एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न
मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं महाधिवेशन तथा तीज कार्यक्रम आइतवार मलेसियाको राजधानी क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेन्टलमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा राजनीतिक दलका नेता, नेपाली राजदूत, एनआरएनएका पदाधिकारीदेखि कलाकारसम्मको उपस्थिति रहेकाले माहोल झन् विशेष बनेको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा प्रवक्ता प्रकाश शरण महतले महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली डायस्पोराले नेपालको विकासमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरे। उनले विदेशमा रहेका नेपालीहरूको समस्या समाधानका लागि सामूहिक पहल आवश्यक रहेको बताए।
महतले एनआरएनएको निर्वाचन सर्वोच्च अदालतको आदेशअनुसार भएको भन्दै मलेसियामा निर्वाचित कार्यसमितिलाई समर्थन जनाए। उनले सामाजिक सञ्जालमा फैलिने नकारात्मक प्रचारको प्रतिवाद गर्दै “जय नेपाल” सम्पूर्ण नेपालीको साझा नारा भएको स्पष्ट पारे।
महतले दूतावासको सीमित क्षमता, श्रमिक शोषण, बीमा र सेल्टर होमको आवश्यकता, फ्री भिसा जस्ता समस्याहरूलाई संसद र सम्बन्धित मन्त्रालयमा उठाउने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले रेमिट्यान्स नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको र आईटी, जलविद्युत र पर्यटनले आगामी १५–२० वर्षमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे।
यसैगरी मलेशियाका लागि नेपाली राजदूत नेत्रप्रसाद तिमल्सिनाले एनआरएनए मलेसियाभित्र एकताको आवश्यकता औंल्याउँदै गुटबन्दी, व्यक्तिगत स्वार्थ र आर्थिक विवादमा अल्झिन नहुने बताए। उनले मलेसियामा रहेका नेपाली श्रमिकहरूको दयनीय अवस्था उजागर गर्दै मासिक करिब ४० जना श्रमिकको मृत्यु हुने तथ्याङ्क प्रस्तुत गरे। उनले श्रमिक शोषण, न्यूनतम ज्यालाभन्दा कम पारिश्रमिक, लामो कार्यघण्टा, भिसा व्यापारजस्ता समस्यालाई समाधान गर्न पारदर्शिता र सहकार्य आवश्यक रहेको बताए।
यसैगरी एनआरएनए अध्यक्ष महेश श्रेष्ठले आफ्नो नेतृत्वको समिति सर्वोच्च अदालत र परराष्ट्र मन्त्रालयको निर्णयअनुसार वैधानिक भएको स्पष्ट पारे। उनले वैधानिकतासम्बन्धी भ्रम चिर्दै श्रमिक अधिकार संरक्षण, लगानी प्रवर्द्धन र वैदेशिक रोजगारमा सुधारका लागि ठोस कार्ययोजना अघि सारे। श्रेष्ठले मलेसियामा रहेका करिब एक लाख सुरक्षा गार्डहरूको शोषण अन्त्य गर्न, उचित तलब (जस्तै २००० रिंगेट) सुनिश्चित गर्न, सातामा एक दिन बिदाको व्यवस्था गराउन नेपाल र मलेसिया सरकारसँग लबिङ गर्ने घोषणा गरे।
उनले २४ घण्टा सञ्चालन हुने एआई–आधारित कल सेन्टर स्थापना गर्ने योजना सार्वजनिक गर्दै श्रमिकको मानसिक तथा शारीरिक स्वास्थ्य समस्यामा सहयोग पुर्याउने प्रतिवद्धता जनाए। साथै, लगानी सम्मेलनमार्फत श्रमिकहरूको सानो पुँजीलाई व्यवस्थित गर्ने र जीवनयापनमा सहयोग पुर्याउने व्यवस्था मिलाउने घोषणा गरे।
यसैगरी एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष खगेन्द्र न्यौपानेले मलेसिया च्याप्टरभित्र एकता अपरिहार्य रहेको उल्लेख गर्दै सबैलाई मतभेद छोडेर सामूहिक प्रयासमा जोड दिन आग्रह गरे।
त्यस्तै, एनआरएनए अभियन्ता तथा माओवादी केन्द्र एसिया प्रदेश अध्यक्ष शनि कुमार ओलीले अदालतको फैसला स्वीकार्दै महेश श्रेष्ठ नेतृत्वको समितिलाई वैधानिक मानेर सबैलाई एक जुट हुन आह्वान गरे।
महाधिवेशनमार्फत २०२५–०२७ कार्यकालका लागि इन्द्र नारायण लिम्बु एनआरएनए मलेसियाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। कार्यक्रममा कलाकार शोभा त्रिपाठी तथा बुद्ध लामाले सांगितिक प्रस्तुति दिएका थिए ।
स्मरण रहोस् बालुवाटार सचिवालय रहेको सर्वोच्च अदालत ले मान्यता दिएको बद्री केसि अध्यक्ष रहेको समितिको 31जुलाइ मा सम्पन्न भै october 11-14 नेपाल मा महाधिवेशन गर्ने तयारी सुरु भैसकेको छ हिजो को यो अधिबेशन चाहिँ महेश श्रेष्ठ पक्क्षधर समूह को समानान्तर कमिटी हो
ताजा
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबार
डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
२०८३ श्रावण २ गते, शनिबार
कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन
२०८३ श्रावण २ गते, शनिबार
सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने
२०८३ असार ३२ गते, बिहीबार
नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
२०८३ असार ३२ गते, बिहीबार
ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो
२०८३ असार ३२ गते, बिहीबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





