यस्तो छ जनता समाजवादी पार्टीको प्रतिबद्धता पत्र

२०८२ फाल्गुन ४ गते, सोमबार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनता समाजवादी पार्टीले जाँतो चुनाव चिन्हमा मतदान गर्न अपिल गर्दै प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय ग्वार्को ललितपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पार्टी अध्यक्ष अशोक राईसहितका नेताहरूले ३२ पेजको प्रतिबद्धता–पत्र सार्वजनिक गरे । प्रतिबद्धता–पत्रमा संविधान संशोधन गरी पहिचानका आधारमा स्वायत्त प्रदेश निर्माण गर्नुपर्ने, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्यमन्त्रीको व्यवस्था गर्नुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणालीका आधारमा प्रतिनिधिसभा र प्रदेशसभा गठन गर्नुपर्ने, राज्यको सबै निकायमा समानुपातिक समावेशिता हुनुपर्ने, संघीय संसदको संख्या घटाउनु पर्ने लगायतका मुद्दा उल्लेख छ ।
जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टी नेपालले अग्रगामी मोर्चा बनाएर निर्वाचनका लागि एकल चुनाव चिन्ह जाँतो लिएका छन् ।
प्रतिबद्धता–पत्रका प्रमुख विषयः
जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, प्रदेशमा मुख्यमन्त्री ।
संघीय संसद र प्रदेशसभा पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट निर्माण गर्ने ।
संघीय संसदको संख्या घटाउने ।
राष्ट्रपतिले विज्ञहरुबाट सानो आकारको (१७ देखि १९ सदस्य) समावेशीमन्त्रीमण्डल गठन गर्ने ।
स्थानीय तहलाई गैरराजनीतिक विकासको एकाइ बनाउने ।
पहिचानसहितको संघीयता ।
बहुजातीय बहुल राष्ट्रिय धर्मनिरपेक्ष राज्य सुहाउदो समाजवादको नेपाली बाटो तय गर्ने ।
जातीय, वर्गीय, भाषिक, लैङगिक, क्षेत्रीयलगायत सबैखालको विभेदको अन्त्य ।
संयुक्त राष्ट्रसंघको बडापत्र, आदिवासी जनजातिको अधिकारसम्बन्धी घोषणापत्र २००७, अन्तर्राष्ट्रिय अनुबन्धहरु, र आईएलओ महासन्धि १६९ कार्यान्वयन गर्ने ।
आदिवासी जनजातिहरुलाई विभिन्न प्रदेश, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र वाविशेष क्षेत्रमा संयुक्त राष्ट्रसंघको घोषणापत्र अनुसार आत्म निर्णयको अधिकार दिने ।
ठुलाठुला परियोजनाहरु सञ्चालन गर्दा आदिवासी जनजातिको पूर्व सुसुचित मन्जुरीको हक हुने ।
अल्पसंख्यक, सिमान्तकृत तथा लोपोन्मुख समुदायको राष्ट्रिय पहिचानको आधारमा संरक्षणको विशेष अधिकार हुने ।
आदिवासी जनजातिलाई अल्पसंख्यकको रुपमा सूचिकरण गरिएकोमा खारेज गर्ने ।
मुलुकमा व्याप्त भ्रष्टाचार र आर्थिक अनियमितता रोक्न अधिकार सम्पन्न जनलोकपाल गठन गर्ने ।
निजामति सेवा ऐन तुरुन्त पारित गर्ने ।
सचिवहरुको हाल रहेको संख्या (करिब ६५जना छन्) बाट घटाएर बढीमा ४५ जना बनाउने ।
संवैधानिक अंगहरुका लागि छुट्टै कर्मचारीको व्यवस्था गर्ने ।
समाजवादी अर्थ–राजनीतिक दिशा अवलम्बन गर्ने ।
नेपालको समाजवादमा राजकीय÷सार्वजनिक, सहकारी÷समुदायिक, र निजी स्वरुप भएको मिश्रित स्वामित्व प्रणाली हुने ।
सामाजिक र आर्थिक न्यायको सिद्धान्त अनुरुप राज्य लोककल्याणकारी हुने ।
अर्थतन्त्रको सञ्चालन र विकासमा निजी क्षेत्र, राज्य क्षेत्र, सहकारी क्षेत्र, र समुदायको भूमिकाको सन्तुलन कायम गर्ने ।
छिमेकी भारत र चीनकोे अर्थतन्त्रको मुख्य श्रङ्खलासँग जोडिएर नेपालले अधिकतम लाभ लिने नीति अनुशरण गर्ने ।
प्राकृतिक र आर्थिक स्रोतको बाँडफाडमा संघलाई भन्दा प्रदेश र स्थानीय तहलाई बढी हिस्सा दिने ।
खेतीयोग्य जमिनको उपभोग गर्ने ।
देशभित्र रोजगारी सिर्जना गर्न स्वदेशी तथा विदेशी पुँजी, प्रविधि र लगानीमैत्री वातावरण बनाउने ।
५ वर्षभित्रमा ऊर्जा शक्तिमा आत्मनिर्भर हुने ।
५ वर्षमा आर्थिक वृद्धिदर बढाउँदै २ अंकको लक्ष्य हासिल गर्ने ।
प्रतिव्यक्ति आय ५ हजार डलर पुर्याउने ।
कृषिको वैज्ञानिकीकरण, यान्त्रिकीकरण र व्यवसायिकीकरणमा जोड दिने ।
निर्वाहमुखी कृषि पम्परालाई औद्योगिक अर्थतन्त्रमा प्रबद्र्धन गर्ने ।
गाँजा खेतीलाई कानुनी मान्यता दिने ।
आदिवासी जनजातिहरुको सीप, कला र ज्ञानको प्रयोग गरी उत्पादित वस्तुहरुको अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने र ‘मेड इन नेपालबाइ इन्डिजिनियस ह्यान्ड’ यस्तै नारा लेख्ने ।
आदिवासीहरुको ऐतिहासिक सांस्कृतिक पहिचान वा प्रथाजनित काुननको जगमा प्रचलित पेय पदार्थहरुलाई ब्रान्डिङ गर्ने ।
धरान–तुम्लिङटार–साल्पा हुँदै नाम्चे जाने तेन्जिङ शेर्पा हिलारी ट्रेकिङलाई विकास गर्ने र हिमाली क्षेत्रमा नयाँ ट्रेकिङहरुको खोजी गर्ने ।
त्रिवेणी–चखेवा–साल्पा–गुँदेल–महाकुलुङ–लुक्ला–नाम्चे मुन्दुम पदयात्रालाई विकास गर्ने ।
याक्थुङ लिम्बुहरुको मुन्धुमअनुसार पवित्र स्थल फक्ताङलुङलाई पवित्र हिमाल घोषणा गर्ने ।
किरात समुदाय तथा मुन्दुम सभ्यताको विकासका लागि किरात विश्वविद्यालय खोल्ने प्रतिबद्धतामा उल्लेख गरिएको छ ।

 

53 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal