आरजु राणा उदयीमान नेता हो, प्रधानमन्त्री बन्न सक्नुहुन्छः (मीन विश्वकर्मा)

२०७९ श्रावण १९ गते, बिहीबार

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले अब शान्ति, समृद्धि र विकासमा दलहरुबीच प्रतिष्पर्धा हुने बताएका छन् । आगामी निर्वाचनसम्म नै वर्तमान पाँच दलीय गठबन्धन कायम रहने उनको भनाई छ ।

शुक्रबाररिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बौल्दै उनले निर्वाचनमा फलानो दलको फलानो नेता प्रधानमन्त्री बन्ने भनेर अहिले नै उम्मेद्धवार तोकेर जाने अवस्था नभएको बताएका छन् । उनले भने,अहिले गठबन्धन गरेर नै जाने भनिएको छ, यस्तो बेलामा अहिले फलानो पार्टीका फलानो नेता प्रधानमन्त्रीको उम्मेद्धवार भनेर जाने अवस्था छैन् ।’

उनले नयाँ दिल्लीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसकी नेतृ डा. आरजु देउवाबीच भएको भेटवार्ताबारे गरिएको टिप्पणीप्रति सहमति जनाए ।

उनले प्रचण्ड दिल्लीमा राजनीतिक भेटवार्तामा रहेको र आरजु पनि उपचारको लागि सिलसिलामा दिल्लीमै रहेकोले भेटवार्ता भएको र उक्त भेटवार्तामा स्वास्थ्यलाभको कामना गरिएको स्मरण गराए ।

उनले नेपाली राजनीतिमा प्रचण्ड र आरजु दुवै भोलिका दिनमा प्रधानमन्त्री बन्नसक्ने व्यक्तित्व भएको उल्लेख पनि गरे । उनले भने,‘प्रचण्ड र आरजु दुवै जना कहिल्यै प्रधानमन्त्री बन्न नसक्ने व्यक्ति त होईन, तर अहिले यस्तो सहमति भएको छैन् । यो सबै अफवाहा हो । कुन दलको प्रतिनिधिसभामा सिट संख्या कति आउँछ, त्यसको मतभारको आधारमा सरकारको नेतृत्वको साझेदारीको कुरा आउँछ ।

नेतृत्वको सवालमा दलहरुबीच अर्को चरणमा छलफल हुन्छ । अहिले प्रचण्ड र आरजु सरकार नेतृत्वको गर्ने भन्नेबारे सहमति भयो भन्ने कुरा आयो, यो झुठो हो । आरजु दिल्लीमा हुनुहुन्थ्यो । प्रचण्ड भारत भ्रमणमा जानुभएको थियो, त्यतिवेला उहाँ आरजुको स्वास्थ्यलाभाको कामना गर्न जानुभयो । डा. आरजु उदयीमान नेता हो । प्रधानमन्त्री बन्न नसक्ने भन्ने कुरा हुन्छ र रु तर, अहिले यो विषयमा छलफल र चर्चा नै चलेको थिएन । र, छैन ।’

उनले सत्तापक्ष र गठबन्धनप्रति एमाले सचिव टोपबहादुर रायमाझीजीले वितृष्णायुक्त अभिव्यक्ति दिएको टिप्पणी गरे । उनले भने,‘उहाँलाई पनि गार्हाे छ, मओवादी खेमाबाट राजनीति गरेर एमालेको सूर्य चिन्हको प्रचार गर्नुपरेको छ । यो गठबन्धनको सरकार त्यसै बनेको होइन । रायमाझीहरुजस्तै मान्छेको कारणले यो गठबन्धन बनेको हो ।’ उनले जनताले पटक–पटक आन्दोलन गरेर मुलुकको व्यवस्था परिवर्तन गरेपनि देश र जनताको अवस्था परिवर्तन नभएको गुनासो पोखे ।

उनले भने,अब हामीले अवस्था परिवर्तनको लागि काम गर्नुपर्नेछ, हाम्रो प्रतिष्पर्धा कार्यशैलीमा हो । शान्ति, समृद्धि र विकासमा प्रतिष्पर्धा हुनुपर्छ । सबै दलको लक्ष्य उस्तै छ । कार्यशैलीको कुरा गर्दा तानाशाहीमा जाने कि लोकतान्त्रिक शैलीमा जाने हो ।

यो विचार र व्यवस्थाको निरन्तरता हो । समाजवादी अर्थ व्यवस्थाभित्र विपन्नहरुको उत्थानको लागि पहिलो प्राथमिकता हुनुपर्छ । कांग्रेसले ००७ सालमा जे विचार राख्यो, हामीले ०१५ सालमा त्यही राख्यौं । हामी कहिल्यैपनि विचलित छैनौं ।’

उनले अहिलेको पाँच दलीय गठबन्धन राष्ट्रिय राजनीतिको आवश्यकत्ता भएको उल्लेख गरे । उनले भने,‘अहिले मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा हुँदैछ । मंसिर ४ गतेको निर्वाचन हुने पक्कापक्की छ । अब व्यवस्था स्थायित्व गर्नुपर्छ । स्थायी सरकारको कुरा गर्ने होईन ।

महेन्द्र र जंगबहादुरको सरकार पनि स्थायित्व थियो । वीरेन्द्र र ज्ञानेन्द्रको पनि झनै स्थायित्व थियो । तानाशाही सरकार संसारमै स्थायी हुन्छ । हामी अबको चुनावमा गठबन्धनका सहयात्राी दलहरु साझा धारणा लिएर जान्छौं ।’

उनले कांग्रेसले स्थानीय तहको निर्वाचनमा ०७४ को भन्दा राम्रो नतिजा र परीणाम ल्याएको भएपनि आफू अझै सन्तुष्ट नभएको सुनाए । उनले भने,‘हामीले समयमै उम्मेद्धवार चयन गर्न सकेनौं । त्यसैले परिणाम चाहेको भन्दा कम आयो ।

कांग्रेसभित्र पनि गठबन्धन आवश्यक छैन कि भनेर बहस चलेको छ । हाम्रो निर्वाचन प्रणालीले गठबनधनको माग गर्छ । प्रि–इलेक्शन कि पोष्ट–ईलेक्शन भन्ने कुरा हो । हामीले प्रि–इलेक्शनको कुरा गरेका हौं । सिट संख्या व्यवस्थापन गरेर जान्छौं ।’

उनले प्रधानमन्त्री देउवाले कार्यव्यस्तताको कारण अमेरिकाको भ्रमण नगरेको स्पष्ट पारे । यस्तै, उनले नागरिकता विद्येयकको बारेमा पनि अनावश्यक रुपमा विरोध तथा आलोचना भएको स्पष्ट पारे ।

175 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal