निर्माता पौडेलको गुनासो

२०८२ मंसिर ८ गते, सोमबार

काठमाडौं । निर्माता विनोद पौडेलले चलचित्र ‘अभिमन्युः च्याप्टर १’लाई सानो सिनेमा नभन्न आग्रह गरिरहेका छन् । उनले सिनेमा सानो र ठूलो रिलिजपछि मात्रै भन्न सकिने बताएका छन् ।

यसको अर्थ जुन सिनेमाले धेरै कमाई गर्छ त्यो सिनेमा ठूलो, जुनले थोरै कमाउँछ त्यो सानो सिनेमा हो भन्ने उनको बुझाइ छ । कास्टिङ र कजेटले मात्रै सिनेमालाई ठूलो भन्न नसकिने उनको तर्क छ ।

ठूलो बजेटको सिनेमालाई ठूलो भन्ने कि नभन्ने यो बहसको विषय होला । तर, उनले भन्न खोजेको स्टारकास्ट हुँदैमा ठूलो र स्टारकास्ट नहुँदैमा त्यो सानो सिनेमा हो भन्न हुँदैन भन्ने उनको तर्कमा चाहिँ बलियो छ । अनि अर्का कुरा, स्टाकास्टमा सबै सिनेमा चल्छन् र स्टारकास्ट नहुँदैमा चल्दैन भन्ने चाहिँ हुँदैन ।

यो उनकै चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले पनि पुष्टि गरिसकेको छ । डेढ करोडमा बनेको चलचित्रले नेपाली बक्सअफिसमा मात्रै ४६ करोड ८० लाख भन्दा धेरै कलेक्सन गर्यो । अब यो सिनेमालाई ठूलो भन्ने कि सानो सिनेमा रु

जे होस् विनोदको निर्माण रहेको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा अहिलेसम्मकै सिनेमाको रेकर्ड ब्रेक गरेर नयाँ रेकर्ड बनायो । अब उनको दोस्रो चलचित्र ‘अभिमन्यु’ले कति कमाउँछ भन्ने धेरैको जिज्ञासा छ ।

विनोद पौडेले आफ्नो सिनेमालाई ‘अन्डर डग’हरूको चलचित्र भनेका छन् । नहेप्न चेतावनी दिएका छन् । यो सिनेमा विभिन्न कारणले पटकपटक प्रदर्शन मिति स्थगीत हुँदै आएको थियो । यसले उनमा आफ्नो सिनेमालाई लिएर उच्च आत्मविश्वास देखिएकाले ‘अभिमन्यु’ राम्रो नै छ कि भन्ने अपेक्षा भने गर्न सकिन्छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्युः च्याप्टर १’ मंसिर १८ गते रिलिज हुँदैछ । यो चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।

‘अभिमन्युः च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन् ।

शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेका छ ।

यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिँदै छ ।

104 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal