सपना आचार्यको दोस्रो कृति “ उनले छोडेको उज्यालो “ सार्वजनिक
२०८२ पुष ७ गते, सोमबार
साहित्यकार सपना आचार्यको दोस्रो पुस्तक “उनले छोडेको उज्यालो” आज पौष ७ गते आमाको वार्षिक पुण्यतिथिको अवसर पारेर विमोचन गरिएको छ। बुटवलमा आयोजित कार्यक्रममा कृतिको विमोचन लेखिकाका पिता कृष्णलाल आचार्यको हातबाट सम्पन्न भयो।
भावनात्मक र अर्थपूर्ण ढंगले आयोजना गरिएको उक्त कार्यक्रममा बुटवलस्थित मानव सेवा आश्रममा आश्रित वृद्ध आमा–बुबालाई भोजन गराएर पुस्तक सार्वजनिक गरिएको हो। यसअघि सपना आचार्यको पहिलो उपन्यास “मलिलो माटो” २०७८ सालमा प्रकाशित भएको थियो। सामाजिक यथार्थ र मानवीय संवेदनामा आधारित उपन्यासपछि “ उनले छोडेको उज्यालो” मार्फत आचार्यले झन् व्यक्तिगत र आत्मपरक विषयलाई साहित्यिक रूप दिएकी छन्। “उनले छोडेको उज्यालो” मूलतः आमाको निधनपछिको शोक, रिक्तता र स्मृतिमा आधारित संस्मरण हो। कृतिमा लेखकले भोगेको व्यक्तिगत पीडालाई मात्र होइन, आमाछोरीबीचको सम्बन्ध, मातृत्वको गहिरो प्रभाव र जीवन–मृत्युको शाश्वत सत्यलाई भावनात्मक तर संयमित भाषामा प्रस्तुत गरिएको छ।
आमा भौतिक रूपमा नहुँदा पनि उहाँले छोडेको संस्कार, ममता र मूल्यबोध कसरी सन्तानको जीवनमा उज्यालो बनेर रहिरहन्छ भन्ने पक्ष कृतिको केन्द्रमा छ। पुस्तकको भाषा सरल, आत्मीय र संवेदनशील छ। घटनाभन्दा अनुभूतिलाई प्राथमिकता दिइएकाले पाठक भावनात्मक रूपमा कथासँग जोडिन पुग्छ। शोकको अँध्यारोभित्र पनि आशा, चेतना र मानवीय करुणाको उज्यालो खोज्नु यस कृतिको मुख्य विशेषता हो। आमाको स्मृतिलाई केवल विगतको पीडाका रूपमा होइन, जीवनलाई अघि बढाउने शक्ति र प्रेरणाका रूपमा प्रस्तुत गर्नु कृतिको उल्लेखनीय पक्ष मान्न सकिन्छ। मानव सेवा आश्रमका वृद्ध आमाबुबालाई भोजन गराएर पुस्तक सार्वजनिक गर्नु स्वयं कृतिको भावभूमिसँग मेल खाने सांकेतिक कार्य हो। यसले “उनले छोडेको उज्यालो” केवल साहित्यिक कृति मात्र नभई, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको सन्देश बोकेको पुस्तक भएको पुष्टि गर्दछ। सुन्दर कभरमा प्रकाशित भएको उपन्यास आज देखि बजारमा उपलब्ध छ र पुस्तकको मुल्य ५३३ राखिएको छ |
108 Views
ताजा
मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ
२०८३ असार १४ गते, आईतवार
मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ
२०८३ असार १४ गते, आईतवार
एक्सप्रेस गाडि नेपालको बाटोमा हिड्न कहाँ त्यत्ति सहज छ ?
२०८३ असार १४ गते, आईतवार
‘लोकलयमा पहिलो चारुसङ्ग्रह’ सार्वजनिक
२०८३ असार १४ गते, आईतवार
भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास
२०८३ असार ११ गते, बिहीबार
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी
२०८३ असार ९ गते, मंगलवार
आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण
२०८३ असार ९ गते, मंगलवार
प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
२०८३ असार ९ गते, मंगलवार
आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ
२०८३ असार ९ गते, मंगलवार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





