रवि लामिछाने पुनः जेल फर्किने

२०८२ भाद्र २७ गते, शुक्रबार

काठमाडौँ । भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा अरु कैदीबन्दीसँगै रास्वपा सभापति रवि लामिछाने पनि बाहिर निस्केको ४ दिन नबित्दै नख्खु जेल प्रशासनले उनलाई तुुरुन्तै फर्किन भनेपछि उनी पुनः नख्खु जेल जाने भएका छन् ।

रास्वपाका प्रवक्ता मनिष झाले सभापतिले सम्बन्धित पक्षसँग छलफल गरेकाले बोलाउने वित्तिकै फर्किने प्रवक्ता झाले जानकारी दिए । उनले भने, ‘रवि लामिछाने कारागार फर्किन तयार हुनुहुन्छ। आज अपरान्ह कार्यवाहक सभापति ज्यू, जिल्ला प्रशासन प्रमुख र कारागार प्रमुख बिच भेटघाट भएको छ र प्रशासनले खबर गरे पश्चात आउन तयार भनेर जानकारी गराइएको छ।’

कार्यवाहक सभापति डोलप्रसाद अर्यालले लामिछाने भोगेर नभइ आन्दोलनका क्रममा जेलमा हुन सक्ने असुरक्षाका कारण जेल प्रशासनकै निर्णयका आधारमा बाहिर निस्कको दाबी गरेका छन्। आफूले सम्बन्धित निकायसँग पर्याप्त छलफल पश्चात प्रक्रियाअनुसार नै बाहिर निस्कको उल्लेख गरेका छन्।

‘पार्टी सभापति रवि लामिछाने कारागारबाट निस्किने बेलाको साक्षी म छु। पत्र बुझ्ने मै हुँ ,पत्र मेरो अगाडि हस्ताक्षर भएको हो। पत्र फेक होइन, हतार र हतासमा व्यहोराहरू तलमाथि भएको हुनसक्छन्, मिति हामीले सच्याएको होइन। सच्याएको मितिमा हस्ताक्षर र छाप लगाइएको छ।

 

156 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal