लुलो रोज : एङ्गोलामा भेटियो अतिदुर्लभ गुलाबी हिरा, ३ सय वर्षयताकै सबैभन्दा ठूलो भएको अनुमान

२०७९ श्रावण १३ गते, शुक्रबार

मध्यपश्चिमी अफ्रिकाको एङ्गोलामा गुलाबी रङ्गको एउटा अतिदुर्लभ हिरा फेला परेको छ । ३४ ग्राम तौल रहेको यो हिरा तीन सय वर्षयताकै सबैभन्दा ठूलो हिरा भएको मानिएको छ ।

लुलो खानीमा फेला परेको १ सय ७० क्यारेटको यो हिरालाई ‘लुलो रोज’ नाम दिइएको छ । लुलोमा रहेकाे हिरा खानीमा भेटिएको यो पाँचौँ ठूलो हिरा हो ।

अङ्गोला सरकार र अस्ट्रेलियाको लुकापा डायमन्ड कम्पनीले त्यहाँ खानी सञ्चालन गरिरहेका छन् । यसअघि १ सय ८५ क्यारेटको ‘दरिया–ए–नुर’ फेला परेको थियो ।

रत्न विशेषज्ञ जोआना हार्डीले लुलो रोज नकाटिएसम्म कति मूल्यमा बिक्री हुन्छ भनेर अनुमान लगाउन नसकिने बताएका बीबीसीले जनाएको छ । गुलाबी हिराहरू अत्यन्तै दुर्लभ हुन्छन् ।

हार्डीका अनुसार यो रत्न आम नागरिकले हेर्न पाउने सम्भावना न्यून हुन्छ । अहिलेसम्म थाहा भएको सबैभन्दा ठूलो गुलाबी हिरा दरिया–ए–नुर भारतमा भेटिएको थियो । त्यो पनि ठूलो पत्थरबाट काटेर निकालिएको हुनसक्ने विज्ञको अनुमान छ ।

176 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal