पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
काठमाडौं। पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी र मिडिया हाउसमा भएको छापा मार्ने कार्यको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलित बनेको छ । काठमाडौं प्रहरी परिसर अगाडि महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा भेला भएका पत्रकारहरूले कालोपट्टी बाँधेर र बलिरहेको लाल्टिन प्रदर्शन गर्दै श्रेष्ठको बिनासर्त रिहाइको माग गरेका छन्।
प्रदर्शनका क्रममा प्रहरीले शान्तिपूर्ण धर्नामा हस्तक्षेप गरेपछि स्थिति केहीबेर तनावग्रस्त बनेको थियो भने प्रहरी र पत्रकारहरूबीच घम्साघम्सीसमेत भएको थियो । विरोध प्रदर्शनमा सहभागीहरूले ‘प्रहरी दमन मुर्दावाद’, ‘राज्य आतंक बन्द गर’, ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’, र ‘पत्रकार तर्साएर प्रेसको मुख थुन्ने प्रयास असम्भव’ जस्ता नारा लगाउँदै प्लेकार्ड प्रदर्शन गरेका थिए।
जनआस्था साप्ताहिकका प्रधानसम्पादक श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा नेपाल प्रहरीले पक्राउ गरेको हो। गिरफ्तारीलगत्तै प्रहरी टोलीले जनआस्थाको कार्यालयमा समेत पुगेर खानतलासी गरेको थियो।
महासंघले आफ्ना पूर्वमहासचिव तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष श्रेष्ठको पक्राउ र सञ्चारगृहमा गरिएको छापा मार्ने कार्यलाई प्रेस स्वतन्त्रतामाथिको सीधा हस्तक्षेप भन्दै तीव्र भर्त्सना गरेको छ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





