एकीकृत समाजवादी स्कुल विभागद्वारा सञ्चालित एकहप्ते प्रशिक्षण समापन
काठमाण्डौ
नेकपा (एकीकृत समाजवादी) पार्टी स्कुल विभागले सञ्चालन गरेको एक हप्ते प्रशिक्षण समापन भएको छ ।पार्टी अन्तर्गतको स्कुल विभागले युवा विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरेको पार्टी स्कुलको पहिलो नियमित कक्षा आज सकिएको हो ।

प्रशिक्षणको अवसरमा बोल्दै प्रमुख अतिथि तथा पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरू पुष्पलाल कालिन कम्युनिष्ट पार्टीको उत्तराधिकारी पार्टी भएको भन्दै जनता र समयको माग र चाहना अनुरूप अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनतालाई देशभक्तिको भावना जागृत गर्दै आधारभूत आवश्यकता र जनसरोकारका सवालमा वकालत गर्नुपर्ने बताउनु भयो । उहाँले कार्यकर्ताहरुलाई उत्पादनसँग जोडिन आव्हान गर्दै पार्टी निर्माण संगठन निर्माण र चुनावी तयारीमा लाग्न आव्हान गर्नुभयो ।

बिहीबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपाल,सम्मानित नेता झलनाथ खनाल,उपाध्यक्ष तथा संगठन विभाग प्रमुख प्रमेश हमाल ,महासचिव डा।बेदुराम भुसाल ,उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा,डा खगेन्द्र प्रसाई, पार्टी स्कुल विभागका सचिव तथा पार्टीका केन्द्रीय सदस्य अशेष घिमिरेले सहजिकरण गर्नुभएको थियो ।

पार्टी स्कुल विभागको पहिलो चरणको नियमित कक्षा युवा तथा विद्यार्थीहरूको ६० जनाको समुहलाई सञ्चालन गरिएको स्कुल विभागका सचिव तथा केन्द्रीय सदस्य अशेष घिमिरेले बताउनु भयो ।

ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





