महानगरको नजर अब ठूला करदातामा

२०७९ भाद्र १७ गते, शुक्रबार

महानगरपालिकाले ठूला करदातालाई करको दायरामा ल्याउने अभियान सुरु गर्ने भएको छ । बुधबार फनपार्कलाई २४ घन्टे अल्टिमेटम दिएर कर असुल गरेपछि अन्य ठूला करदातालाई पनि करको दायरामा ल्याउने गरी अभियान सञ्चालन गर्न लागेको हो । 

महानगरको राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार गत वर्षदेखि नै यो अभियान सुरु भएको थियो । यो अभियानलाई अब फेरि सुरु गर्न लागेको उनको भनाइ छ । अधिकारीले भने, ‘नेतृत्वले पहल गर्ने हो भने ठूला करदातालाई करको दायरामा ल्याउन गाह्रो छैन ।’ 

महानगरको टोली कर नतिर्ने करदाताकहाँ १६ देखि २५ साउन ०७८ सम्म पञ्चेबाजासहित कर तिर्न आग्रह गर्दै पुगेको थियो । घरजग्गा र सम्पत्ति कर तिर्न अटेर गरेपछि घर–आँगनमै पुगेर पन्चेबाजासहित व्यंग्य, नाच गरेको महानगरको भनाइ छ । केही करदाताले लाजैका कारण कर तिरेका छन् । जसकारण महानगरले अघिल्लो वर्षभन्दा २० करोड बढी कर संकलन गरेको थियो । 

काठमाडौं महानगर सुधार अभियानमा केन्द्रित रहेका महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले अब अनधिकृत रूपमा राखिएका होर्डिङ बोर्डहरू हटाउने भएका छन् । यो अभियान बिहीबारबाटै सुरु भएको छ । 

काठमाडौं महानगरपालिकाका अनुसार मापदण्डविपरीत राखिएका होर्डिङ बोर्ड हटाउन लागिएको हो । यो अभियानको थालनी त्रिपुरेश्वर क्षेत्रबाट हुन लागेको छ । त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा थुप्रै होर्डिङ बोर्ड छन् । ती बोर्डहरू मापदण्डभित्र रहे–नरहेको जाँचबुझपछि मापदण्डबाहिरकालाई हटाउने तयारी छ ।

फनपार्कले महानगरलाई मनोरञ्जन कर १७ लाख बुझाएको छ । बिहीबार महानगरअन्तर्गत राजस्व विभागमा गएर १७ लाख ३६ हजार मनोरञ्जन कर बुझाएको महानगरले जनाएको छ । ‘फनपार्कका प्रतिनिधिले आएर मनोरञ्जन कर १७ लाख बुझाउनुभएको छ ।

उहाँहरूले जानकारी गराउनुभएअनुसार हिसाब गरेर निकाल्दा आएको रकम बुझाउनुभएको हो, विभागका प्रमुख डा. शिवराज अधिकारीले भने, ‘समाज कल्याण परिषद्सँग बहाल सम्झौता गरेर चलाएको हुनाले भोलि परिषद्लाई पत्र लेख्दै छौँ ।

त्यसपछि आएको बहाल कर र व्यवसाय कर फनपार्कले वडा कार्यालयमा तिर्नुपर्छ ।’ उनका अनुसार महानगरले तीन वर्षदेखि कर तिर्नका लागि पटक–पटक ताकेता गरे पनि कर तिर्न आएको थिएन ।

‘तीन वर्षदेखि ताकेता गर्दा पनि नतिरेको कर यसपटक भने फनपार्कले बुझाएको छ । कर नबुझाएको भए भोलि नै गएर सिलबन्दी गर्ने योजनामा थियौँ,’ उनले भने । महानगरले प्राप्त गरेको मनोरञ्जन र विज्ञापन करको ४० प्रतिशत कर प्रदेश सरकारलाई बुझाउनुपर्छ । 

पार्कले व्यवसाय कर, बहाल कर, विज्ञापन कर र मनोरञ्जन कर तिर्नुपर्ने भए पनि यीमध्ये कुनै पनि शीर्षकमा विवरण बुझाएको थिएन भने कर पनि तिरेको थिएन । पार्कले व्यवसाय कर र बहाल कर वडा कार्यालयमा गएर बुझाउनुपर्छ ।

बहाल रकममा सम्झौताको वार्षिक १० प्रतिशत, मनोरञ्जन करतर्फ ५ प्रतिशत, व्यवसायतर्फ वार्षिक २० हजार रुपैयाँ र त्यसको जरिवाना बुझाउनुपर्छ । जसमध्ये कोरोनाकालको ५० प्रतिशत छुट दिइएको छ । ६ वर्षको व्यवसाय कर करिब एक लाख २० हजार हुन्छ ।

महानगरले बुधबार भृकुटीमण्डपस्थित फनपार्कलाई पत्र लेख्दै २४ घन्टे अल्टिमेटम दिएर कर तिर्नका लागि भनेको थियो । महानगरले पाँच वर्षदेखि व्यवसाय कर, बहाल कर र विज्ञापन कर तथा मनोरञ्जन कर तिरेको थिएन ।

पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङसमेत सञ्चालक रहेको फनपार्कले ६० रोपनी जग्गा समाज कल्याण परिषद्सँग ०६९ सालमा भाडामा लिएको थियो । फनपार्कले १५ वर्षका लागि जग्गा भाडामा लिएको हो ।

कर नबुझाउनेमा धेरैजसो अर्धसरकारी संस्था

महानगरलाई कर नबुझाउनेमध्ये धेरैजसो अर्धसरकारी संस्था छन् । त्यसमध्ये विद्युत् प्राधिकरणले करिब १५ करोड कर तिरेको छैन । प्राधिरकणलाई पटक–पटक ताकेता गर्दा पनि कर नतिरेपछि महानगरले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकै नाममा पत्र काटेको छ ।

‘कर नतिर्ने धेरै संस्थानहरू छन् । त्यसमध्ये सबैभन्दा धेरै प्राधिकरणले तिर्न बाँकी छ,’ प्रमुख डा. अधिकारीले भने, ‘पटक–पटक ताकेता गर्दा पनि कर तिर्न नआएपछि हामीले कार्यकारी निर्देशक घिसिङकै नाममा समेत पत्र काटेका छौँ । उहाँहरूले छिट्टै तिर्ने भन्नुभएको छ ।’

महानगरका अनुसार अर्धसरकारी संस्थाहरू कृषि सामाजिक संस्थान, विद्युत् प्राधिकरण, खाद्य संस्थान, नेसनल टेडिङ लिमिटेड, खाद्य संस्थान, राष्ट्रिय नाचघर, कर्मचारी सञ्चय कोषलगायत अर्धसरकारी संस्थाले सरकारी संस्था नै भएको भन्दै कर तिरेका छैनन् । यीबाहेक काठमाडौं प्लाजा, आरबी कम्प्लेक्स, कान्तिपुर डेन्टल हस्पिटल, चेम्बर भवनले पनि सम्पत्ति कर तिरेका छैनन् ।

ती सबै संघ–संस्थाले करिब ५० करोड तिर्न बाँकी छ । ‘गत वर्ष हामीले अभियान चलाएपछि ठूला करदाता धेरै सम्पर्कमा आएर कर तिरे । तीमध्ये कतिपयले अझै तिरेका छैनन् ।

हामीले कर नतिर्ने करदाताको नामावली वडा–वडाबाट संकलन गर्दै छौँ । संख्यात्मक हिसाबले कर नतिर्नेको संख्या धेरै हुन सक्छ,’ विभागीय प्रमुख डा. अधिकारीले भने । 

134 Views

ताजा

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय

२०८३ बैशाख १४ गते, सोमबार

अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी

२०८३ बैशाख १४ गते, सोमबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा  

२०८३ बैशाख ११ गते, शुक्रबार

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

२०८३ बैशाख ६ गते, आईतवार

ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया

२०८३ बैशाख ६ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal