जातिय विभेद माथि प्रश्न र उत्तर
शत्रु गुञ्जा
एउटा प्रथा जुन आज सम्म देशलाई खाईरहेको छ, देशको धर्म माथि प्रश्न उठिरहेको छ । छुवाछुत अथवा कर्म प्रथा पुरानो इतिहास पल्टाउने हो भने यो प्रथालाई अत्यन्त मान्यता दिएको पाईन्छ एउटै फुलबारिमा अनेकोै फुल छुन मिल्ने या त नमिल्ले फुललाई नै उदाहरण र उत्तर दुवै दिएको पाईन्छ ।
तर प्रथा कहाँबाट सुरुवात भयो कसले सुरुवात गर्यो या त छुवाछूत भेदभाव जात या जातिय प्रथा कसरी सुरु भयो, को धर्मको रंक्षक, को धर्मको प्रतीक अनि को छुवाछुतको शिक्षक यो यी बुझ्न जरुरी छ । छुवाछुत प्रथा काम अथवा श्रमको महत्वले छुट्याएको पुरानो ईतिहासले बताउँछ । जातिय भेदभाव कामको हिसाबले तल्लो या माथिल्लो जात भनेर अलग अलग भएको पुरानै हिन्दु वर्णाश्रम बिकासबाट सुरुवात भएको अथवा इसापूर्व १८५ को आसपास आचार्य मनुद्वारा लिखित Úमनुस्मृतिÚ लाई छुवाछुतको संस्थागत सुरुवात मानिन्छ ।
यस ग्रन्थले समाजलाई ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र गरी चार वर्णमा विभाजन ग¥यो र शूद्र जातिलाई दमन गर्ने उद्देश्यले विभिन्न कठोर नियम बनायो, इतिहासकार र विद्वानहरूका अनुसार, सुरुमा सरसफाइ, जुत्ता सिलाउने वा अन्य श्रममूलक कार्य गर्ने मानिसहरूलाई सामाजिक स्रोत र साधनमा पहुँचबाट अलग राख्न यस्तो प्रथाको थालनी गरिएको थियो, नेपालमा मल्लकालिन समय र त्यसपछिका शासकहरू -जस्तैः जंगबहादुर राणाको पालामा बनेको मुलुकी ऐन, १९१०) ले यसलाई सामाजिक तथा कानुनी रूप दिएका थिए ।
समयसँगै यो प्रथा मानवताविरोधी कलंकको रूपमा प्रमाणित भएको छ । नेपालमा कानुनी रूपमै यसको अन्त्य भइसकेको छ । नेपालको संविधान र जातिय तथा अन्य सामजिक छुवाछुत र भेदभाव – कसुर र सजाय ) एन, २०६८ बमोजिम जातीय आधारमा छुवाछुत गर्नु गम्भीर कानुनी अपराध मानिन्छ । तर अझै पनि देश भित्र या गाउँ समाजमा यसलाई निकै मान्यता दिएको पाईन्छ । मुख्यतया हिन्दुराज्यभित्र जस्तै घरभित्रको मुख्य कोठा मन्दिर भित्रको मुख्य ढोका अनि पुजा पाठ र कुनै कार्य गर्दा मुख्य आगँन दलित समुदाय या त कुनै दलित व्यक्ति लाई छिर्न अथावा छुन बाट निकै टाडा राखिन्छ मानोै छुन बन्चित गरिन्छ।
बाहुनलाई ब्राह्मण मन्दिरको पुजारी अथावा पुजा पाठ गर्ने जस्तै लुगा सिउने लाई दमाई घन या मसिन सम्बन्धि काम गर्ने कामी जुत्ता सिउने सार्की यो परम्परागत चलन ले निम्त्याएको आजको छुवाछूत हो भेदभाव हो, एउटा अर्को पक्ष पनि छ, नेवार जातिभित्र शिल्पकार नामको एउटा जात नै छ, जसले आफूलाई अरनिकोको सन्तति दाबी गर्छ, यसरी हरेक जात्तिको आ आफ्नेै सत्यता र नाम छ तर छुनै नहुने र घर या मन्दिर नै अपवित्र हुने जात नै दलित समुदाय हो यो आज पनि लागू भएको छ । दलित शब्दले अछुत जातिको रूपमा चिनिने जातिलाई चिनाउँदछ जुन भारतिय उपमहादिप मा जाति व्यवस्था अन्तर्गत पर्ने सबैभन्दा तल्लो तह हो। दलित जातिय समूह हरूलाई सामान्यतया उत्पीडित र पिछडिएको जातिको रूपमा चिनिन्छ। संस्कृतमा दलित शब्दको अर्थ टुटेको वा छिन्नभिन्न भएको हुन्छ। दलितहरूलाई जातीय पदानुक्रमको चार वर्णबाट बहिष्कृत गरी पाँचौँ वर्णको रूपमा हेरिन्थ्यो, जसलाई पञ्चमाको नामले पनि चिनिन्छ। थुप्रै विद्वान्हरूले दलित र जापानका बुराकुमिन, कोरियाको बाक्जियोङ र मध्ययुगीन युरोपेली सामन्ती व्यवस्थाको किसान वर्गबीच समानता कोरेका छन्। ब्राह्मण, क्षेत्रि, वैश्य र शुद्र गरि विभाजन गरिएको हिन्दु धर्मको चार जाति व्यवस्था अन्तर्गत दलितहरूलाई शूद्र वर्णमा गनिन्छ। हाल अधिकांश दलितहरू हिन्दु धर्ममा विश्वास गर्ने भएतापनि उनीहरू बोैद्द, सिख,इसाई र विभिन्न लोक धर्महरू सहित विभिन्न धार्मिक विश्वासहरूमा पनि आस्था राख्ने गर्दछन् ।
आ–आफ्नो मान्यता छ धर्म प्रति आ–आफ्नै परिभाषा छ र सभ्यता छ जतिय प्रति अझै पनि देशमा यस प्रथा लाई मान्यता दिइन्छ । सैयोै थुंगा फुलका हामी भए पनि फुल फरक फरक रुपले प्रयोग गरिने जस्तै जात र जातियता लाई मुख्य मान्यता दिएको बिस्वास गर्न सकिन्छ । तर यो ठिक भने पक्कै हैन यो अरु प्रथा जस्तै कुठिथ र स्वार्थको निमित्व ल्याएको परम्परा हो, आजको पण्डित कहाँ शुद्ध छन् आजको धर्म कहाँ सत्य छ कुनै पनि जात मात्र बिभाजन भएको हो तर मानिस बोैद्धिक सामजिक हिसाबले एउटै हो ।
तर आज पनि समाज अथवा देश भित्र यो प्रथा कायम छ नेपालमा अझै जातिय विभेद भैरहेको छ पुरानो दिनहरुमा धारा छुन नहुने खाने कुरा या केही छुए अशुद्द मानिने चलन थियो आज अलिक फरक भएको छ केही या थोरै प्रतिशत मानिसले मात्र यो विभेदलाई मान्यता दिएको छ भनोै मानिरहेको छ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





