बेलायतबाट फर्किएको ८ महिनामै साढे २२ लाख घु,स सहित प,क्राउ परेका उपसचिव भन्छन……

२०७९ श्रावण १९ गते, बिहीबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल साढे २२ लाख घु,स सहित प,क्राउ परेका छन् । को साथबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको छ ।

अ,ख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

त्यसपछि गाडी खानतलासी गरेको अख्तियारले उनले प्रयोग गर्ने बा १ झ ९९४६ नम्बरको सरकारी गाडीबाट स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले उक्त रकम पनि नेपालले घू,सबापत लिएको हुनसक्ने भएकाले यसबारे अनुसन्धान भइरहेको बताए । प्याराग्लाईडिङ सेवा सञ्चालन अनुमतिका लागि एक व्यवसायीले मन्त्रालयमा दिएकोलाई अ,ड्काएर नेपालले रकम मोलमोलाई गरेका थिए ।

त्यसपछि उनीमाथि अ,ख्तियारको टोलीले समेत निगरानीसमेत गरेको थियो । त्यही क्रममा मंगलबार उपसचिव नेपाल सेवाग्राहीसँग नगद लिँदै गर्दा रंगेहात प,क्राउ परेका थिए ।

त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्दा स्वणर्पदक पाएका उनले बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसर समेत पाएका थिए । छात्रवृत्तिमा अध्ययन गरेर फर्किएको आठ महिना पुग्दा नपुग्दै घु,ससहित रंगेहात प,क्राउ परेका हुन् ।

उनी घुस सहित पक्राउ परेपछि मन्त्रालयकै अन्य कर्मचारी आश्चर्य भएका छन् । मेधावी र अत्यन्तै क्षमतावान उनले पैसा कमाउनका लागि घुस नै खानुपर्ने अवस्था नरहेपनि प,क्राउ पर्दा आश्चर्य चकित भएको एक सहसचिवले बताए ।

उता म्याद थप गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा लगेका बेला ६ लाख रुपैयाँ घुस तथा स्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँसहित प,क्राउ परेका उपसचिव प्रमोद नेपालले आफ्नो करीयरमा दाग लागे पनि सफाइ पाउने दाबी गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव संक्षिप्त प्रतिक्रिया दिँदै भने, मेरो करीयर मुख्य सचिवसम्मको हो, तर एउटा दाग भने लाग्यो ।’‘विशेष अदालतबाट सफाइ पाउने नै छु, त्यसपछि तपाईं पत्रकारहरूसँग पनि सविस्तारमा आफ्नो कुरा राख्नेछु ।’

137 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal