जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं । गायिका जुनु प्रसाईको नयाँ गीत ‘झगडा पर्यो पोइसित’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा गायिका प्रसाईसँगै चर्चित कलाकार प्रकाश सपुतको अभिनय रहेको छ।
पूर्वेली लोकलयमा आधारित गीतले आधुनिक प्रस्तुतिसँग लोकसंस्कृतिको स्वादलाई जोडेको छ। मनोरञ्जनसँगै आफ्नो माटो, जन्मभूमि र सांस्कृतिक पहिचानलाई प्रस्तुत गर्ने प्रयास गीत तथा भिडियोमा गरिएको छ।
गीतका शब्द विदुर तिमल्सिना ‘देवदूत’ का हुन् भने संगीत राज सागरले दिएका छन्। गीतको एरेन्जमेन्ट राजन ईशानले गरेका हुन्। गीतको रेकर्डिङ ‘भ्वाइस अफ नेपाल रेकर्डिङ स्टुडियो’मा गरिएको हो।
आफ्नो सांस्कृतिक जरा र जन्मभूमिप्रतिको सम्बन्धबारे जुनु प्रसाई भन्छिन्, “हामी जहाँ गए पनि, जहाँ बसे पनि हाम्रो जरा लोकसंस्कृतिमै जोडिएको हुन्छ। हामी जन्मिएको गाउँ, हुर्किएको ठाउँ र त्यहाँको माटोसँग हाम्रो पहिचान जोडिएको हुन्छ। त्यसैले हामीले आफ्नो जन्मभूमि र संस्कृतिलाई सधैं सम्मान गर्नुपर्छ र त्यसप्रतिको माया कहिल्यै गुमाउनु हुँदैन।”
यही सोचलाई आफ्नो सांगीतिक यात्रामार्फत अघि बढाउँदै आएकी प्रसाईले पूर्वी नेपालको लोकसंस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउने प्रयास गरिरहेकी छन्। उनका लागि लोकसंगीत एउटा विधा मात्र नभई माटो, संस्कृति र पहिचानसँग जोडिएको माध्यम हो।
भिडियोको निर्देशन तथा निर्माण हरि हुमागाईंले गरेका हुन्। भिडियोमा जुनु प्रसाई र प्रकाश सपुतसँगै अन्य कलाकारको समेत अभिनय रहेको छ। रोशन विश्वकर्माले कोरियोग्राफी गरेका छन् भने मेकअप आर्टिस्ट माही सिंहको योगदान रहेको छ।
भिडियोको छायांकन काठमाडौंको सुन्दर पर्यटकीय क्षेत्र फर्पिङमा गरिएको हो। प्राकृतिक सौन्दर्य र सांस्कृतिक परिवेशलाई भिडियोमा समेटिएकाले यसको दृश्यात्मक पक्ष थप आकर्षक देखिएको छ।
शास्त्रीय, सेमी–क्लासिकल, रोमान्टिक, आधुनिक तथा पपलगायत विभिन्न शैलीका गीतमा आफ्नो गायन क्षमता प्रस्तुत गरिसकेकी जुनु पछिल्लो समय पूर्वेली लोक तथा आधुनिक लोकसंगीततर्फ बढी केन्द्रित हुँदै गएकी छन्। विशेषगरी पूर्वी नेपालको लोकजीवन र सांस्कृतिक सुगन्धलाई नयाँ पुस्तासम्म पुर्याउने उनको प्रयासले सांगीतिक यात्रालाई थप फराकिलो बनाएको छ।
‘झगडा पर्यो पोइसित’मार्फत जुनुले एउटा गीत मात्र प्रस्तुत गरेकी छैनन्, आफ्नो माटो, जन्मभूमि र लोकसंस्कृतिप्रतिको प्रेमलाई समेत नयाँ पुस्तासामु पुर्याउने प्रयास गरेकी छन्। पूर्वेली लोकभाकालाई आधुनिक पुस्तासँग जोड्ने उनको निरन्तर प्रयासले उनलाई यस क्षेत्रमा थप स्थापित गराउने अपेक्षा गर्न सकिन्छ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





