काठमाडौंको बुद्धनगरमा फेरि अर्को आत्मदाहको प्रयास

२०८३ असार २७ गते, शनिबार

काठमाडौं। काठमाडौंको बुद्धनगरमा एक पुरुषले आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेका छन् । बुद्धनगरस्थित आफ्नै निवासमा ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आत्मदाहको प्रयास गरेका हुन् । काठमाडौं परिसरका प्रहरी प्रवक्ता पवन भट्टराईका अनुसार शनिबार बिहान अन्दाजी सवा ६ बजेको समयमा राउतले घरको भान्सा कोठामा पुगेर आफ्नो शरीरमा प्रज्वलनशील पदार्थ खन्याई आगो लगाएका थिए। घटनाबारे जानकारी पाउनासाथ तत्कालै पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा उनको उद्धार गरेको थियो ।

घाइते राउतलाई तत्कालै उपचारका लागि वीर अस्पताल पुर्‍याइएको छ। अस्पतालका चिकित्सकहरूका अनुसार आगोले राउतको शरीरको करिब ५० प्रतिशत भाग जलिसकेकाले उनको अवस्था चिन्ताजनक रहेको छ र बर्न वार्डमा उपचार भइरहेको छ।

राउत आफ्नी श्रीमती र छोरासँग बुद्धनगरमा बस्दै आएका थिए । तर, घटना भएको समयमा उनकी श्रीमती र छोरा दुवै जना घरमा नरहेको प्रहरी प्रवक्ता भट्टराईले जानकारी दिए । बिहानै उनीहरू कहाँ गएका थिए वा घरबाहिरै थिए भन्नेबारे प्रहरीले बुझ्ने प्रयास गरिरहेको छ ।

 

69 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal