वीरेन्द्रनगरका विपन्न महिला भन्छन् : अटो चलाएपछि भोकै बस्न परेन, मासिक ३० हजार बढी आम्दानी
वीरेन्द्रनगरका विपन्न महिला भन्छन् : अटो चलाएपछि भोकै बस्न परेन, मासिक ३० हजार बढी आम्दानी हुन्छ ।
वीरेन्द्रनगरकी सिर्जना गुरुङले साँझ बिहान पेटभर खान पाइएला भनेर सोच्नुभएको थिएन । चौध वर्षकै उमेरमा विवाह बन्धनमा बाधिनुभएकी उहाँको आर्थिक अवस्था नाजुक रहनाका साथै मजदुरी गरेर ल्याएको पैसाले साँझ बिहानको गुजारा चलाउन स,मस्या थियो ।
विगतमा सिर्जनाका दुई छोरा र दुई छोरी सानै भएकाले मजदुरी गर्न जान पनि नसकिने अवस्था थियो । त्यतिबेला कयौँ रात भोकै बस्नुपरेको उहाँ सुनाउनुहुन्छ।
“काम गरेको पैसाले कहिले आधा किलो चामल र चाउचाउ किन्थे तर सबैलाई पेटभर खान पुग्थेन”, विगत सुनाउँदै उहाँ भन्नुहुन्छ, “कहिलेकाहीँ कोही छिमेकीले दिएको खाएर बस्थ्यौँ।” छोराछोरीलाई भोकै सुताउँनुपर्दा राति सिर्जनालाई निद्रा लाग्दैनथ्यो । श्रीमानको सहयोग नभएकाले चार छोराछोरीको पालनपोषण गर्ने जिम्मा उहाँको काँधमा थपिएको थियो ।
जीवनमा कहिले घाम त कहिले छाँया भनेझैँ सिर्जनाको जीवनले पनि अर्को मोड लियो । त्यो हो ‘अटो रिक्सा’ उहाँले अटो चलाउन थालेपछि आर्थिक अवस्था सुधार हुँदै आएको छ ।
“अहिले भोकै बस्नुपरेको छैन”, सिर्जना भन्नुहुन्छ, “अटो चलाएपछि पेटभर खान पाएका छौँ”, उहाँले दैनिक गुजारा गर्नाका साथै मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । अटो चलाएरै मासिक रु ३० हजार बढी आम्दानी हुने गरेको सिर्जना बताउनुहुन्छ ।
सरकारी विद्यालयमा पढाउँदै आएका छोराछोरीहरुलाई अहिले बोडिङ स्कुलमा पढाउने सोच उहाँले बनाउनुभएको छ । विद्यालय नगएर बसेकी ठूली छोरी पनि अब विद्यालय जान पाउने भएकी छिन् ।
वीरेन्द्रनगर–१२ की कल्पना सिंहका श्रीमानले दोस्रो बिहे गरे । आफ्ना दुई छोरासहित भाडामा बस्नुभएकी कल्पनालाई श्रीमान्ले सहयोग नगरेपछि स,मस्यामा पर्नुभयो ।
छोराछोरीसहित उहाँलाई भने बिहान बेलुकाको छाक टार्नै हम्मेहम्मे थियो । एकदिन उहाँले नगरपालिकाले अटोरिक्सा चलाउने तालिम दिन लागेको छ भन्नेकुरा गाउँमा सुन्नुभयो ।
वीरेन्द्रनगर नगरपालिकाले महिलालाई लक्ष गरी एक महिनासम्म अटो रिक्सा चलाउने तालिम दिने कार्यक्रम ल्याएको थियो । कल्पनाले पनि उक्त तालिम लिनुभयो र त्यसपछि नगरपालिकाबाट अटो किन्न रु दुई लाख पनि सहयोग पाउनुभयो ।
रु दुई लाखमध्ये रु एक लाख अनुदान हो भने अर्को लाख एक वर्षमा तिर्ने ऋण । अटो चलाउनथालेपछि उहाँलाई श्रीमानको आश गर्नै परेन । “श्रीमानले सहयोग नगरे पनि आफै आत्मनिर्भर बन्दै आउनुभएको छ” उहाँ भन्नुहुन्छ, “रिक्सा चलाउन थालेपछि तीन जनाको मेरो परिवार सजिलै पाल्न सकेकी छु ।”
अटो सिक्ने बेला कल्पनालाई समाजले के भन्ला भन्ने डर लागेको थियो तर अहिले अटो चलाएर मनग्य आम्दानी गर्न थालेपछि टोल–समाजले उल्टै हौसला दिन थालेका छन् ।
“समाजमा मैले अटो चलाउँदा अर्कै सोच्छकी भन्ने लागेको थियो” उहाँ भन्नुहुन्छ, “तर सोचेजस्तो छैन, राम्रो गरेकी छाै, अझ मेहनत गर्दै जाउ भन्छन् ।”
कल्पनालाई एउटा स,मस्या भनेको सवारी चालक अनुमतिपत्र नहुँदा स,मस्या भएको छ । उहाँ अहिले अनुमतिपत्र निकाल्ने प्रक्रियामा हुनुहुन्छ । “ट्रायल कटाउन सक्दिनकी भनेर चिन्ता लाग्छ”, उहाँ भन्नुहुन्छ ।
कल्पना मात्र होइन, अहिले सुर्खेतका यस्ता अटो रिक्सा चालक महिला धेरै छन् । प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा उपत्यकाभित्रको सार्वजनिक यातायात भनेकै अटो रिक्सा हो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालका अनुसार महिला स्वरोजगार कार्यक्रममार्फत तालिम लिएका १५ जनाले अहिले अटो चलाउँदै आएका छन् ।
ताजा
राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि
२०८२ कार्तिक ४ गते, मंगलवार
राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि
२०८२ कार्तिक ४ गते, मंगलवार
११ः३९ बजे भाइटीकाको उत्तम साइत, टीका लगाउँदा को–कता फर्किने ?
२०८२ कार्तिक ४ गते, मंगलवार
Kathmandu and Nepal-Pakistan Youth Council Extended Relief Support to Flood-Affected Families in Ilam, Koshi.
२०८२ कार्तिक ४ गते, मंगलवार
विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीद्वारा जानकारी
२०८२ आश्विन २७ गते, सोमबार
कात्तिक १४ गते प्रदर्शनमा आउँदै ‘परान’
२०८२ आश्विन २७ गते, सोमबार
बक्स अफिसमा ‘कान्तारा २’को आँधी
२०८२ आश्विन २७ गते, सोमबार
मेची राजमार्ग तत्काल नखुल्ने
२०८२ आश्विन २७ गते, सोमबार
देश हामीले नबनाए कसले बनाउँछ ?
२०८२ आश्विन २७ गते, सोमबार
जेन्जी चोक घोषणामा प्रहरी हस्तक्षप, तीनजना पक्राउ
२०८२ आश्विन २७ गते, सोमबार
विश्वकप छनौटः आज नेपालले कतारसँग खेल्दै
२०८२ आश्विन २७ गते, सोमबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





