भारतीय प्रधानमन्त्री मोदीद्धारा राष्ट्रको नाममा सम्बोधनः पानी र रगतसँगै बग्न सक्दैनन्

२०८२ बैशाख ३० गते, मंगलवार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गरेका छन् । पाकिस्तानसँगको तनाव र पछिल्लो अवस्थाबारे आफ्नो धारणा राखेका मोदीले आतंकारीहरुलाई सखाप पार्न आफूहरुले भारतीय सेनालाइ पूर्ण स्वतन्त्रता दिएको स्मरण गराएका छन् । उनले अहिले हरेक आतङ्ककारी, हरेक आतङ्कवादी संगठनलाई आफूहरुको दिदीबहिनी र छोरीचेलीहरुको सिन्दूर मेटाउदाको परिणाम के हुन्छ थाहा भएको पनि स्पष्ट पारेका छन् ।

यस्तो छ मोदीको सम्बोधनको अंश
मेरा प्यारा देशवासीहरु, नमस्कार
विगतका दिनहरुमा, हामी सबैले हाम्रो देशको सामथ्र्य र संयम दुवै देखेका छौं । सबैभन्दा पहिले, भारतीय जनताको तर्फबाट, म भारतका वीर सेना, सशस्त्र बल, हाम्रा गुप्तचर निकायहरु र हाम्रा वैज्ञानिकहरुलाई सलाम गर्दछु । हाम्रा वीर सैनिकहरुले अपरेशन सिन्दूरका उद्देश्यहरु प्राप्त गर्न असीम साहस प्रदर्शन गरे । म उनीहरुको बहादुरी,साहस र पराक्रमलाई नमन गर्दछु । यो वीरता देशका हरेक आमा, हरेक दिदीबहिनी र हरेक चेलीबेटीलाई समर्पित गर्दछु ।

साथीहरु,
अप्रिल २२ मा पहलगाममा आतङ्ककारीहरुले देखाएको बर्बरताले सम्पूर्ण देश र विश्वलाई स्तब्ध बनाएको थियो । धर्मको आधारमा निर्दोष नागरिकहरुको परिवार र उनीहरुका बच्चाहरुको सामु निर्दयी हत्या आतङ्क र क्रूरताको एक विभत्स अनुहार थियो । यो देशको सद्भाव र एकता तोड्ने घृणित प्रयास पनि थियो । मेरो लागि व्यक्तिगत रुपमा यो निकै नै पीडादायी थियो । यो आतङ्कवादी हमला पछि, सम्पूर्ण राष्ट्र, प्रत्येक नागरिक, प्रत्येक समुदाय, प्रत्येक वर्ग, प्रत्येक राजनीतिक दल, एकजुट भएर आतङ्कवाद विरुद्ध कडा कारबाहीको लागि उभिए । आतङ्ककारीहरुलाई सखाप पार्न हामीले भारतीय सेनालाइ पूर्ण स्वतन्त्रता दियौं । र आज हरेक आतङ्ककारी, हरेक आतङ्कवादी संगठनलाई हाम्रा दिदीबहिनी र छोरीचेलीहरुको सिन्दूर मेटाउदाको परिणाम के हुन्छ थाहा भएको छ ।

साथीहरु,
अपरेशन सिन्दूर केवल एउटा नाम मात्र होइन, यो देशका करोडौं जनताको भावनाको प्रतिबिम्ब हो । अपरेशन ‘सिन्दूर’ न्यायप्रतिको हाम्रो अखण्ड प्रतिज्ञा हो । मे ६ को अबेर राति र मे ७ को बिहान, सम्पूर्ण विश्वले यो प्रतिज्ञालाई वास्तविकतामा परिणत भएको देख्यो । भारतीय सेनाले पाकिस्तानमा रहेका आतङ्कवादी लुक्ने ठाउँहरु र उनीहरुका तालिम केन्द्रहरुमा बडो सटीकताका साथ आक्रमण गर्‍यो । भारतले यति ठूलो निर्णय लिन सक्छ भनेर आतङ्ककारीहरुले कहिल्यै कल्पना गरेका थिएनन् । तर जब देश एकजुट हुन्छ, राष्ट्र प्रथमको भावनाले ओतप्रोत हुन्छ र राष्ट्रिय हित सर्वोपरि हुन्छ, तब बलिया निर्णयहरु लिइन्छ र परिणामहरु प्राप्त हुन्छन् ।

जब भारतको मिसाइल र ड्रोनले पाकिस्तानमा रहेका आतङ्कवादी अड्डाहरुमा आक्रमण गर्‍यो, आतङ्कवादी संगठनहरुको भवन मात्र नभएर उनीहरुको साहस पनि नराम्रोसँग डगमगाएको थियो । बहावलपुर र मुरीदके जस्ता आतङ्कवादी अड्डाहरु विश्वव्यापी आतङ्कवादका विश्वविद्यालयहरु हुन् । विश्वका ठूला आतङ्कवादी हमलाहरु, चाहे त्यो ९ः११ होस्, लन्डन ट्युब बम विस्फोट होस्, वा पछिल्ला धेरै दशकहरुमा भारतमा भएका ठूला आतङ्कवादी हमलाहरु हुन्, तिनीहरुको सम्बन्ध कुनै न कुनै रुपमा यी आतङ्कवादी लुक्ने ठाउँहरुसँग जोडिएको छ ।
आतङ्ककारीहरुले हाम्रा दिदीबहिनीहरुको सिन्दूर मेटाएका थिए र भारतले उनीहरुको आतङ्कवादी मुख्यालय ध्वस्त पारेर प्रतिक्रिया दियो । भारतद्वारा गरिएका यी आक्रमणहरुमा १०० भन्दा बढी खतरनाक आतङ्कवादीहरु मारिएका छन् । धेरै आतङ्कवादी नेताहरु विगत साढे दुई–तीन दशकदेखि पाकिस्तानमा स्वतन्त्र रुपमा घुमिरहेका थिए जसले भारत विरुद्ध षड्यन्त्र रच्थे । भारतले एकै प्रहारमा उनीहरुलाई मारिदियो ।

साथीहरु,
भारतको यो कार्यबाट पाकिस्तान अत्यन्तै निराश र दुःखी भयो । यो अन्यालमा प¥यो र यसै अन्योलबीच उसले अर्को कायरतापूर्ण कार्य गर्‍यो । आतङ्कवाद विरुद्ध भारतको हमलालाई समर्थन गर्नुको सट्टा पाकिस्तानले भारतमाथि नै आक्रमण गर्न थाल्यो । पाकिस्तानले हाम्रा विद्यालय, कलेज, गुरुद्वारा, मन्दिर र सर्वसाधारणहरुको घरलाई निशाना बनायो । पाकिस्तानले हाम्रो सैन्य अड्डालाई निशाना बनायो । तर यस कार्यमा पाकिस्तानको आफ्नै पर्दाफास भयो । विश्वले देख्यो की कसरी पाकिस्तानका ड्रोन र मिसाइलहरु भारतको अगाडि पराल जस्तै खसे । भारतको बलियो वायु रक्षा प्रणालीले तिनीहरुलाई आकाशमै नष्ट पारिदियो । पाकिस्तानले सीमामा आक्रमणको तयारी गरेको थियो तर भारतले पाकिस्तानको मुटुमा प्रहार गर्‍यो । भारतका ड्रोन र मिसाइलहरुले सटीकताका साथ आक्रमण गरे । तिनीहरुले पाकिस्तानी वायु सेनाका ती एयरबेसहरुलाई क्षति पुर्‍याए जसमा पाकिस्तानलाई धेरै गर्व थियो । भारतले पहिलो तीन दिनमा नै पाकिस्तानलाई ठूलो क्षति पुर्‍यायो जुन उसले कहिल्यै कल्पना गरेको थिएन । त्यसैले भारतको आक्रामक कारबाही पछि, पाकिस्तानले भाग्ने उपाय खोज्न थाल्यो । तनाव कम गर्न पाकिस्तान विश्वलाई बिन्ती गरिरहेको थियो । र भारी क्षति बेहोरेपछि, पाकिस्तानी सेनाले मे १० को दिउँसो हाम्रो डीजीएमओलाई सम्पर्क गर्‍यो । त्यतिन्जेलसम्म हामीले ठूलो मात्रामा आतङ्कवादको पूर्वाधार नष्ट गरिसकेका थियौं । आतङ्ककारीहरुलाई समाप्त पारिसकेका थियौं । हामीले पाकिस्तानको मुटुमा स्थापित आतङकवादी अड्डाहरु नष्ट गरिसकेका थियौं । त्यसकारण, जब पाकिस्तानले अपील गर्‍यो र भन्यो कि यो अब कुनै पनि प्रकारको आतङ्कवादी गतिविधि वा सैन्य दुस्साहसमा संलग्न हुनेछैन, भारतले यसमाथि विचार गर्‍यो । र म फेरी पनि भन्दैछु, हामीले पाकिस्तानको आतङ्क र सैन्य अखडाहरु विरुद्धको हाम्रो जवाफी कारबाही हाललाई स्थगित गरेका छौं । आगामी दिनहरुमा हामी पाकिस्तानको प्रत्येक कदमलाई पाकिस्तानले कस्तो रवैया अपनाउनेछ भन्ने मापदण्डमा मापन गर्नेछौं ।

साथीहरु,
भारतका तीनवटै सेनाहरु—हाम्रो वायुसेना, हाम्रो सेना र हाम्रो नौसेना, हाम्रो सीमा सुरक्षा बल (बीएसएफ), भारतका अर्धसैनिक बलहरु, निरन्तर सतर्क अवस्थामा छन् । सर्जिकल स्ट्राइक र एयर स्ट्राइकपछि अब अपरेशन सिन्दूर आतङ्कवादविरुद्ध भारतको नीति बनेको छ । अपरेशन सिन्दूरले हाम्रो आतङ्कविरुद्धको लडाइँमा नयाँ मापदण्ड स्थापना गरेको छ र नयाँ मानक तय गर्नुका साथै न्यु नर्मल समेत स्थापना गरेको छ ।

पहिलो, यदि भारतमाथि आतङ्कवादी आक्रमण भयो भने त्यसको उचित जवाफ दिइनेछ ।
हामी हाम्रो सर्तहरुमा मात्र उचित जवाफ दिनेछौँ । हरेक ती ठाउँमा गएर हामी कडा कारबाही गर्नेछौं जहाँबाट आतङ्कवाद मौलाउँछ ।

दोस्रो, भारतले कुनै पनि किसिमको न्युक्लियर ब्ल्याकमेल सहने छैन । न्युक्लियर ब्ल्याकमेलको आडमा विकास गरिएका आतङ्कवादी लुक्ने ठाउँहरुमा भारतले सटीक र निर्णायक रुपमा प्रहार गर्नेछ ।

तेस्रो, हामी आतङकवादलाई सहयोग गर्ने सरकार र आतङ्कवादीका योजनाकारहरुबीच कुनै भिन्नता गर्ने छैनौँ । अपरेशन सिन्दूरका दौरान जब शीर्ष पाकिस्तानी सेनाका अधिकारीहरु मारिएका आतङ्कवादीहरुलाई बिदाइ गर्न आए तब संसारले एकपटक फेरी पाकिस्तानको घीनलाग्दो अनुहार देख्यो । यो राज्यद्वारा सहयोग गरिएको आतङ्कवादको बलियो प्रमाण हो । हामी भारत र आफ्नो नागरिकहरुलाई कुनै पनि खतराबाट जोगाउन निरन्तर निर्णायक कदम चालिरहनेछौँ ।

साथीहरु,
हामीले प्रत्येकपटक युद्धभूमिमा पाकिस्तानलाई पराजित गरेका छौँ । र यसपटक अपरेशन सिन्दूरले एक नयाँ आयाम थपेको छ । हामीले मरुभूमि र पहाडहरुमा आफ्नो क्षमता प्रदर्शन गरेका छौँ र न्यु एज वारफेयरमा पनि आफ्नो श्रेष्ठता प्रमाणित गरेका छौँ । यस अपरेसनका क्रममा ‘मेड इन इन्डिया’ हतियारहरुको विश्वासनीयता पनि प्रमाणित भएको छ । आज संसार देखिरहेको छ की २१औँ शताब्दीको वारफेयरमा ‘मेड इन इन्डिया’ रक्षा उपकरणहरुको समय आइसकेको छ ।

साथीहरु,
सबै प्रकारका आतङ्कवाद विरुद्ध हाम्रो एकता हाम्रो सबैभन्दा ठूलो शक्ति हो । यो निश्चित रुपमा युद्धको युग होइन, तर यो आतङ्कवादको युग पनि होइन । आतङ्कवाद विरुद्ध शून्य सहनशीलता नै राम्रो संसारको ग्यारेन्टी हो ।

साथीहरु,
जसरी पाकिस्तानी सेना, पाकिस्तान सरकारले आतङ्कवादलाई प्रोत्साहन गरिरहेको छ, त्यसले एक दिन पाकिस्तानलाई नै समाप्त पार्नेछ । यदि पाकिस्तान जिउन चाहन्छ भने उसले आफ्नो आतङ्कवादी पूर्वाधारलाई नष्ट गर्नुपर्नेछ । यसबाहेक शान्तिको अर्को कुनै बाटो छैन । भारतको अडान एकदम स्पष्ट छ ‘ आतङ्क र वार्ता सँगै जान सक्दैनन् ‘ आतङ्क र व्यापार सँगै जान सक्दैनन् ‘। पानी र रगत सँगै बग्न सक्दैनन् ।
आज म विश्व समुदायलाई पनि भन्न चाहन्छु की हाम्रो घोषित नीति यस्तो रहेको छ, यदि पाकिस्तानसँग वार्ता हुन्छ भने त्यो केवल आतङ्कवादबारे हुनेछ, र यदि पाकिस्तानसँग वार्ता हुन्छ भने त्यो केवल पाकिस्तान अधिकृत कश्मीर ९पीओके० का बारेमा हुनेछ ।

प्रिय देशवासीहरु,
आज बुद्ध पूर्णिमा हो । भगवान बुद्धले हामीलाई शान्तिको मार्ग देखाउनुभएको छ । शान्तिको मार्ग पनि शक्ति हुँदै जान्छ । मानवता शान्ति र समृद्धितर्फ अघि बढ्नुपर्छ । प्रत्येक भारतीयले शान्तिपूर्वक बाँच्न सकुन् र उनीहरुले विकसित भारतको सपना पूरा गर्न सकुन् । यसका लागि भारत शक्तिशाली हुनु अत्यावश्यक छ । र आवश्यक पर्दा यो शक्ति प्रयोग गर्नु पनि जरुरी छ । पछिल्ला केही दिनहरुमा भारतले यही काम गरेको छ ।

म फेरी एकपटक भारतीय सेना र सशस्त्र बलहरुलाई सलाम गर्दछु । प्रत्येक भारतीयको साहस र भारतवासीहरुको एकताको शपथ तथा संकल्पलाई म नमन गर्दछु ।
धन्यवाद

63 Views

ताजा

नेकपा एमालेका अध्यक्ष ओलीलाई पितृ शोक

२०८२ फाल्गुन २९ गते, शुक्रबार

नेकपा एमालेका अध्यक्ष ओलीलाई पितृ शोक

२०८२ फाल्गुन २९ गते, शुक्रबार

अनावश्यक ‘रोइलो’ नगर्न हर्क साम्पाङको कडा चेतावनी

२०८२ फाल्गुन २९ गते, शुक्रबार

तीन हप्तासम्म राहदानी वितरण अवरुद्ध हुने

२०८२ फाल्गुन २९ गते, शुक्रबार

आजदेखि आधा सिलिन्डर ग्यास मात्र पाइने

२०८२ फाल्गुन २९ गते, शुक्रबार

इनिसाको न्याय मात्र होइन, बलात्कार हुनै नदिने संस्कारको निर्माण

२०८२ फाल्गुन २९ गते, शुक्रबार

रुपन्देहीको चिलियामा बारासिङ्गे बियर गार्डेनः पश्चिम नेपालका बियर पारखीहरूको नयाँ गन्तव्य

२०८२ फाल्गुन २९ गते, शुक्रबार

दुर्गा प्रसाईं नेपालको नायक– धर्मगुरू

२०८२ फाल्गुन २७ गते, बुधबार

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा ९ जना घाइते

२०८२ फाल्गुन २७ गते, बुधबार

विश्व  कीर्तिमानी डा. डीआर उपाध्यायको ‘धागोले बाटेको’ टिकटकमा भाइरल

२०८२ फाल्गुन २७ गते, बुधबार

भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा

२०८२ फाल्गुन २६ गते, मंगलवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal