पाँचथर प्रदेश सभा (ख) को प्रदेश सांसदमा दाहालको तयारी

२०७९ भाद्र ७ गते, मंगलवार

काठमाडौं । नेपाली कांग्रेस पाँचथरको प्रदेश सभा (ख) मा समाज सेवी एवं युवा नेता सूर्य कुमार दाहालले उमेद्वारी दिने तयारी गरेका छन । दाहालले आफुलाई यस क्षेत्रको बलियो दावेदारको रुपमा उम्मेदवारी घोषणा गरेका छन् । पार्टीका अन्य नेतृत्वहरुको असहयोगका बाबजुत पनि गत स्थानीय तहको निर्वाचनमा आफ्नो वडा तथा गाउँपालिका अध्यक्षमा ३० र ३२ वर्षीय युवा नेतालाई उमेद्वार बनाई अत्यधिक बहुमतले विजय गराउँन सफल भएका कारणले पनि उनलाई यस क्षेत्रको प्रबल दावेदारको रूपमा लिईएको छ ।
उनले पार्टी भित्र आन्तरिक शक्ति संघर्ष बढेको, नीति र निष्ठाको राजनीति मर्दै गएकोले आफूले पार्टी बचाउन उमेद्वारी घोषणा गरेको बताए । उनले थपे “सैद्धान्तिक रूपमा सम्पूर्ण शासकीय अभ्यास मध्ये संसदीय शासन प्रणाली कम खराब ब्यबस्था हो । उत्तम होइन, यसलाई उत्कृष्ट बनाउन लोकतान्त्रिक चरित्र सहितको अभ्यासबाट मात्र सम्भव हुन्छ । हामी कस्तो विकास चाहन्छौं भन्ने कुरा सार्वजनिक शिक्षा, स्वास्थ्य सेवा, यातायात, सुरक्षा र शौचालयको साथै सामाजिक न्याय , सुरक्षा र सदभाव तथा सडक, बजार, खानेपानी, विधुत सेवा, प्रशासनिक सेवा, न्याय सेवा, कृषि सेवा र सुशासनको स्थिति हेरेर भन्न सक्छौं ।”
उनले पार्टीको आस्था ,बिचार र आदर्श बोकेका ब्यक्तिलाई टिकट दिनु पर्ने कुरामा जोडदिंदै पार्टीका अग्रज नेताहरुले आफूलाई अवमूल्यांकन गरेको खण्डमा पार्टीले पाँचथर जिल्लामा नराम्रो परिणाम बेहोर्नु पर्ने र त्यसको सम्पूर्ण भागीदार शीर्ष नेतानैं हुनु पर्ने बताए । कलिलो उमेरदेखि नै राजनीतिमा सक्रिय ४२ वर्षीय दाहाल पाँचथर जिल्ला तुम्बेवा गाउँपालिका वाड नं १ का स्थायी बासिन्दा हुन् ।

312 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै

२०८३ जेष्ठ ३१ गते, आईतवार

न्याय जनताको घरदैलोमा  न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता

२०८३ जेष्ठ ३१ गते, आईतवार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal