रुस–युक्रेनबीच भएको सम्झौताअनुसार अन्न बोकेको जहाजले युक्रेनी बन्दरगाह छा,ड्यो

२०७९ श्रावण १६ गते, सोमबार

रुस र युक्रेनबीच भएको सम्झौताअनुसार अन्न बोकेको पानी जहाजले युक्रेनी बन्दरगाह छाडेको छ । गएको फेब्रुअरीदेखि रुसले युक्रेनी बन्दरगाहमा अवरोध गरेका कारण युक्रेनबाट अन्न निर्यात पनि रोकिएको थियो ।

दुई देशबीच भएको सम्झौतापछि अन्न बोकेको पहिलो जहाजले आज साेमवार युक्रेनी बन्दरगाह छाडेको बीबीसीले जनाएको छ । २६ हजार टन मकै बोकेको जहाज भोलि मङ्गलवार टर्कीको जलक्षेत्रमा पुग्ने बताइएको छ ।

टर्कीले आउँदा हप्ताहरूमा थप ढुवानीका योजना रहेको पनि बताएको छ । अन्न ढुवानी सुरु गर्ने सम्झौताले विश्वव्यापी खाद्य सङ्कटलाई कम गर्ने र अन्नको मूल्य घटाउने आशा गरिएको छ ।  

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जहाजको प्रस्थानलाई स्वागत गर्दै सम्झौता कार्यान्वयनमा काम गर्न टर्कीको भूमिकाको प्रशंसा गर्नुभएको छ ।

यस्तै युक्रेनका पूर्वाधार मन्त्री अलेक्ज्यान्डर कुब्राकोभले फेसबुक पेजमा स्टाटस लेख्दै युक्रेनले साझेदारहरूसँग मिलेर विश्व भोकमरी रोक्न थप कदम चाल्ने बताउनुभएको छ ।

संयुक्त राष्ट्र सङ्घ र टर्कीको मध्यस्थतामा दुई देशबीच अन्न बोकेका जहाज चलाउने सहमति भएको हो । यो सहमति एक सय २० दिनका लागि गरिएको छ ।

युक्रेनबाट अन्न निर्यात हुन रोकिँदा गहुँबाट उत्पादन हुने खाद्यन्नसँगै खाने तेल र रासायनिक मलको भाउ र अभाव विश्वव्यापी रूपमा बढेको छ । 

173 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal