आशिष बस्नेत जो बने गुल्मीमै ४ जीपीए ल्याएर एसईई पास गर्ने एक मात्र बिद्यार्थी
१२ साउन, गुल्मी । माध्यमिक शिक्षा परीक्षा एसईईमा गुल्मी जिल्लाबाट एक जना बिद्यार्थीले मात्र ४ जीपीए ल्याएर पास भएका छन् ।
शिक्षा विकास तथा समन्यव इकाइ गुल्मीका अनुसार जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा माध्यमिक विद्यालयका एक जना बिद्यार्थीले ४ जीपीए ल्याएर उत्तिर्ण भएका हुन् ।
यसवर्षको एसईई नतिजामा रेसुङ्गा माध्यमिक विद्यालय तम्घासका आशिष बस्नेतले ४ जीपीए ल्याएर जिल्लामै उत्कृष्ट भएका हुन् ।
जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–६ अमरपुर निवासी बस्नेतले रेसुङ्गा माध्यमिक विद्यालयमा कक्षा चारदेखि अध्ययन गर्दै आएको विद्यालयले जनाएको छ । विद्यालय सामुदायिक तथा संस्थागत विद्यालयतर्फ ४ जीपीए ल्याएर पास गर्नेमा जिल्लामै प्रथम भएको हो । त्यस विद्यालयबाट ८२ जना विद्यार्थीले एसईई परीक्षामा सहभागि भएका थिए ।
यस अघि ०७५ सालमा सम्पन्न एसईई परीक्षामा राष्ट्रियस्तरमा दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । जसका कारण रेसुङ्गा मावि प्रदेशमा प्रथम र देशकै सर्वोत्कृष्ट दोश्रो स्थानमा पर्न सफल भएको थियो ।
गत २ वर्ष भने कोरोना महामारीका कारणले विद्यालयले नै आन्तरिक मुल्याङकन गरेका थिए । शैक्षिक गुणस्तरका लागि विद्यालयका सबैको खटाईको कारण परिणाम हात प्राप्त भएको विद्यालय प्रधानाध्यापक प्रेमनारायण भण्डारीले बताए ।
हाल यस बिद्यालयले प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङतर्फ कक्षा १२ सम्म अध्ययन हुँदै आएको छ । यसै शैक्षिकसत्र देखि विद्यालयमा कक्षा ११ मा विज्ञान तथा व्यवस्थापन संकयमा कक्षा सन्चालन गर्न लागेको भण्डारीले बताए ।
गुल्मी जिल्लाका १४० वटा विद्यालयका ४ हजार ४२५ जना विद्यार्थी परीक्षामा सहभागि भएको शिक्षा विकास तथा समन्यव इकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीले बताए ।
ताजा
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध
२०८३ असार १ गते, सोमबार
नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण : नेपाल डेभलपमेन्ट वाच
२०८३ असार १ गते, सोमबार
नेपालको सीमामा नेपालीलाई नै त्रास
२०८३ असार १ गते, सोमबार
#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन
२०८३ असार १ गते, सोमबार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





