सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?
काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाही ज्ञानेन्द्रले आत्मदाह प्रयास गरेका गणेश नेपालीलाई बिहीबार नै दिल्ली पठाएर उपचार गराएको भए जीवन बाँच्ने दाबी गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले सो कुरा बताएका हुन् । संसदमा बोल्दै सांसद शाहीले गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको घटनामा स्टन्ट देखाएको भन्दै आपत्ति प्रकट गरे । शाहीले गृहमन्त्री हिजो एयरपोर्टमा क्यामेरा लिएर दौडिएको बताए ।
‘गृहमन्त्रीज्यू तपाईं गृहमन्त्री हो कि कन्टेट क्रियटर ? गृहमन्त्रीले हिजो फिल्मको नायक जस्तै मिडिया घेरेर कहिले एयरपोर्ट, कहिले उता दौडिरहनुभएको थियो । साँच्चै उपचार गर्ने उद्देश्य थियो भने आज गणेश नेपालीको मृत्यु हुँदैनथ्यो,’ उनले भने ।
उनले गृहमन्त्रीको आदेशले जनता बाँच्यो कि बाँचेन भन्ने मुख्य कुरा भएको बताए । उनले मन्त्रीहरूलाई सडकमा चटक नदेखाउन आग्रह गरे । ‘गृहमन्त्रीलाई जिम्मेवार बन्न, कन्टेन्ट क्रियटर नबनी देशको वास्तविक गृहमन्त्री बन्न आग्रह गर्दछु,’ उनले भने ।
पछिल्लो समय काठमाडौंमा गरिब र श्रमजीवी वर्गलाई बाँच्न गाह्रो भएको उनले बताए । ‘सरकार अर्बपतिलाई चाहिएको होइन, सरकार त निमुखा र अपहेलितहरूलाई चाहिएको हो । तर आज सरकारका ऐन, नियम र निर्णयहरू केवल हुनेखानेकै पक्षमा केन्द्रित छन्,’ उनले भने ।
गणेश नेपालीले मोटरसाइकल पार्किङ गरेको निहुँमा १० हजार रुपैयाँ जरिवाना र त्यसबाट सिर्जित मानसिक तनावका कारण आत्मदाह गरेको उनको भनाइ छ । सांसद शाहीले यसलाई राज्यको नीतिले गराएको हत्याको संज्ञा दिए । ‘१० हजार जरिवाना तिर्न नसकेर एउटा युवाले मर्नुपर्ने ? यो कस्तो न्याय हो ?’ शाहीले भने ।
ताजा
‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?
२०८३ भाद्र ८ गते, सोमबार
‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?
२०८३ भाद्र ८ गते, सोमबार
‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश
२०८३ भाद्र ८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक
२०८३ भाद्र ८ गते, सोमबार
पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक
२०८३ भाद्र ८ गते, सोमबार
लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)
२०८३ भाद्र ८ गते, सोमबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





