एकीकृत समाजवादी स्कुल विभागद्वारा सञ्चालित एकहप्ते प्रशिक्षण समापन

२०७९ श्रावण ३ गते, मंगलवार

काठमाण्डौ

नेकपा (एकीकृत समाजवादी) पार्टी स्कुल विभागले सञ्चालन गरेको एक हप्ते प्रशिक्षण समापन भएको छ ।पार्टी अन्तर्गतको स्कुल विभागले युवा विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरेको पार्टी स्कुलको पहिलो नियमित कक्षा आज सकिएको हो ।

प्रशिक्षणको अवसरमा बोल्दै प्रमुख अतिथि तथा पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरू पुष्पलाल कालिन कम्युनिष्ट पार्टीको उत्तराधिकारी पार्टी भएको भन्दै जनता र समयको माग र चाहना अनुरूप अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनतालाई देशभक्तिको भावना जागृत गर्दै आधारभूत आवश्यकता र जनसरोकारका सवालमा वकालत गर्नुपर्ने बताउनु भयो । उहाँले कार्यकर्ताहरुलाई उत्पादनसँग जोडिन आव्हान गर्दै पार्टी निर्माण संगठन निर्माण र चुनावी तयारीमा लाग्न आव्हान गर्नुभयो ।

बिहीबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपाल,सम्मानित नेता झलनाथ खनाल,उपाध्यक्ष तथा संगठन विभाग प्रमुख प्रमेश हमाल ,महासचिव डा।बेदुराम भुसाल ,उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा,डा खगेन्द्र प्रसाई, पार्टी स्कुल विभागका सचिव तथा पार्टीका केन्द्रीय सदस्य अशेष घिमिरेले सहजिकरण गर्नुभएको थियो ।

पार्टी स्कुल विभागको पहिलो चरणको नियमित कक्षा युवा तथा विद्यार्थीहरूको ६० जनाको समुहलाई सञ्चालन गरिएको स्कुल विभागका सचिव तथा केन्द्रीय सदस्य अशेष घिमिरेले बताउनु भयो ।

215 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal