राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटको अधिवेशनको भव्य तयारी, सयौं कलाकर्मीहरुको एकता रहने
काठमाडौ । भोली आइतबार तामाङ प्लाजा रिसोर्ट बट्टार नुवाकोटमा हुने राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोटको ७औं वार्षिक साधारणसभा, चौथो जिल्ला अधिवेशन तथा वृहत् साँस्कृतिक कार्यक्रमको तयारी पूरा भएको छ ।
जिल्ला भित्रका सम्पुर्ण कलाकर्मी एवम् कलाकारहरुको एकताको निमित्त यो कार्यक्रम निकै महत्त्वपूर्ण भएको मानिन्छ । कार्यक्रममा जिल्ला भित्रका सम्पुर्ण कलाकारहरु संस्थामा आवद्ध रहेर एकताको सन्देश पनि दिने आयोजक टिमले बताएको छ । कार्यक्रम अध्यक्षका रुपमा संस्थाका जिल्ला बरिस्ठ उपाध्यक्ष कलाकार कुमार लामा र प्रमुख व्यवस्थापक भने कलाकार नायक छिरिङ तामाङले सम्हाल्दै कार्यक्रमको तयारी पूरा भएको जानकारी गराएका छन् । उक्त कार्यक्रममा सल्लाहकारका रुपमा संस्थागत व्यवस्थापन सहयोग भने बागमती प्रदेश सचिव करण तामाङले गरिरहेको छ । ूहाम्रो कला र संस्कृति गौरवपुर्ण सान कलाकर्मीको उत्थानको लागि हाम्रो अभियानू नारालाई अघि सार्दै सम्पुर्ण कलाकर्मीहरुको निमित्त वि।सं २०६२ सालमा स्थापना भएको संस्था राष्ट्रिय संगीतकर्मी संघ नुवाकोट जिल्ला कार्यसमिति भने २०७४ मा विस्तार गरिएको थियोे । नुवाकोटमा मात्र हैन नेपालको ७७ वटै जिल्ला, दुबई, कोरिया, अमेरिका, बेलायत, मलेसिया लगायतका देशहरुमा पनि शाखाहरु विस्तार गरिसकेको छ ।
नुवाकोट जिल्ला कार्यसमितिले अघिल्लो अधिवेशन पनि बट्टारमै सम्पन्न गरेका थिए । नुवाकोट जिल्ला भित्रका गाउँ तथा नगरपालिकामा पनि २०७६ बाट विस्तार सुरु गरिएको छ । नुवाकोट भित्र रहेका सम्पुर्ण कलाकर्मीहरुको एकताको निमित्त पनि यो संस्था आवश्यकता देखिन्छ । कार्यक्रम २४ गते बिहान ९ बजेबाट सुरु हुने बताइएको छ । कार्यक्रममा प्रमुख सम्बोधन पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा प्रतिनिधि सभा सदस्य हित बहादुर तामाङले गर्ने भएको छ भने सँगसँगै विशेष अतिथिका रुपमा बागमती प्रदेश सभा सदस्य रमेश कुमार महत र पुर्व बागमती प्रदेश सभा सदस्य बद्री मैनाली रहेको बताएको छ ।
ताजा
राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !
२०८२ फाल्गुन १७ गते, आईतवार
राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !
२०८२ फाल्गुन १७ गते, आईतवार
कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थामा नयाँ कार्यसमिति चयन
२०८२ फाल्गुन १७ गते, आईतवार
इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि
२०८२ फाल्गुन १७ गते, आईतवार
काठमाडौं उपत्यकामा कांग्रेसले आज ६ वटा चुनावी सभा गर्दै
२०८२ फाल्गुन १७ गते, आईतवार
फेरि पक्राउ परे दुर्गा प्रसाईँ
२०८२ फाल्गुन १७ गते, आईतवार
भक्तपुर २ मा पत्रकार कबिर राणाको चर्चा
२०८२ फाल्गुन १६ गते, शनिबार
बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता राजधानीमा सम्पन्न
२०८२ फाल्गुन ११ गते, सोमबार
सेजलले ‘मिस इको इन्टरनेशनल २०२६’ नेपालको प्रतिनिधित्व गर्ने
२०८२ फाल्गुन ११ गते, सोमबार
सिन्धुपाल्चोकमा समाजसेवामा अग्रसर बन्दै राममणी न्याैपाने
२०८२ फाल्गुन ११ गते, सोमबार
धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, २५ जना घाइते
२०८२ फाल्गुन ११ गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





