भरतपुर अस्पतालका डाक्टर,नर्स केक का,ट्न व्यस्त हुँदा शिशुको मृ,त्यु भयोः आफन्त
केन्द्रिय स्तरको अस्पताल भरतपुर अस्पतालमा चरम लापरवाही हुने गरेको गुनासो बढ्दै गएको छ । (बिहिबार) मात्रै अस्पतालमा स्वास्थ्यकर्मीको लापरवाहीका कारण ३ महिने शिशुको मृ,त्यु भएको आफन्तले आ,रोप लगाएका छन् ।
आफन्तले भनेका छन्, अस्पतालका डाक्टर र नर्स विरामी शिशुको उपचारमा ध्यान नदिइ जन्मदिनको केक का,ट्न व्यस्त हुँदा बच्चाको मृ,त्यु भयो ।’
भरतपुर महानगरपालिका १५ सोल्टी चोकका ३ महिने शिशु युगेश लम्साललाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । उनको दिउसो २ः४५ बजे अस्पतालले मृ,त घोषणा गरेको थियो ।
आमाको दुध चुस्न नमान्ने, एकोहोरो रुने गरेपछि बिहान ९ बजे बुबा रामु लम्साल र आमा सोना बयलकोटी लम्सालले उपचारका लागि शिशुलाई अस्पताल ल्याएका थिए ।
अस्पतालको आकस्मिक कक्षमा भर्ना गर्न पनि दुई घण्टा लामो लाइनमा बस्नुपरेको शिशुका बुवा रामु लम्सालले बताउनुभयो । उहाँले छोराको स्वास्थ्य जाँचमा हेलचेक्राई भएका बताउनुभयो ।
उहाँले भन्नुभयो,बच्चाको अवस्था एकदम नाजुक हुदै गइरहेको थियो,मैले आत्तिदै चिकित्सकलाई हारगुहार गरे तर आउनुभएन ।’ गम्भिर विरामी हुँदा पनि अस्पतालका चिकित्सक,नर्स र अन्य कर्मचारीले लापरवाही गरेको उहाँको भनाई छ ।
मेरो बच्चा छटपटाइरहेको थियो,तर आकस्मिक कक्षका चिकित्सक र नर्स जन्मदिनको केक काटेर रामाइरहेका थिए,उहाँले भन्नुभयो । ’
युगेस रामु र सोना दम्पतीका तेस्रो सन्तान हुन् । तीन सन्तानका बाबुआमाका साथमा पहिलो सन्तान मात्र छन् । दोस्रो सन्तान पनि आमाको दुध नचुस्ने समस्या भएकै कारण मृ,त्यु भएको थियो ।
‘दोस्रो सन्तान त हामी आफैले समयमै उपचार गर्न नसकेका कारण मृ,त्यु भयो । तर तेस्रो सन्तानलाई अस्पतालले लापरवाही गरेका कारण ज्यान गयो, उहाँले गुनासो गर्नुभयो ।’
भरतपुर अस्पतालका मेसु प्रा.डा.कृष्ण प्रसाद पौडेलले भने दुध सर्किएका कारण बच्चाको मृ,त्यु भएको बताउनुभयो । शिशुको परिवार भन्छ, दुध नै चुस्न नमानेको बच्चा कसरी सर्किएर मृ,त्यु हुन्छ । अस्पताल आफ्नो गम्भिर लापरवाहीबाट उम्कन खोजेको परिवारको आरोप छ ।
उनिहरुले न्याय र क्षतिपूर्तिको माग गरिरहेका छन् । शिशुको शव अस्पतालमै छ । बच्चाको पो,ष्टमाटम नेपाल मेडिकल काउन्सिल र नीजि अस्पतालका चिकित्सकहरुको सहभागितामा हुनुपर्ने परिवारको माग छ । उनिहरुलाई माग सम्बोधन नभएसम्म शव नउठाउने बताएका छन् ।
अस्पतालको रिपोर्ट हेर्दा शिशुमा हेमोग्लोबिनको कमी देखिएको छ । अस्पतालको निमित्त मेसु डा.गोबिन्द कँडेलले भन्नुभयो, मेडिकल काउन्सिलको टिम आएपछि मात्र वास्तविक कुरा थाहा हुनेछ ।
उहाँले शिशुको मृ,त्यु हुनुमा चिकित्सक दोषि दखिए कानुन बमोजिम कारवाही हुने बताउनुभयो । यसबारे छानविनका लागि अस्पतालले डा.प्रमोद पौडेलको अक्ष्यक्षतामा समिति बनाएको छ ।
भरतपुर अस्पतालमा पटकपटक चरम लापरवाही हुने गरेको जनगुनासो आउने गरेको छ । कहिले चिकित्सक त कहिले नर्स र अन्य कर्मचारीका कारण विरामीले सास्ती भोग्दै आएका छन् ।
ताजा
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबार
३८४ जना पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ
२०८३ भाद्र १० गते, बुधबार
यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय
२०८३ भाद्र १० गते, बुधबार
मनकामना केबलकार बन्द
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति
२०८३ भाद्र १० गते, बुधबार
रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





