इक्यानले सोमबार एजुकेशन फेयर लगाउने
काठमाडौं। शैक्षिक परामर्श व्यवसायीहरुको सबैभन्दा ठूलो संस्था नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० ले सोमबार ९डिसेम्बर ८० शैक्षिक मेला लगाउने भएको छ ।
काठमाडौंको नयाँ बानेश्वरमा रहेको एभरेष्ट होटलमा बिहान साढे ९ बजेदेखि मेला हुने इक्यानका अध्यक्ष शेषराज भट्टराइले बताए । यो इक्यानको १६ औं मेला हो । इक्यानले यसलाई ‘१६ औं मल्टीडेस्टिनेसन फेयर–२०२५’ भनेको छ । अध्यक्ष भट्टराइले यो मेला ऐतिहासिक हुने भएकाले पनि मेला भ्रमण गर्न र सही सल्लाह लिन सबैलाई आग्रह गरेका छन् । ‘यो मेलामा धेरै स्टलहरु रहने छन्, विद्यार्थी र अभिभावकले प्रत्यक्ष रुपमा कुराकानी गर्न पाउने र आफ्ना जिज्ञासा पनि राख्न पाउने हुनाले पनि फेयर सबैका लागि उपलब्धीमूलक हुने छ’ अध्यक्ष भट्टराइले भने ‘हाम्रो काम विद्यार्थीले रोजेको देशमा पढ्न पठाउनका लागि शैक्षिक परामर्श दिने हो, फेयरमा धेरै देशका विश्वविद्यालयका प्रतिनिधिको पनि उपस्थिति हुने भएकाले पनि विद्यार्थीले चाहेको कुरा बुझ्न सजिलो हुने छ ।’
इक्यााले पटकपटक यस प्रकारको मेलाको आयोजना गर्ने गरेको छ । इक्यानका कोषाध्यक्ष आशिक कार्कीले फेयरमा सहभागी हुन सबेलाई आग्रह गरेका छन् । ‘जुनसुकै देश र विश्वविद्यालय अध्ययन गर्न चाहनेका लागि पनि मेलाले सही सन्देश र सल्लाह दिने छ’ उनले भने ‘कहिलेकाहीँ हामीमाथि विभिन्न आरोप पनि लाग्ने गरेको छ त्यो भनेको हाम्रो कारणले नभई विद्यार्थीको बुझाइको समस्याले हुन सक्छ ।’ इक्यानले शैक्षिक परामर्श व्यवसायीसँग सम्बन्धित विभिन्न विषयमा सरकार र सरोकारवालासँग पनि छलफल तथा अन्तरक्रिया गर्दै आएको छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





