सशस्त्र प्रहरीको गोलीबाट सुनसरीमा चालकको मृत्यु

२०८२ पुष १७ गते, बिहीबार

विराटनगर । सशस्त्र प्रहरीले चलाएको गोली लागेर सुनसरीमा एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी गरेका छन् ।

बिहीबार राति करिब १ बजे कोशी गाउँपालिका–१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।

प्रहरीका अनुसार साह भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायतका सामग्री ल्याउँदै गर्दा घर नजिकै सशस्त्र प्रहरीले गोली चलाएको थियो । उनलाई दुई राउन्ड गोली लागेको बताइएको छ ।

साहको मृत्युपछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्गको लौकही खण्डमा शव राखेर प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार प्रदर्शनका कारण सवारी साधन सञ्चालन हुन सकेको छैन । मोटरसाइकल बाहेक ठूला सवारी साधनहरू रोकिएका छन् ।

घटनापछि बिहीबार बिहान प्रहरी र स्थानीयबीच वार्ता भए पनि सहमति हुन सकेन । स्थानीयले दोषीमाथि तत्काल कारबाहीको माग गर्दै प्रदर्शन जारी राखेका छन् ।

101 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal