विद्योदय आवि वाखेतमा भित्ते पत्रिका प्रकाशन सुरू, विशेष विद्यार्थी प्याकेज ल्याइने
म्याग्दी । विद्यार्थीहरुलाई सुसूचित र सिर्जनशिल बनाउने उद्देश्यले विद्योदय बाल क्लबले ‘दि भ्वाइस अफ विद्योदय’ नामक मासिक भित्ते पत्रिकाको प्रकाशन सुरु गरेको छ ।
बेनी नगरपालिका १०, वाखेतमा अवस्थित विद्योदय आधारभूत विद्यालयमा गठित नव गठित क्लबको पहलमा गणतन्त्र दिवसको पूर्वसन्ध्यामा पत्रिका प्रकाशन भएको छ । विद्यार्थीहरुले ड्रईङ पेपरमा हातैले लेखेर बुधबारदेखि समाचार र साहित्यमूलक मासिक भित्ते पत्रिका प्रकाशनमा ल्याएका हुन् । पत्रिकाको बुधबार विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले सम्पादकीय वाचन गरी उद्घाटन गर्नुभयो ।
सामुदाय विद्यालयप्रति अभिभावक तथा विद्यार्थीको आर्कषण वृद्धि गर्न, विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गर्दै रचनात्मक क्रियाकलापमा प्रोत्साहित गर्ने उद्धेश्यले मासिक भित्ते पत्रिका प्रकाशन सुरु गरिएको प्रधानाध्यापक प्रकाश अधिकारीले बताउनुभयो । पोखराको माछापुच्छ्रे एफएमका पूर्व स्टेशन म्यानेजर तथा सारङ्गी न्युजका सम्पादक समेत रहेका अधिकारीले विद्यार्थीहरुको पहिलो प्रयास नै उत्कृष्ट भएको बताउँदै आगामी अंकहरु अझै परिष्कृत र परिमार्जित गर्दै लैजान आग्रह गर्नुभयो । उहाँले संस्कारयुक्त गुणस्तरीय शिक्षाका साथै विद्यार्थीहरुको चौतर्फी विकासकालागि विद्यालयले विशेष कार्यक्रम प्याकेज ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विद्यालयका सूचना अधिकारी तथा शिक्षक अमृता जिसी रोकाको सहजीकरणमा विद्यार्थीहरुले भित्ते पत्रिका प्रकाशन सुरु गरेका हुन् । भित्ते पत्रिकाको सम्पादकमा सोफिया पाइजा र सह–सम्पादकमा रेविका रोका रहेका छन् । यस्तै, प्रअ प्रकाश अधिकारी संरक्षक तथा शिक्षक अमृता जिसी रोका संयोजक रहनुभएको छ । पत्रिका प्रकाशनले विद्यालयमा अध्ययनरत करिब ७५ जना बालबालिकाको प्रतिभा उजागर गर्नमा टेवा पुग्ने संयोजक अमृता जिसी रोकाले बताउनु भयो ।
ताजा
दुर्गा प्रसाईं नेपालको नायक– धर्मगुरू
२०८२ फाल्गुन २७ गते, बुधबार
दुर्गा प्रसाईं नेपालको नायक– धर्मगुरू
२०८२ फाल्गुन २७ गते, बुधबार
दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा ९ जना घाइते
२०८२ फाल्गुन २७ गते, बुधबार
विश्व कीर्तिमानी डा. डीआर उपाध्यायको ‘धागोले बाटेको’ टिकटकमा भाइरल
२०८२ फाल्गुन २७ गते, बुधबार
भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा
२०८२ फाल्गुन २६ गते, मंगलवार
बालेन प्रधानमन्त्री बन्ने कुरामा कुनै शंका छैनः पाण्डे
२०८२ फाल्गुन २६ गते, मंगलवार
भोलि भट्टराई भारत जाने
२०८२ फाल्गुन २६ गते, मंगलवार
‘माया भनेकै यस्तो होला’को छायांकन सुरु
२०८२ फाल्गुन २६ गते, मंगलवार
लायन्स क्लबद्वारा अन्तर्राष्ट्रिय नारी दिवसमा १११ महिलालाई सम्मान
२०८२ फाल्गुन २६ गते, मंगलवार
लोकतन्त्रमा हार र जीत दुवै स्वाभाविक प्रकृया
२०८२ फाल्गुन २६ गते, मंगलवार
गण्डकीमा एमाले र नेकपा शून्य
२०८२ फाल्गुन २६ गते, मंगलवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





