अनावश्यक ‘रोइलो’ नगर्न हर्क साम्पाङको कडा चेतावनी
काठमाडौं । श्रम संस्कृति पार्टीभित्र समानुपातिक सांसद चयनलाई लिएर विवाद चर्किन थालेपछि पार्टीका अध्यक्ष हर्क साम्पाङले कडा चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी पङ्क्तिलाई समानुपातिकको विषयमा अनावश्यक ‘रोइलो’ नगर्न सचेत गराएका हुन्।
साम्पाङले आफ्नो स्टाटसमा लेखेका छन्, ‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु। हद भो।’ हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत प्राप्त गर्दै राष्ट्रिय पार्टी बन्न आवश्यक थ्रेसहोल्ड पार गरेको छ। सो मतका आधारमा पार्टीले समानुपातिकतर्फ चार सीट सुरक्षित गरेको छ।
निर्वाचन आयोगमा श्रम संस्कृतिले ११० जनाको समानुपातिक उम्मेदवार सूची बुझाएको थियो। प्रत्यक्षतर्फ भने पार्टीले तीन सीट जितेको छ, जसमा सबै पुरुष उम्मेदवार विजयी भएका छन्। प्रत्यक्ष र समानुपातिक गरी पार्टीको कुल सांसद संख्या सात पुग्नेछ। संवैधानिक व्यवस्था अनुसार संसद्मा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने भएकाले श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने अवस्था छ। यस आधारमा कम्तीमा दुई जना महिला समानुपातिक सांसद बन्ने सम्भावना रहेको छ। साथै, अन्य समावेशी क्लस्टरसमेत मिलाउनुपर्ने भएकाले पार्टीभित्र छलफल र विवाद दुवै देखिएको छ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





