डेढ लाख ऋ,णको डेढ करोड तिरिसकें, ४५ लाख अझै बाँकी छ’
मोरङको धनपालथान गाउँपालिका–७ का अवधेशकुमार मण्डलले सुधान्सु ठाकुरसँग मिलेर २०७३ सालमा साझेदारीमा कुखुरा फर्म सञ्चालन गरे ।
सोही वर्ष फर्मका कामदारले चलाएको मोटरसाइकलको ठ,क्करबाट एक जना घा,इते भए । घा,इतेको उपचारका लागि उनले सुधान्सुुसँगै एक लाख ५० हजार रुपैयाँ ऋ,ण लिए । ऋ,ण दिँदै गर्दा उनले भनेका थिए दिनको २ हजार रुपैयाँ ब्याज पर्छ ।
उपचारका लागि लिएको ऋ,ण उनले समयमा तिर्न सकेनन् । ब्याजको मिटर चढ्दै गयो । उनले २ लाख रुपैयाँ जुटाएर उनलाई जिम्मा लगाए । ठाकुरले यो पैसाले साउ कट्दैन ब्याज मात्रै हुन्छ भने । उनले आफ्नो मोटरसाइकलसहित १५ लाख रुपैयाँ थप ठाकुरलाई दिए ।
डेढ लाख रुपैयाँ ऋिणको दुई लाख र पछि १५ लाख भुक्तानी गर्दा पनि उनी ऋ,ण मुक्त भएन् । २०७३ सालमा लिएको डेढ लाख रुपैयाँको थप १५ लाख पनि बुझाएपछि उनलाई २२ लाख तिर्न द,बाब दिए । विस्तारै ७५ लाख रुपैयाँ भयो भन्दै तिर्न दबाब दिए ।
मनि ट्रान्सफरका सन्चालक समेत रहेका उनलाई मिटरब्याजीको समूहले नियन्त्रणमा लियो । नियन्त्रणमा लिएपछि २०७५ भदौ १ गते नकट्ने गरीका पाँच वटा कागजी तमसुक बनाएर छाडे ।
सोही कागजका आधारमा उनका बुबाले विराटनगर–१ का नितेश बस्नेत, सिरहा घर भई विराटनगर–२ बस्ने सन्जिव कर्ण, कोसी प्रोजेक्ट बस्ने सोमित कामत, सुभम सिंह, रविनकुमार यादव, नितिनकुमार साहलगायतलाई उनको परिवारले एक करोड ५० लाख भुक्तानी गरिसके ।
एउटा लेनदेनको मु,द्दा भने अझै बाँकी नै रहेको उनले बताए । ‘अहिलेसम्म डेढ करोड तिरिसकें,’ आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा उनले भने, अझै ४५ लाखको कागज छ, १० लाख रुपैयाँ दिए मिल्छु भन्दैछन् ।’ उनले मिटरब्याजीका कारण आफ्नो आर्थिक हैसियत डामाडोल भएको गुनासो गरे ।
दुई लाखको सावाँ–ब्याज १८ लाख ९४ हजार सात दिन जेल
२०७४ साल मंसिर पहिलो साता विराटनगरका जगदिश साहले एकसाता भित्र फिर्ता गर्ने गरी विराटनगरकै ताजब्बर सिद्धिकीसँग दुई लाख रुपैयाँ सापटी लिए । सात दिन भित्र पैसा जोहो गरेर सिद्धिकीलाई सम्पर्क गर्दा उनी भारतमा थिए । टेलिफोनमा उनले २/४ दिनपछि दिँदा हुन्छ भन्ने प्रतिक्रिया दिएका थिए ।
गृहमन्त्रालयले गठन गरेको अध्ययन टोली विराटनगरका मिटरब्याज पीडितसँग
२०७४ मंसिर २२ गते फोन आयो । दुई लाख दिन ठिक्क पारेका उनले साहसँग ८ लाख मागे । दिन नसक्ने बताएपछि सोही दिन साँझ एउटा कार घर अगाडि आएर रोकियो । काम छ भन्दै लिन घर पुगेको कारमा थिए किरण लामा, अमिस बराल, आकाश यादव र सिद्धिकी ।
लामा हाल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको महानगर कमिटी अध्यक्ष छन् । छोटो समयमा राम्रो आर्थिक हैसियत बनाएका लामा बारम्बार विवादमा आइरहन्छन् ।
कार विराटनगरको बसपार्क हुँदै महेन्द्र चोकको टेन–एलेभेन रेष्टुरेन्टमा ल्याएर रोके । सो रेष्टुरेन्टको सञ्चालक लामा नै थिए (हाल सो रेस्टुरेन्ट बन्द छ) । सञ्चालनमा आइनसकेको रेष्टुरेन्टमा हात खुट्टा बाँधेर बेलुकादेखि राति १ बजेसम्म कुटपिट गरे ।
राति साढे १ बजे कागजमा औँठाछाप गर्न लगाएर छाडे । ज्यान जोगाउन औँठा छाप लगाएको बताएका उनले पछि मात्र थाहा पाए औँठाछाप गरेको तमसुकमा सुनिल गुजरातीबाट १५ लाख रुपैयाँ ऋण लिएको उल्लेख रहेछ ।
सोही कागजका आधारमा मिटरब्याजीको समूह जिल्ला अदालत मोरङ गयो । २०७५ माघ १७ गते जिल्ला अदालतले मिटरब्याजीको पक्षमा फैसला गर्यो । फैसला कार्यान्वयनका लागि साह २०७६ माघ ७ गते पक्राउ परे ।
कागज अनुसारको सावाँ–ब्याज करिब १८ लाख ९४ हजार तिरेपछि उनी २०७६ माघ १२ गते कारागार मुक्त भएका थिए । ‘अदालतको फैसलापछि म एक साता कारागार बसें,’ साहले भने, श्रीमतीले दुई लाखको सावाँ–ब्याज गरी १८ लाख ९४ हजार तिरेपछि म कारागारबाट छुटें ।’ दुई लाख रुपैयाँको सावाँ–ब्याज गरी १८ लाख ९४ हजार तिर्नुपरेपछि न्याय खोज्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको उनले बताए ।
ऋ,णले सुकुम्वासी
विराटनगर–१८ का ७० वर्षीय बेचनलाल दासले पाँच वर्षअघि बासुदेव मण्डलबाट दुईपटक गरी एक लाख रुपैयाँ ऋ,ण लिएका थिए । उनले एक पटक ८० हजार र अर्को पल्ट २० हजार रुपैयाँ ऋ,ण लिएका थिए ।
१५ धुर जग्गा राखेर ऋण लिएका उनको जग्गा साहुले आफ्नो बनाइसकेका छन् । लाखौं पर्ने जग्गा हडेपछि उनले पनि न्यायका लागि हारगुहार गरिरहेका छन् ।
मिटरब्याज अपराध नियन्त्रणका लागि गृह मन्त्रालयद्वारा गठित कार्यदलको टोली अध्ययन गर्दै आइतबार विराटनगर आएको थियो । कार्यदलले मिटरब्याज पी,डित र सरोकारवालाहरुसँग गरेको छलफलमा पी,डितहरुले आफ्ना पीडा पोखेका हुन् ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङमा मिटरब्याजीबाट ठगिएको भन्दै ४२ वटा उजुरी परेका छन् ।
कार्यदलका संयोजक भिष्मकुमार भुसालले कार्यदलले अध्ययनपछि आवश्यक कारवाहीका लागि सरकारलाई प्रतिवेदन बुझाउने बताए ।
ताजा
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध
२०८३ असार १ गते, सोमबार
नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण : नेपाल डेभलपमेन्ट वाच
२०८३ असार १ गते, सोमबार
नेपालको सीमामा नेपालीलाई नै त्रास
२०८३ असार १ गते, सोमबार
#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन
२०८३ असार १ गते, सोमबार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवार
परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै
२०८३ जेष्ठ ३१ गते, आईतवार
न्याय जनताको घरदैलोमा न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता
२०८३ जेष्ठ ३१ गते, आईतवार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





