पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन
अछाम/पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन भएको छ । २०२० सालमा नाडा गाउँपन्चायतका पूर्व प्रधानपन्च पूर्ण बहादुर शाहद्वारा प्रकाशित, उनका छोरा बरिष्ठ शिक्षासेवी लोकेन्द्र बहादुर शाहद्वारा पुनः प्रकाशित र पुर्नलिखित उक्त पुस्तक अछामको तुर्माखाँद बजारमा बिमोचन गरिएको हो ।
नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटा, तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बिसि, उपाध्यक्ष बिमला शाही, लेखक लोकेन्द्र बहादुर शाह, शाहकी धर्मपत्नी मन्जुदेबी शाह, छोरा नमस्कार शाह लगायतले उक्त पुस्तक बिमोचन गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देबराज चौधरी, वडा नम्वर २ का वडाध्यक्ष नरेन्द्र बहादुर शाही, वडा नम्वर ३ का वडाध्यक्ष काँशिराम बुढा, वडा नम्वर ६ का वडाध्यक्ष टिकाराम जैशी, वडा नम्वर ७ का वडाध्यक्ष भिम बहादुर चलाउने, कार्यपालिका सदस्य दमन बहादुर घर्ती, बास नेपालका पूर्ब अध्यक्ष मन भण्डारी, प्रशासकिय अधिकृत शुद्ध चौधरी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र बिकास समिती नागपर्वत नाडा अछाममा भगवती शाही स्मृती स्तम्भ निर्माण लगायतका कार्यमा सहयोग गरि संस्थागत बिकासमा अतुलनिय योगदान गर्ने नेपाल सरकारका पूर्व सचिव, राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटालाई सम्मान गरिएको थियो । सम्मान पत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर बास्कोटालाई सम्मान गरिएको थियो । समितिका अध्यक्ष लोकेन्द्र बहादुर शाह, तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिसि, उपाध्यक्ष बिमला शाही लगायतले बास्कोटालाई सम्मान प्रदान गरेका थिए ।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र बिकास समिती नागपर्वत नाडा अछामका अध्यक्ष लोकेन्द्र बहादुर शाह, नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले मन्तव्य व्यक्त गरेका थिए ।
पुस्तकमा के छ ?
२०२० सालमा धुर्ढाङ्टा नाडा गाउँपन्चायतका पूर्व प्रधानपन्च पूर्ण बहादुर शाहले २०२० साल माघ १२ गते भारतको मथुरामा प्रकाशन गरेको उक्त पुस्तकलाई उनका माईला छोरा लोकेन्द्र बहादुर शाहले पुर्नलेखन गरि प्रकाशन गरेको उक्त पुस्तक २६ पृष्ठको छ ।
पुस्तकमा पाञ्चायन स्तोत्र, श्री रामसिते स्तोत्र, कैलासपति पार्वति स्तोत्र, महाकाली स्तोत्र, श्री कृष्णराम भजन, श्री ईन्द्र स्तुति, श्री बागेश्वरी देवी स्तुति, श्री सूर्यनारायण भगवान् स्तुति, छोरीको चार नलिनु, दुर्वाच्य नबोल्नु, कवि पूर्णका शरिरको र सबैको भजनहरु संग्रहित छन् । संस्कृतमा रहेका उक्त भजन, कविता लेखक पूर्ण बहादुर शाहद्वारा लिखित हुन् । पुर्नप्रकाशित उक्त कृतिमा शाहका छोरा लोकेन्द्र बहादुर शाहले स्वर्गिय पूर्ण बहादुर शाहको संक्षिप्त जीवनी र भोटेहरुको लडाईं बारे बिस्तृत बिबरण नेपाली र संस्कृतमा उल्लेख गरेका छन् । यो पुस्तक ईतिहासमा रुचि राख्नेहरुका लागि उपयोगी रहेको छ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





