बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

काठमाडौं । गत १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको खोज तथा उद्धार कार्यको क्रममा हालसम्म १ हजार २ सय ९० वटा शव तथा मानव अंग फेला परेको छ । नेपाल प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढीमा परी अझै ४ हजार ७ सय ९८ जना बेपत्ता रहेका छन् । प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार १ सय २७ जनाको उद्धार तथा घाइतेको व्यवस्थापन गरिएको छ ।

प्रहरीका अनुसार फेला परेका शवहरूमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष रहेका छन् । यसबाहेक ५३२ वटा आंशिक मानव अंग फेला परेको छ भने २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।

फेला परेका शवहरूमध्ये ९२६ वटा शव जमिनमा गाडेर व्यवस्थापन गरिएको छ । पहिचान खुल्न नसकेका १ हजार १४१ वटा शवको विवरण भने पहिचानका लागि वेबसाइटमा अपलोड गरिएको प्रहरीले जनाएको छ । मृतकहरूको पहिचानका लागि डीएनए परीक्षण कार्यलाई तीव्रता दिइएको छ । हालसम्म १ हजार १४३ मृतक र ७१९ जना मृतकका आफन्त गरी कुल १ हजार ८ सय ६२ वटा डीएनए नमुना संकलन गरिएको छ ।

विपद् क्षेत्रबाट हालसम्म कुल ८ हजार १ सय २७ जना घाइते तथा प्रभावितहरूको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये स्वदेशी नागरिक ७ हजार ९० जना -४,६५८ पुरुष र २,४७२ महिला) रहेका छन् । यस्तै, विदेशी नागरिकतर्फ १ हजार १ सय ७ जना ९९०३ पुरुष, १५२ महिला र ५२ जना लिंग नखुलेको० को उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये हाल ३ हजार ६ सय ३१ जना विभिन्न होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीका तर्फबाट मात्रै ७ हजार ९ सय ३२ जना जनशक्ति खोज, उद्धार तथा राहत कार्यमा परिचालित छन् । कार्यक्षेत्रमा खटिएकामध्ये ६५ जना प्रहरी प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् ।

यसैबीच, विपद् प्रभावित क्षेत्र र आसपासमा सचेतना फैलाउन १०६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र ती कार्यक्रममा ४१ हजार ७ सय २६ जना सहभागी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाँकी बेपत्ताहरूको खोजी र जोखिमयुक्त क्षेत्रमा उद्धार कार्य निरन्तर जारी छ ।

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको खोज तथा उद्धार कार्यको क्रममा हालसम्म १ हजार २ सय ९० वटा शव तथा मानव अंग फेला परेको छ । नेपाल प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढीमा परी अझै ४ हजार ७ सय ९८ जना बेपत्ता रहेका छन् । प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार १ सय २७ जनाको उद्धार तथा घाइतेको व्यवस्थापन गरिएको छ ।

प्रहरीका अनुसार फेला परेका शवहरूमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष रहेका छन् । यसबाहेक ५३२ वटा आंशिक मानव अंग फेला परेको छ भने २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।

फेला परेका शवहरूमध्ये ९२६ वटा शव जमिनमा गाडेर व्यवस्थापन गरिएको छ । पहिचान खुल्न नसकेका १ हजार १४१ वटा शवको विवरण भने पहिचानका लागि वेबसाइटमा अपलोड गरिएको प्रहरीले जनाएको छ ।

मृतकहरूको पहिचानका लागि डीएनए परीक्षण कार्यलाई तीव्रता दिइएको छ । हालसम्म १ हजार १४३ मृतक र ७१९ जना मृतकका आफन्त गरी कुल १ हजार ८ सय ६२ वटा डीएनए नमुना संकलन गरिएको छ ।

बाढीमा परी बेपत्ता हुनेहरूको संख्या ४ हजार ७ सय ९८ पुगेको छ । यसमा २ हजार ८ सय ४७ स्वदेशी नागरिक (२,३६९ पुरुष र ४७८ महिला) रहेका छन् भने १ हजार ३ सय ५० जनाको विवरण फोनमार्फत प्राप्त भएको छ । यसैगरी, ६ सय १ जना विदेशी नागरिकसमेत बेपत्ताको सूचीमा रहेका छन् ।

विपद् क्षेत्रबाट हालसम्म कुल ८ हजार १ सय २७ जना घाइते तथा प्रभावितहरूको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये स्वदेशी नागरिक ७ हजार ९० जना ४,६५८ पुरुष र २,४७२ महिला रहेका छन्

32 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal