नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै

२०८१ चैत्र ३ गते, आईतवार

काठमाडौं । उद्यमशीलताको क्षेत्रमा नयाँ सोच र नवप्रवर्तकको प्रवर्द्धन गर्ने उद्देश्यले एलिसन हस्पिटालिटी प्रा.लि. ले नेपालमै पहिलो पटक इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरु बीच पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिताको आयोजना गर्दैछ । २०८२ साल वैशाख १५ गते देखी १७ गते सम्म काठमाडौंमा पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुने भएको हो ।

नेपालको कुनैपनि युनिभर्सटीबाट सिभिल तथा आर्किटेक्ट अध्ययन गरिरहेका विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउने छन् । प्रतियोगितामा सामेल हुन चाहने विद्यार्थीहरुले कन्सेप्ट पेपर पेस गर्नु पर्नेछ । उत्कृष्ट १० वटा कन्सेप्ट पेपर छनौट गरी प्रतिस्पर्धामा सहभागी गराईने आयोजक एलिसन हस्पिटालिटीका अध्यक्ष एलिना मगरले बताउनु भयो । सहभागीले निःशुल्क प्रवेश गरी प्रतियोगितामा सामेल हुन पाउने छन् ।

‘कोसी प्रदेशको जुनसुकै पर्यटकीयस्थल वा नवस्थललाई आफ्नो प्रोजेक्टको टार्गेट स्थलका रूपमा लिएर भूगोल परिवेशअनुसार पर्यटन लक्षित प्रोजेक्ट निर्माण गर्नुपर्ने हुन्छ । सो प्रोजेक्ट निर्माणका लागि प्रतिस्पर्धीले अनिवार्य स्थलगत अध्ययन गर्नुपर्ने र स्थलगत अध्ययन पश्चात सो प्रोजेक्टको ड्रइङ्ग, थ्री डी, प्रोजेक्टको डमी, प्रोजेक्ट प्रेजेन्टेशन तयार गर्नु पर्दछ ।’ प्रतिस्पर्धात्मक प्रतिभा देखाउने यो अवसर विद्यार्थीहरूलाई आफ्नो रचनात्मक सोच प्रस्तुत गर्न तथा व्यावसायिक रुपमा अगाडि बढ्न प्रेरित गर्ने बताइएको छ ।

नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्न, नवीन संरचना तथा अवधारणाहरू विकास गर्न, तथा स्थानीय समुदायको उत्थानमा योगदान पुर्याउन प्रतियोगिता महत्वपूर्ण हुने अध्यक्ष मगरले जिकीर गर्नुभयो । विशेष गरी, इन्जिनियरिङ ९सिभिल तथा आर्किटेक्चर० विषयका विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हुनेछ । उनीहरूले आवश्यकतानुसार टीममा मेनेजमेन्ट वा आइटीका विद्यार्थीलाई पनि सामेल गराउन सक्नेछ । टीममा अधिकतम ५ जना हुनुपर्नेछ ।

प्रतियोगिताका प्रमुख उद्देश्य नवीन तथा दिगो पर्यटन संरचना तथा योजना विकास गर्ने, स्थानीय सम्पदाको प्रवर्द्धन गर्ने, पर्यटन व्यवसाय प्रवर्द्धनमा नयाँ उपायहरूको खोजी
गरी विद्यार्थीहरूलाई व्यवसायिक स्तरमा अवसर प्रदान गर्ने रहेको छ ।

प्रतिस्पर्धीले तयार गरेका प्रोजेक्ट नव वर्ष सो प्रदर्शनीमा सङ्घीय सरकार, प्रदेश सरकार, स्थनीय निकाय, योजना आयोग, एनआरन, उद्योग वाणिज्य संघ, लगानी बोर्ड, पर्यटन बोर्ड, वित्तीय संस्था, विद्यार्थी लगायतलाई अवलोकनमा निमन्त्रणा गरिनेछ । साथै विद्यार्थीले तयार गरेको प्रोजेक्टलाई लगानीकर्ता सँग जोड्ने पुलको कार्य गरिने बताइएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद एक लाख, द्वितियलाई नगद पचास हजार, तृतियलाई पच्चीस हजार र सहभागी सम्पूर्ण टिमले दश हजार साथै प्रमाणपत्र, एवम् आकर्षक गिफ्ट ह्याम्परहरू पाउनेछन् । प्रतियोगितालाई प्राबिधिक सहयोग नेपाल ईन्जिनियर्स एसोसिएसन र सोसाईटी अफ नेप्लिज आर्किटेक्टले गर्नेछन् । कार्यक्रमको व्यवस्थापन काफल इभेन्टले गर्नेछ ।

160 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal