सङ्खुवासभाको मानेभञ्जाङमा लु,टपाट गर्न खोज्ने ३ जना प,क्राउ

२०७९ भाद्र १४ गते, मंगलवार

सङ्खुवासभाको खाँदबारी नगरपालिका ३ मानेभञ्जाङ बजारमा लु,टपाट गर्न खोज्ने तीन जना प,क्राउ परेका छन् । 

गए राति २ बजेतिर स्थानीय वीरेन्द्रभगत श्रेष्ठ (धराने साहु भनेर चिनिने) व्यक्तिको घरमा लु,टपाट प्रयास गर्ने तीन जना प,क्राउ परेका हुन् ।

लुटेरासँग प्रतिकार गर्दा वीरेन्द्रभगत श्रेष्ठकी श्रीमती निता, छोरा सन्दीप र छोरी तारादेवी श्रेष्ठ घा,इते भएका र उनीहरूको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारले बताउनुभयो । 

श्रेष्ठको पसलमा गए राति २ बजेतिर तीन जनाको समूह घरबाहिरको गेट खोलेर भित्र छिरेका थिए । सन्दीपले घरभित्र मानिस छिरेको थाहा पाएपछि उठेर हेर्न जाँदा उनलाई रडले हानेर घा,इते बनाएका छिमेकी सूर्यनारायण श्रेष्ठले बताउनुभयो ।

त्यसपछि लु,टेराहरूले सन्दीपका आमा र दिदीलाई पनि र,डले हा,नेर घा,इते बनाएका थिए । जसोतसो सन्दीप घरबाहिर निस्केर हारगुहार मागेपछि छिमेकी भेला भएकाले लु,टेराहरू भागेका थिए ।

 बाक्लो बजार क्षेत्र भएको र नजिकै मानेभञ्जाङ प्रहरी चौकीसमेत भएकाले मानिसहरू होहल्ला गर्दै भेला भएका थिए । 

घरकाे गेट छेउमा मोबाइल भेटिएको र त्याे मोबाइलका आधारमा स्थानीयवासीले बजारबाट नै दुई जनालाई प,क्राउ गरेर प्रहरीलाई बुझाएका छन् ।

उनीहरूको बयानको आधारमा अर्का थप एक जना गरी तीन जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । घ,टनाकाे बारेमा अनुसन्धान भइरहेकाले अहिले नै उनीहरूकाे नाम सार्वजनिक नगर्ने डीएसपी गोदारले बताउनुभयाे ।

उनीहरू अनुहार छोपेर र,ड, खु,कुरी र अन्य ह,तियारसहित पसल लु,ट्ने उद्देश्यका साथ घरमा छिरेको प्रहरीको भनाइ छ ।

233 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal