‘बुढीगण्डकी आयोजनाको हत्या भयोः बाबुराम भट्टराई

२०८२ जेष्ठ १७ गते, शनिबार

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको ‘हत्या’ भएको सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्।

उनले २०७४ जेठमा तत्कालीन प्रचण्ड सरकारले सुरु गरेको ‘घाँटी रेट्ने’ कामलाई ओली सरकारले २०८२।०८३ को बजेट वक्तव्य (बुँदा २२४) मार्फत ‘सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछ’ भनेर पूरै ‘घाँटी छिनालेको’ आरोप लगाएका छन्।

भट्टराईले यसलाई देश र जनतामाथि अक्षम्य अपराध र धोका भन्दै यो सरासर बदनियतपूर्ण, जनविरोधी र राष्ट्रघाती निर्णयको घोर भर्त्सना र विरोध गरेका छन्।

देशको बहुआयामिक आर्थिक रूपान्तरणका लागि ‘गेमचेन्जर’ आयोजनाको रूपमा यसको प्रमुख परिकल्पनाकार र पहलकर्ताको नाताले उनले यस निर्णयको विरोध गरेका हुन्।

उनले भविष्यको उज्ज्वल सपनाका खातिर आफ्नो पुस्तौंदेखिको सम्पत्ति र थातथलो सहज हस्तान्तरण गरेर यो आयोजना कार्यान्वयनका लागि पूर्ण सहयोग गर्दै आएका गोरखा र धादिङका प्रभावित क्षेत्रका जनताप्रति पूर्ण सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेका छन्।

111 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal