मुखले सम्झाउँदा मानेनन भने हात, गोडा केकेले सम्झाउने हो सम्झाउनुहोस (महेश बस्नेत)

२०७९ भाद्र १४ गते, मंगलवार

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद महेश बस्नेतले काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहसहितका जनप्रतिनिधि र स्वतन्त्र समूहहरुबाट चुनाव ल,ड्ने तयारी गरिरहेका युवाहरुको वि,रुद्धमा आपत्तिजनक अभिव्यक्ति दिएका छन्।

सोमरबार पार्टीले भक्तपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बस्नेतले बालेन शाह, रविन्द्र मिश्र, रवि लामिछाने, रमेश खरेलका नाममा विभिन्न खालका अन्तराष्ट्रिय मिसनहरु परिचालित भएको बताए।

‘नेताहरुलाई कुकुरको माला लगाइदिएका छन्। कुकुरको टाउको जोडिदिएका छन्। त्यो भन्दा तीन गुणा बढी गा,ली गर्नुस, तपाईहरुले।

त्यो गरे वापत केही भयो भने हामी तपाईहरुको संरक्षण गर्छौ’ उनले भने, सकभर मुखले सम्झाउनुहोस, मुखले सम्झाउँदा मानेनन भने हात गोडा के केले सम्झाउने हो सम्झाउनुहोस। परेको कुरा पार्टीले व्यहोर्छ।‘

नेकपा एमालेको युथफोर्स दस्ताको नेतृत्व लिएर चर्चामा आएका बस्नेत एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्रका रुपमा चिनिन्छन्। उनी भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का सांसद हुन। यसअघि उनी भक्तपुरकै गुन्डु गाबिसका अध्यक्ष पनि भइसकेका छन्।

तत्कालिन प्रधानमन्त्री ओलीको कार्यकालमा दल फुटाउने अध्यादेश ल्याउने बेला पूर्व आइजीपी सर्वेन्द्र खनालको सहयोगमा जसपाका सांसद सुरेन्द्र यादवलाई अपहरण शैलीमा मधेशबाट रातारात काठमाडौं ल्याएर होटलमा राख्ने काममा उनको संलग्नता थियो।

175 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै

२०८३ जेष्ठ ३१ गते, आईतवार

न्याय जनताको घरदैलोमा  न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता

२०८३ जेष्ठ ३१ गते, आईतवार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal