बिर्तामोडका २० महिने बालकलाई ब्लड क्या,न्सर, सहयोगको लागि अपिल

२०७९ असार २८ गते, मंगलवार

बिर्तामोडका एक बालकलाई आर्थिक अभावका कारण ब्लड क्या,न्सरको उपचारमा स,मस्या भएको छ ।

बिर्तामोड ३ स्थित मेघाबारी टोलका २० महिनाका बालक युसेफ भट्टराईलाई ब्लड क्या,न्सर भएको हो ।

करिब १ महिनादेखि बिरामी भएका बालकको भारतको राजीव गान्धी क्या,न्सर अस्पतालमा महँगो खर्चमा उपचार भइरहेको छ । दिल्लीस्थित राजीव गान्धी अस्पतालको बेडमा ब्लड क्या,न्सर रो,गसँग लडिरहेका उनी गत महिना एक्कासी बिरामी भएको उनका बुबा रामप्रसाद भट्टराईले बताए ।

उपचारका लागि अस्पताल लैजाँदा ब्लड क्या,न्सर भएको पत्ता लागेको हो । छोरा बिरामी भएपछि वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका रामप्रसादले आफू नेपाल फर्किएको बताए ।

उपचारमा हालसम्म ५ लाख भारतीय रुपैंया खर्च भइसकेको छ । चिकित्सकका अनुसार पूर्णरूपले निको बनाउन उपचार खर्च ३० लाख भारतीय रुपैंया लाग्ने बालकका बुबा रामप्रसादको भनाइ छ ।

‘कसरी औषधि उपचार खर्च जुटाउने आफूसँग भएको पैसा सकियो, मोटो रकम कसरी जुटाउने भन्ने चिन्ता छ, उनी भन्छन्, ‘छोराको जीवन रक्षाको लागि दाताहरूलाई अनुरोध गर्ने बाहेक अन्य विकल्प आफूसँग छैन ।’

यति मोटो रकम आफूसँग नभएकोले छोराको जीवन रक्षाको लागि सबैमा अनुरोध गरेको बुवा रामप्रसादले बताए ।

उनका अनुसार सहयोग गर्ने दाता, संघसंस्थाले रामप्रसाद भट्टराईको नाममा बिर्तामोड शाखामा रहेको नेपाल इन्भेस्टमेन्ट बैङ्कको खाता नम्बर ०१८०५०८०२५१९६९ मा सकेको सहयोग गरिदिन भट्टराईले अनुरोध गरेका छन् ।

197 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal