फेरि आन्दोलनमा होमिने शिक्षक महासंघको चेतावनी
काठमाडौं । नेपाल शिक्षक महासंघले फेरि आन्दोलनमा होमिने चेतावनी दिएका छन् । महासंघसँग सरकारले गरेको सहमतिअनुसार प्रतिनिधिसभाबाट तत्काल शिक्षा विधेयक पारित नभएमा आन्दोलनमा जाने महासंघको चेतावनी रहेको छ ।
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयक माथि चलिरहेको छलफल शीघ्रातिशीघ्र सम्पन्न गरी विगतका सहमतीहरु समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक अविलम्ब प्रतिनिधि सभामा पेश गरी पारित गराउन महासंघले सरकारको ध्यानाकार्षण गराएको हो ।
‘यो कार्यमा विलम्व गर्ने सुविधा कसैलाई छैन । यस काममा कुनै पनि खालको विलम्व र षडयन्त्र भएमा ने। शि। महासङ्घ तुरुन्तै आन्दोलनमा जान बाध्य हुने कुरा उद्घोष गर्दछौं,’– महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा भनिएको छ ।
अब हुने आन्दोलनबाट सिर्जना हुन सक्ने परिणामप्रति सचेत रहन तथा यो परिस्थिति निर्माण हुन नदिन सक्रिय र गम्भीर रहन महासंघले आग्रह गरेको छ । महासंघले यसअघि २९ दिने काठमाडौं केन्द्रीत आन्दोलन गरेको थियो । उक्त आन्दोलनको क्रममा सरकारसँग असार १५ भित्र प्रतिनिधिसभाबाट शिक्षा विधेयक पारित गराउने सहमति भएको थियो ।
ताजा
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवार
पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





