माधव नेपाल प्रधानमन्त्री हुँदा शिलान्यास गरेकाे पुल १२ वर्षसम्म पनि बनेन

२०७९ भाद्र २ गते, बिहीबार

रौतहटको बाग्मती नदीमा १२ वर्षदेखि पुलको निर्माण कार्य हुन नसक्दा स्थानीयवासी मारमा परेका छन् ।

रौतहटको दुर्गाभगवती गाउँपलिका वडा नम्बर ५ वडहर्वा बाग्मती नदीमा १२ वर्षसम्म पनि पुल निर्माण हुन नसक्दा नदी वारपार गर्न स्थानीयवासीले सास्ती बेहाेर्नुपरेकाे हाे ।

बाग्मती नदीमा स्थानीयवासी वारपार गर्न सहज हुने भन्दै माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेलामा पुल शिलान्यास भएको थियो ।

तर पूर्वप्रधानमन्त्री नेपालले पुल शिलान्यास गरेको १२ वर्ष भइसक्दा पनि पुल निर्माण हुन सकेको छैन । पुल बन्ने आशा बोकेका बाग्मती पारिका वडहर्वावासीलाई आफ्नै गाउँपालिका तथा वडा कार्यालय आउनसमेत दिनभर लाग्ने गरेको छ ।

पुल समयमा नै नबन्दा बाग्मती पारि बसोवास गर्ने झन्डै चार सय घरका मानिस जोखिम मोलेर काठको डुङ्गामा यात्रा गर्न बाध्य छन् ।

दैनिक तथा प्रशासनिक कामका लागि र जिल्लाका विभिन्न ठाउँमा जानका लागि डुङ्गाकै भर पर्नुपर्ने अवस्था रहेको उनीहरूको गुनासो छ । बि,रामी हुँदासमेत डुङ्गाबाट नै नदी पार गरेर उपचार गर्न जानुपर्ने अवस्था छ ।

स्थानीयवासी बालकेश्वरी देवीले नदीमा बाढी आएमा पारि जानसमेत नसक्ने बताउनुभयो । उहाँले आफ्नो खेतबारीमा काम गर्न जानसमेत एक दिन लाग्ने गरेको गु,नासो गर्नुभयो ।

त्यस्तै स्थानीयवासी सुरेन्द्र पासवानले वडा कार्यालयमा सामान्य सिफारिसका लागि जाँदा एक दिन छुट्याएर जानुपर्ने बाध्यता रहेको सुनाउनुभयाे ।

बाग्मती नदी पारि रौतहटको वतसपुर, वडहर्वा, राजदेवी, गौरलगायत ठाउँका मानिस डुङ्गा चढेरै खेतबारीमा काम गर्न जाने गरेका छन् । बाग्मती पारिका मानिसलाई वारि आउन दुई वटा डुङ्गा चढ्नुपर्छ ।

बर्खायाममा बाग्मती नदीमा बाढी आउँदा मानिसकाे आवतजावत नै ठप्प हुने गरेको डुङ्गा चालक रामबाबु रजक बताउनुहुन्छ ।

सर्वसाधारणले डुङ्गा चढ्न एक पटकको ५० रुपैयाँ लाग्ने उहाँले बताउनुभयो । नदीमा बाढी आउँदा दिनमा एक पटक मात्रै डुङ्गा चल्ने उहाँ बताउनुहुन्छ ।

हुलाकी राजमार्ग निर्देशनालयका प्रमुख दारोगाप्रसाद साहले भने ठेकेदार कम्पनीको समय अवधि डेढ वर्ष रहेको बताउनुभयो । उहाँले डेढ वर्षको अवधिमा बाग्मती नदीको पुल अन्य किसिमका बाधा नभए निर्माण सम्पन्न हुने बताउनुभयो ।

बाग्मती नदीमा विसं २०६७ साल जेठमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पक्की बनाउनका लागि शिलान्यास गर्नुभएकाे थियो ।

प्रधानमन्त्रीबाट पक्की पुल निर्माणका लागि शिलान्यास भएसँगै ज्यानको जोखिम राखेर यात्रा गर्न बाध्य वडहर्वावासी खुसी भएका थिए ।

तर शिलान्यास भएको १२ वर्षसम्म पनि पुल बन्न नसक्दा उनीहरू रुष्ट भएका छन् । यहाँ पुल बनेमा रौतहट र सर्लाहीका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुनेछन् ।

बाग्मती नदी पुलको ठेक्का लुम्बिनी बिल्डर्स प्रालि सिद्धार्थनगरले ३५ करोड ८९ लाख नाै हजार चार सय ३३ रुपैयाँमा पाएको थियो । ठेक्का लुम्बिनीले पाए पनि निर्माणको काम पप्पु कन्सन्ट्रक्शनले थालेको थियो ।

पप्पु कन्ट्रक्शनले सडक विभागसँग २०६७ जेठ ३१ गते २०७० जेठ ३० गते पुलको निर्माण काम सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

१७ स्पानसहितका याे पुलको लम्बाइ ६ सय ३३ मिटर र चौडाइ दुई लेन हुने बताइएकाे छ । स्पान निर्माणको काम सकिए पनि बाँकी काम भने सुरु भएको नाै वर्षभन्दा बढी भइसकेको छ ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय पर्साले लुम्बिनी बिल्डर्ससँग ठेक्का रद्द गरेपछि फेरि आह्वान गरेको ठेक्का महालक्ष्मी विकास वाईपी जेभी जनकपुरले २०७९ वैशाख ११ गते सम्झौता गरी २०८१ कात्तिक १० गते काम सक्ने गरी ५७ करोड ४० लाख ७७ हजार पाँच सय एक रुपैयाँमा सम्झौता गरेको छ ।

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal