी पिउन आवश्यक छ । तर, भागदौडले भरिएको यस जिन्दगीमा व्यस्तता एवम् विस्मृतिका कारण पर्याप्त पानी नपिइरहेका हुन सक्छौं । हामीले पर्याप्त पानी पिइरहेका छौं छैनौं भनेर पर्याप्त पानी नपिउँदा उत्पन्न हुने केही शारीरिक एवम् मानसिक चिन्ह एवम् लक्षणहरुको जानकारी हुन आवश्यक छ ।

यी चिन्ह एवम् लक्षणहरुको ज्ञात हुन सके आफुले पानी पर्याप्त पिएको, नपिएको बेलैमा जाँच गरी तत्काल पानी पिउन सकिन्छ । पानी पर्याप्त नपिउँदा देखा पर्ने चिन्ह एवम् लक्षणहरु निम्न लिखित छन् ।

१. मुख सुक्नेः शरीरमा पानी कम भएको मूख्य लक्षण भनेको मुख सुक्नु हो । शरीरमा पानीको मात्रा कम भएपछि र्याल ग्रन्थिले पर्याप्त र्याल बनाउन सक्दैन र फलतः मुख एवम् घाँटी सुक्दछ ।

बारबार मुख एवम् घाँटी सुक्न थाल्यो भने यो समस्या निर्जलीकरणले गर्दा हो भन्ने बुझेर तुरुन्त पानी पिउनु पर्दछ तर पानीको पूर्ती नुन चिनी हालिएको एवम् कार्बोनेटेड पेयले गर्न सक्दैन । यस्ता पेय पिउँदा झन् जल–अल्पता बढ्दछ । यसर्थ तिर्खा लागेको बेलामा पानी पिएर नै तिर्खा मेट्नुपर्दछ ।

२.छाला सुख्खा हुनेः शरीरमा जल–अल्पता बढ्दै गएपछि छालामा रक्त प्रवाह गर्ने रक्तनलीहरु संकुचित भई छालाबाट हुने पानीको क्षय रोकिएर छालाको ओसिलोपन नाश हुन पुग्दछ । यस्तो अवस्थामा छाला सुख्खा हुने, चाउरिने, फुस्रो हुने, झुल्लिने र छालको प्राकृतिक चमक नष्ट हुने गर्दछ ।

३. जोर्नी दुखाईः जोनी दुई हड्डीहरुको संगमलाई भनिन्छ । जोर्नीमा दुई हड्डीहरुलाई आपसमा बाँधेर राख्ने लिगामेन्टहरु हुन्छन् भने सन्धि स्थानमा कार्टिलज नामक कोमल तन्तुहरु पनि हुन्छन् । लिगामेण्ट एवम् कार्टिलेज जस्ता कोमल तन्तुहरुमा पनि ७० देखि ८० प्रतिशत पानी रहेको हुन्छ ।

यी तन्तुहरुलाई निर्वाध कार्यरत रहनका लागि पर्याप्त पानी भइरहनु पर्दछ । शरीरमा पानीको अभाव भइरहेको खण्डमा यी तन्तुहरुमा हुने पानी कम भई तन्तुहरु विगठित हुन सक्छन् ।

फलतः जोर्नी दुख्ने, सुन्निने, लिगामेण्ट एवम् कार्टिलेजहरु खिइने र जोर्नी नै विकृत हुने जस्ता समस्याहरु देखा पर्दछन् । यद्यपि जोर्नीको स्वास्थ्यलाई खराब गर्ने धेरै तत्वहरु छन् र त्यसमध्ये आम एवम् वास्ता नगरिएको कारण कम पानीको सेवन पनि हो ।

४. पहेलो पिसाब आउनुः पिसाब स्वास्थ्यको दर्पण हो । पि,साबको रंगले स्वास्थ्यको धेरै आयामहरुको जानकारी दिन सक्छ र यसमध्ये पिसाबको रंगले शरीरमा पानी कम भए, नभएको विषयको पनि जानकारी दिने गर्दछ ।

यदि पिसाबको रंग पहेँलो हुँदै गयो भने मान्नुहोस् कि तपाईंको शरीरमा जलअल्पता सुरु भइसक्यो र तपाईंको शरीरले पिसाबबाट हुने जल विसर्जनलाई रोक्न थालिसक्यो ।

यसर्थ, हाम्रो शरीरमा हुने जल अल्पताको पहिलो चिन्हको रुपमा पहेलो पिसाबलाई लिन सकिन्छ । साधारणतया मान्छेको पिसाब हल्का पहेलो रंगको हुन्छ तर पिसाब गाढा पहेलो हुँदै गयो भने मान्नुस् कि यो जल अल्पताको लक्षण हो ।

५. पिसाबको मात्रा कम हुनुः नियमित रुपमा पानी पिइरहने व्यक्तिले नियमित रुपमा पिसाब फेरि पनि रहने गर्दछ तर शरीरमा पानीको मात्रा कम हुँदै गयो भने पिसाबको मात्रा र नियमितिता पनि कम हुने गर्दछ ।

साधारणतया एउटा स्वस्थ व्यक्तिले ६ देखि ७ चोटी सम्म पिसाब फेर्ने गर्दछ तर दैनिक ६, ७ चोटी भन्दा कम पिसाब फेरिएमा यो जल अल्पताको प्रारम्भिक चिन्ह हुन सक्छ ।

६. कब्जियतः मल विसर्जनको नियमितता अत्यन्त कम भई दैनिक एकपल्ट सम्म पनि हुन नसक्नु वा दिसाको मुलायमपन नष्ट भई साह्रो दिसा आउनुलाई कब्जियत भनिन्छ ।

उसै त कब्जियत अनेकौं कारणले हुने गर्दछ तर शरीरमा पानीको मात्रा कम भएको खण्डमा पनि कब्जियतका लक्षणहरु देखा पर्ने गर्दछ । यसकारण पानी कम भएर कब्जियत भएको भए पानी पिएरै क,ब्जियत ठिक गर्न सकिन्छ र अन्य कारणबाट क,ब्जियत भएको भएपनि प्रशस्त पानी पिउँदा क,ब्जियत निवारणमा ठूलो टेवा पुर्याउँदछ ।

७. शारीरक एवम् मानसिक थकाइः शरीरमा पानीको मात्रा कम हुँदै गयो भने शरीरिक एवम् मानसिक थकानको महसुस हुने गर्दछ । तर सामान्यतया हामी शारीरिक एवम् मानसिक थकान भएको खण्डमा चिया कफी वा कार्बोनेटेड ड्रिङ्क पिउने गर्दछौं ।

यसो गर्दा एकछिन पुनः ताजगीको अनुभव त हुन्छ तर शरीरमा भएको जलअल्पता पुनः बढ्दछ र केही क्षणपश्चात् झन् धेरै थकाइ लाग्न थाल्दछ । यसकारण जब हामीलाई शारीरिक एवम् मासिक थकाइको अनुभव हुन्छ । त्यस अवस्थामा पानी पिउने गरौं ।

233 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal