खगेन्द्र सुनार नेतृत्वमा ‘हाम्रो पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता

२०८२ मंसिर ८ गते, सोमबार

काठमाडाैं। खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल दल निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता भएको छ। सोमबार आयोगले हाम्रो पार्टी नेपाललाई दल दर्ताको औपचारिक प्रमाणपत्र हस्तान्तरण गरेको हो।

आयोगमा २१६ नम्बरमा दर्ता भएको सो पार्टीको चूनाव चिन्ह गोलो घेराभित्र राम्रो जनाउने लाइक रहेको छ। दल दर्ताको प्रमाणपत्र लिनका लागि बाजागाजाकासहित आयोग पुगेका हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो पार्टी मजबुद राजनीतिक शक्तिको रुपमा उदाउने दाबी गरे।

राजनीतिक कोर्श र देशलाई सहि ढंगले दिशानिर्देश गर्दै पार्टीले आफ्नो गतिविधि अघि बढाउने उनले बताए।

सुनारले मुलुक नयाँ राजनीतिक परिवेशमा अघि बढेको र निर्वाचनमय भएको अवस्थामा नयाँ दलहरु दर्ता हुनु स्वभाविक भएको जिकिर गरे। धेरै शक्तिहरुको संघर्षपछि एउटा बलियो राजनीतिक शक्ति निर्माण हुने उनको भनाइ छ।

100 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal