सप्तकोसी नदी बस्तीमा, उ,द्धार कार्य जारी
अविरलको व,र्षासँगै आएको बा,ढीले उदयपुरको बेलका नगरपालिका–८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फु,टेसँगै जो,खिममा परेका मानिसलाई सुरक्षित स्थानमा सार्ने क्रम चलिरहेको छ।
बुधवार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको हो। नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका-२, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका- ६ डुबानमा परेका छन्।
तीव्र रुपमा बाँध कटान गर्दै कोसी बस्तीमा पसेपछि नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, जनप्रतिनिधि, स्थानीयवासीसहित संयुक्त रुपमा प्रभावित क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा सार्ने कार्यमा खटिएका छन्।
७० मिटरभन्दा बढी बाँध कटान गरेर कोसी बस्ती पसेको छ। नदीको बाँध फुटेर गाउँ पस्दा के कति क्षति भएको छ त्यसको यकिन तथ्यांक आउँन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए।
बेलका नगरपालिका– ८ लाहेर खोच डुम्रिबोटेस्थित नदिले कटान गरि गाउँ पसेको हो। नदी तटीय क्षेत्रका स्थानीयवासी वषौंदेखि यो स,मस्यासँग जुध्दै आएका छन्।
कोसी सम्झौता अनुसार भारत सरकारले नदिको दुवैतर्फ स्थायी तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या झन् बढेको स्थानीयवासी बताउँँछन्। नदी गाउँतिर सोझिएकोले ढुक्कले निदाउने अवस्था नभएको उनीहरुको गु,नासो छ।
सप्तकोसीले धार परिर्वतन गरी पश्चिमतर्फ कटान गरेपछि बेलका नगरपालिका– २, ३, ८ र ९ उच्च जो,खिममा परेका हुन्।
उदयपुरको बेलका नगरपालिका-८ को लाहुरे खोचमा सप्तकोशी नदी फुटेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोचि, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्ष ४ हजार घर परिवार उच्च जो,खिममा परेका हुन्।
ताजा
आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा
२०८२ मंसिर १८ गते, बिहीबार
आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा
२०८२ मंसिर १८ गते, बिहीबार
पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा
२०८२ मंसिर १७ गते, बुधबार
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
२०८२ मंसिर १७ गते, बुधबार
गगन थापाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा
२०८२ मंसिर १७ गते, बुधबार
कुलमानले आज उज्यालो नेपाल पार्टी घोषणा गर्दै
२०८२ मंसिर १७ गते, बुधबार
चर्चित र्यापर भाइबर साइमनको नयाँ गीत “मस्त जवानी” को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
२०८२ मंसिर १७ गते, बुधबार
तोकिएकै समयमा निर्वाचन हुन्छः गृहमन्त्री अर्याल
२०८२ मंसिर १६ गते, मंगलवार
नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देशलाई अझ विग्रहमा लैजान्छः भट्टराई
२०८२ मंसिर १६ गते, मंगलवार
चलचित्र ‘रोल नंं. १’ को छायांकन सुरु
२०८२ मंसिर १६ गते, मंगलवार
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया
२०८२ मंसिर १६ गते, मंगलवारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





