आफ्नै साथीलाई पनि छाडेनन् बालेनले, खाली गराए रे,स्टुरेन्ट

२०७९ भाद्र १५ गते, बुधबार

काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नै साथीको रेस्टुरेन्ट खाली गराएका छन् । काठमाडौं महानगरको नगर प्रहरीले त्रिपुरेश्वरको राहदानी विभाग अगाडि रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेस्टुरेन्ट र अन्य व्यवसाय हटाएको हो ।

नगर प्रहरीको निर्देशनपछि रेस्टुरेन्टले आफ्नो सामग्री हटाएको हो ।उक्त रेस्टुरेन्ट बालेनलाई मेयरमा जिताउन सहयोग गर्नेमध्येका एक सन्तोषकुमार थापाले सञ्चालन गरेका थिए । थापाले बालेनको चुनावी अभियान सञ्चालनमा साथ दिएका थिए ।

बालेनलाई चुनावी अभियानमा थापासहित कुमार बेन, भिक्टर पौडेल, गणेश कार्कीलगायतले सहयोग गरेका थिए ।सन्तोषको रेस्टुरेन्ट सो भवनको बेसमेन्टमा थियो । नक्शामा पार्किङका लागि भनेर छुट्याइएको बेसमेन्ट अन्य व्यवसायमा प्रयोग गरेको पाइएपछि बालेनले हटाउन निर्देशन दिएका थिए ।

त्यसबमोजिम आज आफैंले रेस्टुरेन्ट हटाएको थापाले फेसबुकबाट जानकारी दिएका छन् ।मेयर बालेनले आफ्नो रेस्टुरेन्ट खाली गराएपछि सञ्चालक थापाले सहज प्रतिक्रिया दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आजैबाट खाली गरेको छु, धन्यवाद ।’

बालेनको चुनावी अभियानका क्रममा उनीहरूको टिमको थुप्रै छलफल र मिटिङहरू यही रेस्टरेन्टमा भएका थिए । बालेनका निकट सहयोगी कुमार बेनका अनुसार सन्तोष चुनावमा समेत सन्तोषले उनीहरूको टिमकै सदस्यका रूपमा सहयोग गरेका थिए ।

तर, नियम मिचेर व्यवसाय गर्न नदिने मेयरको अडानका कारण साथी भनेर छुट नपाएका बेनले बताए ।दरबारमार्गस्थित लन्डन पव पनि हटाउन निर्देशन दिइएको छ । बेनका अनुसार उक्त पवका सञ्चालक सुरज बालेनका नजिकका साथी हुन् ।

बेसमेन्टमा नै सञ्चालन भएका कारण लन्डन पव खाली गराउन महानगरले निर्देशन दिएको हो । यसैगरी शंखमुलमा रहेको बर्गर हाउस पनि आफ्नै साथी सञ्चालक हुनुका बाबजुद बालेनले खाली गर्न लगाएका छन् ।

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal