एलिशालाई ए लेबलको ब्लड क्यासर भएको रहेछ। मलाई बचाउनुहोस् म डक्टर बनेर तपाइँको सेवा गर्ने छु” भन्छिन् १४ वर्षिय एलिशा ..

२०७९ श्रावण १४ गते, शनिबार

कान्ति बाल अस्पताल बाहिर आफ्नी छोरीको सुस्वास्थ्यको कामना गर्दै बसिरहेका छन् एक दम्पत्ती। रक्तक्यान्सरबाट पीडित छोरी अस्पतालको आइसियूमा उपचाररत छिन्। पछिल्लो ९ दिनदेखि एक्ली छोरीको उपचारमा जुटेका यी श्रीमान् श्रीमतीको भोकप्यास सबै हराएको छ। केबल उनीहरूको कामना, प्राथना आफ्नी छोरीको स्वास्थ्यमा चाँडै सुधार होस् भन्ने छ।

रामेछापको दोरम्बाकी १४ एलिशा थापा मगरका मातापिता निकै ठूलो तनावमा छन्। कृष्णबहादुर थापा मगर र दीपा थापा मगरकी एउटै छोरी हुन् एलिशा। उनलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ।ट्याक्सी चलाउने कृष्णबहादुरमाथि परेको विपत्ति कृष्णबहादुर र दीपाकी एक्ली छोरी एलिशा परिवारको सम्पूर्ण खुशी हुन्।

छोरीका लागि आमाबुवा पनि संघर्ष गरिरहेका छन्। कृष्णबहादुर ट्याक्सी चलाएरै भए पनि श्रीमती र छोरीलाई खुशी राख्ने प्रयासमा हुन्छन्। त्यसपछि ज्वरो आउने, टाउको दुख्ने हुँदै गयो। एलिशाको शरीर कमजोर र छाला सेतो हुँदै गयो। र, उनी दुब्लाउँदै गइन्। कृष्णबहादुरले एलिशालाई उपचारका लागि कान्ति बाल अस्पताल लगे एलिशाको घाँटीको घाउँ निको भएन।

झन पाक्दै गएको थियो। त्यसैले एलिशाको रगत परीक्षणका लागि भारत पठाउन डाक्टरले सुझाव दिए।
२८ हजार ८ सय रुपैयाँ खर्च गरेर भारतमा रगतको स्याम्पल पठाइयो। एलिशाको रगतको रिपोर्ट ११ दिनमा आयो। र, पछि एलिशालाई ब्लड क्यान्सर भएको थाहा भयो।

एलिशालाई ए लेबलको ब्लड क्यासर भएको रहेछ। यो खबरले उनका अभिभावकलाई असह्य पीडा दियो। एलिशाको उमेर कम भएकाले समयमै उपचार पाएमा
निको हुने डाक्टरको भनाईले उनीहरूलाई केही सान्त्वना मिल्यो। यसअघि पनि कान्ति बाल अस्पतालबाट केही बालबालिकाहरू क्यान्सर निको भएर घर फर्किएको केश पनि रहेको डाक्टरले बताएका कृष्णबहादुरले जानकारी दिए।

250 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal