राष्ट्रिय संगीतकर्मी संघ र तामाङ चलचित्र संघ बागमती प्रदेशले गर्यो निशुल्क पानी वितरण

२०८२ बैशाख ३० गते, मंगलवार

काठमाडौ । २५६९ औं बुद्ध जयन्तीको अवसरमा सोमबार काठमाडौंको स्वयाम्भु चोकमा राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेश कार्यसमिति र तामाङ चलचित्र संघ बागमती प्रदेशको आयोजना साथै राष्ट्रिय संगीतकर्मी संघ रसुवाको सहभागीतामा झण्डै सात हजार बढी भक्तजनहरु एवम् स्वयाम्भु दर्शनका लागि आउने पर्यटकहरूलाई मिनिरल वाटर र जुस वितरण गरेको छ । ्

बुद्ध जयन्ती र तेमाल जात्रा लगायतका समयमा स्वयाम्भुमा लाग्ने मेला पुजाहरुमा वर्षेनी राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशले निशुल्क सेवा प्रदान आएकोमा यस वर्ष भने तामाङ चलचित्र संघ बागमती प्रदेशसँग पनि सहकार्यमा सेवा प्रदान गरेको हो । भिड, गर्मीको कारण हुने अप्ठ्यारोलाई मध्यनजर गरि पर्यटक र भक्तजनहरुको सहजताको लागि निशुल्क पानी र जुस वितरण गरेको बताइएको छ । दुईवटा संस्थाले नेपाली कला संस्कृतिको क्षेत्रमा विभिन्न योजना र कार्यक्रमहरु आयोजना गरेर हालसम्म यात्रा तय गरिरहेको संस्था भएको कुरा राष्ट्रिय संगीतकर्मी संघ बागमती का सचिव एवम् तामाङ चलचित्र संघ बागमतीका महासचिव करण तामाङले जानकारी दिएका छन् । सोमबार भएको निशुल्क पानी तथा जुस वितरण शिविरमा संघका दावा फिन्जो तामाङ, करण तामाङ, फुलमाया तामाङ, रिजन पुलामी मगर, उमेश कार्की, चन्द्रमाया मोक्तान दोङ, कुमारी माया घलान, रोशन तामाङ, सुकुमान तामाङ, अनिता नेगी, सुमन घले, रेश्मा दोङ, सावित्री श्रेष्ठ, श्याममाया गुरुङ, रेशम कुमार स्याउली, इशवर सापकोटा, डोल्मा तामाङ, हरि तामाङ, सन्जय तामाङ लगायतका कलाकारहरुले वितरण गरेका थिए भने शिविरको संयोजक दावा फिन्जो तामाङ रहेको बताएको छ । शिविरमा निशुल्क पानी तथा जुस प्रदान गरेकोमा सेवाग्राही खुसी देखिएको थियोे । उक्त शिविर सञ्चालनको लागि आर्थिक सहायता प्रदान गर्ने सम्पुर्णमा आयोजक संस्थाले धन्यवाद ज्ञापन पनि गरेका छन् ।

184 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal